प्रशोधित खानेतेलमा कृतिम मूल्यवृद्धि गरिएको छैन, आयात खर्चले मूल्य बढ्यो – उत्पादक संघ

0
Shares

नेपाल वनस्पति घ्यू तेल उन्पादक संघले उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ आयात खर्च बढेकाले प्रशोधित खानेतेलमा मुल्यवृद्धि भएको जनाएको छ ।

संघका सदस्य उद्योगहरुवाट कुनै प्रकारको कृतिम अभाव सृजना नगरी आपुर्ति अवस्थालाई सुचारु राखी कृतिम मुल्यवृद्धि नगरेको समेत प्रष्ट पारेको छ । संघले एक विज्ञप्ति जारी गर्दै आउँदो चाडपर्वमा समेत खानेतेलको पर्याप्त मौज्दात रहेको हुँदा आपुर्तिमा कुनै कमि नहुने प्रतिवद्धता समेत जनाएको छ ।

तेल उत्पादनको लागि मुख्य कच्चा पदार्थ अन्तराष्ट्रिय वजारवाट आयात गर्नुपर्दा अन्तराष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मुल्य निर्धारण हुने हुँदा बजार मूल्य बढ्न गएको संघको दाबी छ ।

उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्दै आएको संघको भनाई छ ।

विगत करीव २० महिना देखी नै विश्वमा फैलिएको महामारी कोभिड १९ तथा कु्रड तेल उत्पादन हुने देशहरुमा भएको भीषण सुख्खाको कारण समेत खाने तेलको मुल्यमा अस्वाभाविक रुपमा वृद्धि हुन गएको छ । जुन हालसम्मको ऐतिहासिक मुल्यवृद्धि नै रहेको संघको भनााई छ ।

संघमा आवद्ध रहेका २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल ईत्यादी उत्पादन गरी स्थानिय वजारमा साथै निकाशी समेत गर्दै आईरहेको संघको भनाई छ ।

नेपालमा खाने तेलको कच्चा पदार्थको उत्पादन/उपलव्धता शुन्य नै रहेको हुँदा यहँका उद्योगहरुको कच्चा पदार्थ शतप्रतिशत तेश्रो मुलुकवाट आयात गर्नु परेकोले अन्तराष्ट्रिय वजारमा कच्चा पदार्थमा भएको मुल्यको उतारचढावले गर्दा स्थानिय वजारको मुल्य समेत सोहि अनुसार निर्धारण गर्नुपर्ने वाध्यता रहेको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै यस संघका सदस्य उद्योगहरुवाट कुनै प्रकारको कृतिम अभाव सृजना नगरी आपुर्ति अवस्थालाई सुचारु राखी कृतिम मुल्यवृद्धि गरेको छैन र आउँदो चाडपर्वमा समेत खानेतेलको पर्याप्त मौज्दात रहेको हुँदा आपुर्तिमा कुनै कमि नहुने प्रतिवद्धता समेत जनाएको छ ।

प्रशोधित खानेतेल उद्योगहरुको स्थिति

खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले १७ महिनामा कच्चा पदार्थको मुल्यमा भएको दोब्वर भन्दा वढि वृद्धिका कारण गत वर्षमा महशुल सरदर रु २० प्रति लि. रहेकोमा हाल सरदर रु ४५ भन्दा वढी पुगीसकेको छ ।

 कोभिड–१९ को कारण ढुवानीमा पर्न गएको असरले गर्दा ढुवानी भाडा वृद्धि हुन गएको, डिजल पेट्रोलको मुल्यमा वृद्धि भएको तथा पहिले भन्दा ढुवानीको समय दोव्वर हुन पुगेकोले अन्तराष्ट्रिय भाडा दरमा समेत वृद्धि हुँदा खानेतेलको मुल्यमा प्रति लि. सरदर रु.२० देखी २५ सम्म वृद्धिको असर पर्न गएको छ ।

सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्य समेत अन्तराष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको छ ।

हालसम्म पनि चलन चल्तिको अन्तराष्ट्रिय मुल्य अनुसारको नेपालको मुल्य अझै परिमार्जित हुन सकेको छैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।