एक खर्बको निर्यात हुँदा ८ खर्ब ३८ अर्ब वस्तु आयात


चालु आर्थिक वर्षको मंसिरसम्ममा १०२ अर्ब ९२ करोड रुपैयाँ बरारबो कुल वस्तु निर्यात भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १०५.६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको मंसिरसम्ममा निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १३८.० प्रतिशत र २८.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जस्तापाता, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा ८३८ अर्ब ४१ करोड रुपैयाँ बरावरको कुल वस्तु आयात भएको छ । यो रक गत आवको सोही अवधिको तुलनामा ५९.५ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्पm कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई रु.७३५ अर्ब ४९ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो ।

चालु आवको मंसिरसम्ममा निर्यात–आयात अनुपात १२.३ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो । चालु आवको मंसिरसम्ममा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ९२ अर्ब ३४ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा यस्तो आयात ६१ अर्ब ८१ करोड बराबरको भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।