हिमालयन बैंकको नाफा सामान्य बढ्दा प्रतिसेयर आम्दानी भने घट्यो

0
Shares

हिमालयन बैंक (HBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। बैंकको खुद ब्याज आम्दानी ८.९१ प्रतिशत तथा सञ्चालन मुनाफा भने ७.६६ प्रतिशतले बढेको छ । यस्तै खुद फि तथा कमिशन आम्दानी ४१.६४ प्रतिशत बढेको छ।

बैंकको नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ रुपैयाँ २३ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ११ रुपैयाँ ४७ पैसामा झरेको छ। चुक्तापूँजी बढेको अनुपातमा बैंकको नाफा नबढेपछि प्रतिशेयर आम्दानी घटेको हो।

बैंकको चुक्तापूँजी २१.३८ प्रतिशतले बढेर १२ अर्ब ९६ करोड ८७ लाख पुगेको छ। बैंकको जगेडा कोष २१.७० प्रतिशत घटेको छ। जसको जगेडाकोषमा ७ अर्ब ३९ करोड ट ।

समीक्षा अवधिमा बैंकको निक्षेप १७.३७ प्रतिशत र कर्जा १९.५४ प्रतिशत बढेको छ। बैंकले यसअवधिमा एक खर्ब ६५ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ५० अर्ब कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.७२ प्रतिशत छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४२.२१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ५ पैसा रहेको छ।

Particulars Himalayan Bank Limited
Q2, 2078/2079 Q2, 2077/2078 Difference
Share Capital (Rs in ‘000) 12,968,725.73 10,684,400.83 21.38%
Net Profit (Rs in ‘000) 743,450.90 653,268.00 13.80%
Annualized EPS (Rs.) 11.47 12.23 -6.21%
Net Worth per share (Rs.) 157.05 188.43 -16.65%
Reserve & Surplus (Rs in ‘000) 7,398,500.07 9,448,312.56 -21.70%
Deposit from Customers (Rs in ‘000) 165,512,621.65 141,021,074.86 17.37%
Loans and Advances (Rs in ‘000) 150,678,016.95 126,048,134.67 19.54%
Net Interest Income (Rs in ‘000) 1,916,549.04 1,759,709.73 8.91%
Impairment charge/(Reversal) for loans (Rs in ‘000) 371,131.52 147,151.44 152.21%
Operating Profit (Rs in ‘000) 1,062,089.74 986,484.03 7.66%
Non-performing Loan (%) 0.72% 2.13% -66.20%
Cost of Funds (%) 6.98% 4.64% 50.43%
Base Rate (%) 8.75% 6.83% 28.11%
CD Ratio (as per NRB Directives) 92.74% 80.51% 15.19%
Capital Adequacy Ratio (CAR) 11.61% 13.84% -16.11%
Price to Earnings (Times) 42.21 47.1 -10.38%

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।