नबिल बैंकको पूँजी वृद्धिको अनुपातमा नाफा नबढ्दा प्रतिसेयर आम्दानी खस्कियो

0
Shares

नबिल बैंक (NABIL) ले चालु आर्थिक वर्षको ६ महिनाको अवधि अर्थात दोस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको भन्दा ८.२० प्रतिशत धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब १ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ ४० पैसाले घटेर २३ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

३३.६० प्रतिशत चुक्ता पूँजी बढाएको बैंकको पूँजी बढे अनुपातमा नाफा नबढ्दा प्रतिसेयर आम्दानी खस्किएको हो । बैंकको प्रतिसेयर नेटवर्थ १८४.२८ रुपैयाँ छ ।

बैंकको वितरणयोग्य नाफा भने २१.२७ प्रतिशतले घटेर १ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । गत वर्ष यसको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी बढेपनि बैंकको इम्पेरमेन्ट चार्ज बढेका कारण नाफामा दबाब पुगेको हो ।

पुस मसान्तसम्म आइपुग्ग्दा नबिलको खुद ब्याज आम्दानी भने ३५.१३ प्रतिशत, सञ्चाल नाफा ८.६० प्रतिशतले बढेको छ । सो अवधिमा बैंकको निक्षेप ४.०६ प्रतिशत र कर्जा ८.६८ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी ३३.६० प्रतिशत बढेको छ भने जगेडा कोष २२.११ प्रतिशत घटेको छ। बैंकको खराब कर्जा ०.६० प्रतिशतबाट बढेर १.११ प्रतिशत पुगेको छ।

 

Particulars Nabil Bank Limited
Q2, 2078/2079 Q2, 2077/2078 Difference
Share Capital Rs ‘000 18,496,187.00 13,844,451.00 33.60%
Net Profit Rs ‘000 2,181,420.00 2,016,023.00 8.20%
Annualized EPS (Rs.) 23.59 29.12 -18.99%
Net Worth per share (Rs.) 184.28 244.56 -24.65%
Reserve & Surplus Rs ‘000 15,588,611.00 20,013,654.00 -22.11%
Deposit from Customers Rs ‘000 232,554,739.00 223,474,470.00 4.06%
Loans and Advances Rs ‘000 215,206,195.00 198,021,418.00 8.68%
Net Interest Income Rs ‘000 4,219,618.00 3,122,639.00 35.13%
Impairment charge/(Reversal) for loans Rs ‘000 401,777.00 -139,159.00 -388.72%
Operating Profit Rs ‘000 3,115,389.00 2,868,577.00 8.60%
Capital Adequacy Ratio (CAR) 13.58% 13.31% 2.03%
Cost of Funds (%) 6.03% 4.29% 40.56%
Base Rate (%) 7.39% 5.76% 28.30%
CD Ratio (as per NRB Directives) 89.49% 72.39% 23.62%
Non-performing Loan (%) 1.11% 0.60% 85.00%
Price to Earnings (Times) 47.06
 

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।