नेपाल बङ्गलादेश बैंकको नाफा घट्यो

0
Shares

नेपाल बङ्गलादेश बैंक लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८१ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ९४ करोड १२ लाख नाफा कमाएको बैंकको नाफा १३.८२ प्रतिशतले घटेको हो ।

चुक्ता पूँजी १० अर्ब ८ करोड ५३ लाख ९९ हजार रुपैयाँ रहेको बैंकको नाफा घटेसँगै समीक्षा अवधिमा प्रतिसेयर आम्दानी पनि २२.१६ बाट घटेर १६.०९ रुपैयाँमा संकुचित भएको छ ।

पुस मसान्तसम्ममा बैंकको बैंकको वितरण योग्य मुनाफा ४९ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा बैंकले ८० अर्ब ७१ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन तथा ७४ अर्ब ९० करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरी १ अर्ब २७ करोड ३८ लाख रुपैयाँ खुद ब्इाज आम्दानी र १ अर्ब ५ करोड ३३ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

नबिल बैंकले प्राप्त गर्न लागेको बैंकको खुद ब्याज आम्दानीमा झिनो सुधार आउँदा प्रतिसेयर आम्दानी, नेटवर्थ, जगेडा कोष, निक्षेप, सेयरधनी कोष, सञ्चालन नाफा, पूँजीकोष, र स्पेडदरमा समेत कमी आएको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २१.३४ प्रतिशत, जगेडा कोष १०.६३ प्रतिशत, निक्षेप ७.३६ प्रतिशतले घटेको छ । चुक्ता पूँजी १२ प्रतिशत, खुद ब्याज आम्दानी २.१८ प्रतिशत,कर्जा लगानी ९.०६ प्रतिशत, शुल्क कमिशन आय १३.७८ प्रतिशतले बढेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १५७.१८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.८ गुणा छ ।  बैंकको खराब कर्जा अनुपात घटेर १.७४ प्रतिशत, कोषको लागत ६.४३, आधार ब्याजदर ८.४७, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.२३ प्रतिशत छ ।

Particulars Nepal Bangladesh Bank Limited
Q2, 2078/2079 Q2, 2077/2078 Difference
Share Capital Rs ‘000 9,004,821.20 9,004,821.20 0.00
Net Profit Rs ‘000 811,152.20 941,255.99 -13.82
Annualized EPS (Rs.) 16.09 22.16 -27.39
Net Worth per share (Rs.) 157.18 165.5 -5.03
Reserve & Surplus Rs ‘000 5,002,458.88 4,986,980.20 0.31
Deposit from Customers Rs ‘000 80,710,971.41 87,127,871.37 -7.36
Loans and Advances Rs ‘000 74,908,196.22 68,686,150.94 9.06
Net Interest Income Rs ‘000 1,273,809.68 1,246,665.85 2.18
Impairment charge/(Reversal) for loans Rs ‘000 220,679.80 -161,136.33 -236.95
Operating Profit Rs ‘000 1,053,365.89 1,339,052.66 -21.33
Capital Adequacy Ratio (CAR) 13.75% 14.17% -2.96
Cost of Funds (%) 6.43% 5.87% 9.54
Base Rate (%) 8.47% 8.00% 5.87
CD Ratio (as per NRB Directives) 88.23% 71.32% 23.71
Non-performing Loan (%) 1.74% 2.37% -26.58
Price to Earnings (Times) 24.8    

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।