विदेशी विनियम सञ्चितिमा आएको गिरावट नियन्त्रण गर्न सटही सुविधामा सीमा

0
Shares

नेपाल राष्ट्र बैंकले विदेशी विनियम सञ्चितिमा आएको गिरावटलाई नियन्त्रण गर्नका लागि विदेशी मुद्रा सटही सुविधामा कसिलो नीति लिएको छ । केन्द्रीय बैंकले आयातका लागि मात्र नभई राहदानीका आधारमा दिइने विदेशी मुद्रामा समेत कटौती गरेको हो ।

राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै भारतबाट हुने वस्तु आयातमा प्रतितपत्र मार्फत हुने भुक्तानी ५ करोड भारतीय रुपैयाँमा भन्दा माथिको हुनुपर्नेमा ३ करोडमा झारेको छ ।

नेपाल भारतबीच मालसमान आयातको भूक्तानीको लागि प्रचलित व्यवस्था अन्तर्गत रही प्रतीतपत्र, ड्राफ्टको माध्यमबाट भारतीय रुपैयाँको सटही प्रदान गर्न सकिनेछ । तर, भारु ३ करोड भन्दा बढीको बस्तु आयात अनिवार्य रुपले प्रतितपत्र मार्फत गर्नु पर्ने व्यवसथा गरेको छ ।

प्रतितपत्र,, ड्राफ्ट वा टिटि को माध्यमबाट समान आयात गर्दा प्रचलित व्यवस्था बमोजिम २ वा १० प्रतिशत धरौटी लिनुपर्नेछ । सो रकमबाट भन्सार महसुल बुझाउने प्रयोजनको लागि आयातकर्ताको अनुरोधमा चेक उपलब्ध गराउन सकिने राष्ट्र बैंकले जनाएको छ । तर, विद्युतीय भुक्तानी प्रणाली लागु भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालय मार्फत हुने आयातको हकमा चेक जारी गर्न नपाइने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ ।

त्यसैगरी केन्द्रीय बैंकले विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरु मार्फत हुने आयातको हकमा चेक जारी गर्न नपाइने व्यवस्था गरेको छ । तर, उल्लेखित धरौटी रकम भने लिनु पर्ने व्यवस्था गरेको छ ।

नेपाली नागरिक तथा नेपालमा विधिवत दर्ता भएका फर्म, कम्पनी, संघ संस्थाले भारत स्थित नियोग, संघ, संस्था कम्पनीसंग लिने विभिन्न सेवा शुल्क भुक्तानीको लागि भारतीय रुपैयाँ ३ लाखसम्मको सटही सुविधा उपलब्ध गाउने व्यवस्था गरेको छ । यसमा भने केन्द्रीय बैंक उदार भएको देखिन्छ । यसभन्दा अघि यस्तो व्यवस्था वापतको भुक्तानीका लागि एक लाख भारु मात्र सटही सुविधा उपलब्ध हुने व्यवस्था थियो ।

त्यसैगरी राष्ट्र बैंकले भारत बााहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानीबापत दिने सटही सुविधालाई पनि सीमा तोकेको छ । राष्ट्र बैंकले एक वर्षमा २ पटक मात्र राहदानीका आधारमा प्रति पटक अमेरिकी १५०० वा सो बरावरको पवित्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिनसे वइवस्था गरेको हो । त्यसमा केन्द्रीय बैंकले राहदानी बापतको सटही सुविधा उपलब्ध गराउँदा सम्भव भएसम्म राहदानी बाहक स्वयम उपस्थित हुनु पर्ने व्यवस्था गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।