कुमारी बैंकको नाफा २२ प्रतिशतले घट्यो, इपिएस १३ रुपैयाँ मात्र

0
Shares

कुमारी बैंक लिमिटेड (KBL) ले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा खुद नाफा २२ प्रतिशतले घटेपछि बैंकको वार्षिक प्रतिसेयर आम्दानी साढे ४ रुपैयाँले घटेर १३ रुपैयाँभन्दा तल झरेको छ ।

चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशसेयर आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा ४.५९ रुपैयाँ घटेर १२.९४ रुपैयाँमा झरेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९५ करोड १७ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २१ करोड ६५ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको बैंकको २१.७७ प्रतिशत नाफा घटेको हो ।

खुद ब्याज आम्दानी सामान्य मात्र बढ्नु तथा सम्भावित कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) ३२ करोड बढी छुट्टाएको बैंकको नाफामा भारी गिरावट आएको हो । अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १३ करोड ८३ लाख १० हजार रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६ प्रतिशत, निक्षेप ९.५९ प्रतिशत, कर्जा १३.१० प्रतिशत, खुद ब्याज आम्दानी ५.०३ प्रतिशत, जगेडा कोष ९.४८ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २१.३५ प्रतिशत घटेको छ ।

बैंकको बैंकको खराब कर्जा अनुपात घटेर १.०६ प्रतिशत कायम हुँदा प्रतिसेयर नेटवर्थ १३०.८० रुपैयाँ, कोषको लागत ५.९८, आधार ब्याजदर ८.९३, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९५.५५३ प्रतिशत र मूल्य आम्दानी अनुपात २०.९४ गुणा छ ।

Particulars Kumari Bank Limited
Q2, 2078/2079 Q2, 2077/2078 Difference
Share Capital Rs ‘000 14,711,183.00 13,878,474.00 6.00%
Net Profit Rs ‘000 951,738.00 1,216,558.00 -21.77%
Annualized EPS (Rs.) 12.94 17.53 -26.18%
Net Worth per share (Rs.) 130.8 130.82 -0.02%
Reserve & Surplus Rs ‘000 4,538,303.00 5,013,747.00 -9.48%
Deposit from Customers Rs ‘000 159,821,637.00 145,838,231.00 9.59%
Loans and Advances Rs ‘000 155,962,076.00 137,897,925.00 13.10%
Net Interest Income Rs ‘000 2,623,504.00 2,497,789.00 5.03%
Impairment charge/(Reversal) for loans Rs ‘000 322,254.00 -41,664.00 -873.46%
Operating Profit Rs ‘000 1,368,850.00 1,740,523.00 -21.35%
Capital Adequacy Ratio (CAR) 11.69% 14.91% -21.60%
Cost of Funds (%) 5.98% 5.28% 13.26%
Base Rate (%) 8.93% 7.92% 12.75%
CD Ratio (as per NRB Directives) 95.55% 76.15% 25.48%
Non-performing Loan (%) 1.06% 1.06% 0.00%
Price to Earnings (Times) 20.94    

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।