बैंकहरुद्धारा शुक्रबार मात्रै २३ अर्बको स्थायी तरलता सुविधा उपयोग

0
Shares

बैंकिङ प्रणालीमा तरलता अभावको समस्या झनै जटील बन्दै गएको छ । बैंकहरुले ब्याजदर वृद्धि गरेर निक्षेप बढाएपछि तरलता अभावको समस्या भने कायमै देखिएको हो ।

बैंकहरुले असोज महिनामा ब्याजदर बढाउँदा करिब एक खर्ब निक्षेप थप गरेका छन् । सो अवधिमा बैंकहरुले एक खर्ब २६ अर्ब रुपैयाँ बरावरको कर्जा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले गरेको कर्जा निक्षेप अनुपातको नयाँ व्यवस्थाले पछिल्लो समयमा कर्जा लगानी योग्य रकमको अभाव समेत देखिन थालेको छ ।

नयाँ निक्षेपका लागि बैंकहरुले कात्तिक महिनामा पनि ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु गरे । तर, नेपाल राष्ट्र बैंकले बैंकहरुले बढाएको ब्याजदरमा समेत हस्तक्षेप गरेर सीमा नै तोकिदियो । त्यसको असर स्वरुप बैंकहरुले बढाउको ब्याजदर पनि घटाएका छन् ।

नयाँ निक्षेप तान्नका लागि बढाएको ब्याजदर पनि घटाउन परेपछि बैंकहरुले दैनिक तरलता व्यवस्थापनका लागि ५ प्रतिशत ब्याजदरमा स्थायी तरलता सुविधाको प्रयोग बढाएका छन । शुक्रबार मात्र बैंक वित्तीय संस्थाले ५ प्रतिशत ब्याजदरमा २३ अर्ब रुपैयाँ भन्दा धेरै स्थायी तरलता सुविधा (एसएलएफ) उपभोग गरेका छन् । अन्तर बैंक कारोबारका लागि सबै संस्था माग्ने मात्रै भएपछि अघिल्लो महिना देखि बैंकहरुले एसएलएफ उपभोग गर्दै आएका छन् ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले बिहीबार निश्कासन गरेको १० अर्ब रुपैयाँ बराबरको रिपोमा २८ अर्ब ५० करोडको आवेदन परेको छ । सो रिपोमा १५ बैंक तथा वित्तीय संस्थाले ३८ आवेदन दिएका थिए । रिपोको औसत ब्याजदर ४.९६ प्रतिशत कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।