सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५९ प्रतिशत बढ्दा ईपिएस कति ?

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा करिब ५९ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा, निक्षेप तथा कर्जा लगायतमा बढोत्तरी आउँदा नाफा बढेको हो । साथै बैंकको इम्पेरमेन्ट चार्ज र खराब कर्जा घटेको छ । नाफा बढ्दा बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको वितरण योग्य मुनाफा १८ करोड ४ लाख रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा बैंकले २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.८७ प्रतिशत बढी हो। बैंकको खुद ब्याज आम्दानी ४६.८१ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १६.१८ प्रतिशत र सञ्चालन मुनाफा ६८.१६ प्रतिशत बढेको छ ।

बैंकले ६ महिनमा खूद ब्याज आम्दानी बाटै ७९ करोड ५८ लाख आर्जन गरेको छ । गत वर्ष यस्तो आम्दानी ५४ करोड मात्रै थियो । बैंकको संचालन मुनाफा २२ करोड २४ लाखबाट ३७ करोड ४१ लाख पुगेको छ ।

बैंकको चुक्तापूँजी २ अर्ब ७३ करोडबाट बढेर ३ अर्ब १ करोड माथि पुगेको छ । ६५ करोड ९५ लाखको रिजर्बको आकार ७२ करोड ४२ लाख पुगेको छ। बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ।

बैंकको निक्षेप ९.८८ प्रतिशत र कर्जा २२.४४ प्रतिशत बढेको छ। बैंकले ४५ अर्ब ९२ करोड बढी निक्षेप संकलन गरी ४० अर्ब ४६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ४१ अर्ब ७९ करोड निक्षेप संकलन गरी ३३ अर्ब ४ करोड बढी कर्जा परिचालन गरेको थियो ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसाबाट बढेर १७ रुपैयाँ ३९ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात १५.९ गुणा रहेको तथा प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ।

बैंकको निष्क्रिय कर्जा २.४३ प्रतिशतबाट घटेर १.१५ प्रतिशतमा झरेको छ । बैंकको सीडी रेसियो ८५.६५ प्रतिशत, आधार दर १०.०८ प्रतिशत, कस्ट अफ फण्ड ७.४३ प्रतिशत रहेको छ ।

Particulars Shangrila Development Bank Limited (SADBL)
Q2, 2078/2079 Q2, 2077/2078 Difference %
Paid-Up Capital 3,010,669.66 2,736,972.42 10.00
Net Profit 261,822.47 164,805.15 58.87
EPS (Rs.) 17.39 12.04 44.44
Net worth per share (Rs.) 130.97 135.64 -3.44
Reserve & Surplus 932,521.44 975,498.95 -4.41
Deposit from Customers 45,925,499.91 41,797,350.04 9.88
Loans & Advances 40,460,570.75 33,044,748.46 22.44
Net Interest Income 795,883.67 542,123.39 46.81
Impairment Charge/(Reversal) for loans 34,900.71 138,358.35 -74.78
Operating Profit 374,128.72 222,479.93 68.16
Capital Adequacy (%) 12.80% 11.98% 6.84
NPL (%) 1.15% 2.43% -52.67
Cost of fund (%) 7.43% 6.38% 16.46

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।