बीमामा प्रयोग हुने बोनस दर के हो ? कसरी वितरण हुन्छ ?

0
Shares

जीवन बीमा कम्पनीहरुले हरेक आथिर्क वर्ष समाप्त भएपछि अघिल्लो आथिर्क वर्षको असार मसान्तसम्म जारी भएका बीमालेखमा बीमाङ्कीय मूल्याङ्कनको आधारमा मुनाफामा सरिक हुनेगरी बोनसदर घोषणा गर्ने गर्दछन् ।

जीवन बीमा कम्पनीहरुले हरेक वर्ष बीमाङ्क रकमको प्रति हजार रुपैयाँ बराबरमा दिने प्रतिफल नै बोनस दर हो । बीमा गर्ने व्यक्तिले यो बोनस बीमा अवधि सकिएपछि एकमुष्ट पाउँछ । यसको हिसाब गर्दा कुल बीमाङ्क रकमलाई हजारले भाग गरेर प्रति हजार रुपैयाँ तोकेको बोनस दर दिइन्छ ।

हरेक बीमा कम्पनीहरूले आफूले जारी गरेका विभिन्न अवधिका लागि हरेक वर्ष बीमाङ्कीय मूल्याङ्कनका आधारमा बीमालेखहरुका लागि बोनस दर सार्वजनिक गर्ने गरेका छन् ।

कुनैपनि बीमा गर्नेले अवधिको आधारमा हरेक प्रतिहजारमा बीमाङ्कीय मूल्याङ्कनका आधारमा वितरण गर्नसक्ने बोनस सार्वजनिक गर्ने गरेका छन् । जसमा २५ वर्ष अवधिका लागि कुनै व्यक्तिले दश लाख रुपैयाँको बीमा गरेको रहेछ भने जारी सम्बन्धीत बीमालेखमा ७० रुपैयाँ बोनस भन्नाले कुल बीमाङ्क रकमलाई हजारले भाग गरेर प्रति हजार रुपैयाँ तोकेको ७० रुपैयाँ बोनस दर दिइन्छ भन्ने हो । जस्तो कुनै व्यक्तिले पच्चिस वर्ष अवधिका लागि दश लाख रुपैयाँको बीमाङ्कको बीमालेख खरीद गरेको छ भने उसले आव २०७६।७७ बाट ६७० हजार रुपैयाँ बोनस वापतको रकम पाउँछ । जुन रकम बीमा अवधि समाप्त भएपछि बीमितले एकमुष्ट पाउँछ ।

बोनस दर हरेक वर्ष परिवर्तन हुनसक्छ । कम्पनीले पाउने सबै पूँजी स्रोतमा उसले तिर्नुपर्ने दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बाँड्ने हो । जीवन बीमा कम्पनीहरुले अहिले हरेक वर्ष एक्चुअरी मूल्यांकन गरेर आफ्नो वास्तविक दायित्व निकाल्छन् ।

मानौं, यसरी दायित्व देखिएपछि त्यसलाई भुक्तानी गर्न आवश्यक रकम छुट्याएर १०० रुपैयाँ उब्रन्छ भने त्यो १०० रुपैयाँ मध्ये ९० रुपैयाँ बीमितहरुको योजनालाई प्रतिफल (बोनस दर) दिनुपर्छ । बाँकी १० रुपैयाँ शेयर लगानीकर्ताले प्रतिफल (बोनस शेयर वा नगद लाभांश) पाउने हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।