नीतिगत दरहरुमा लचकता अपनाउन बैंकर्स संघको माग, संयमित हुन गभर्नरको आग्रह

0
Shares

नेपाल बैंकर्सले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत नीतिगत दरहरुमा लचकता अपनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई भेट गरी बैंकर्स संघका नवनियुक्त पदाधिकारीहरु तथा पूर्व अध्यक्षहरुले यस्तो माग गरेका हुन ।

उनीहरुले पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै कर्जा निक्षेप अनुपात, तरलता अनुपात तथा नगद संचिति अनुपात लगायतका विषयमा लचकता अपनाउन आग्रह गरेका हुन ।

यस्तै ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरु तथा सुत्र÷विधि पुनरावलोकन गर्ने, निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउन पनि अनुरोध गरेका छन् ।

बैंकरहरुले एसएमई बोन्ड लगायत कन्भर्टीबल डिबेन्चर, प्रिपेच्अल डिबेन्चर आदि जस्ता वित्तीय उपकरणहरु जारी गर्न उचित व्यवस्था गर्ने पनि माग गरेको छ । साथै पुनरकर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन गर्ने, भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुने गरी लगानी गर्न सकिने व्यवस्था गर्न पनि आग्रह गरेको छन ।

यसैगरी डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न फिनटेक कम्पनीलाई सहायक कम्पनीको रुपमा स्थापनाको लागि उचित नीतिगत व्यवस्था गर्ने तथा बैंकहरुले वित्तीय साक्षरता लगायत बैंकिङ्ग प्रवद्र्धन कार्य गर्नका निमित्त आर्थिक सहयोग प्रदान गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समावेश गराउन पाउने व्यवस्था गर्न पनि आग्रह गरेका छन ।

संघका नवनियुक्त अध्यक्ष अनिल कुमार उपाध्यायले नेपाल राष्ट्र बैंकले प्रदान गरेको मार्गदर्शन आगामी दिनमा समेत पाउने अपेक्षा राख्दै संघको तर्फबाट वित्तीय सुशासन, सबलिकरण र अभिबृद्घिमा आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्घता जनाए ।

साथै, भर्खरै मात्र सम्पन्न ४२ औं सार्क गभर्नर ग्रुप मिटिङले गभर्नर अधिकारीलाई सार्क फाइनान्सको अध्यक्ष चयन गरेकोमा उपाध्यायले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

सो भेटमा गभर्नर अधिकारीले पछिल्लो समयमा भएको उच्च कर्जा बृद्घि तर्फ संकेत गर्दे बैंकहरुलाई संयमित हुन आग्रह गरे । नेपाल राष्ट्र बैंकले जारी गर्ने नीति÷निर्देशनहरु सरोकारवालाहरुसँग छलफल गरी ल्याउने आश्वासन दिदैं प्रथम त्रैमासिक समीक्षाका लागि पेश गरिएका सुझाबहरु उपर आन्तरिक छलफल गरी उचित सुझाबहरु कार्यन्वयन गरिने आश्वासन समेत दिए।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।