कर्जा प्रवाहमा बैंकहरु अझै पनि आक्रमक, ३ अर्ब निक्षेप लिँदा १३ अर्ब ऋण लगानी

0
Shares

तरलता तथा कर्जा लागानी योग्य रकमको अभावको समस्या जटिल बनेपनि कर्जा लगानी विस्तारमा भने खासै सुस्तता आएको छैन् । बैंकहरुले कर्जा निक्षेप अनुपातको सीमा नाघेर पनि ऋण लगानी बढाएका हुन ।

चालु आर्थिक वर्षको फागुन महिनाको पहिलो साता अर्थात माघ २९ गते दखि फागुन ६ गतेसम्ममा ३ अर्ब रुपैयाँ निक्षेप लिएर १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । तरलता तथा कर्जा लगानी योग्य रकमको अभावको रहँदै गर्दा पनि बैंकहरुले स्रोतको व्यवस्थापन विना नै कर्जा लगानीको गतिलाई बढाएका हुन ।

तर, चालु आर्थिक वर्षको फागुन महिनाको पहिलो सातामा २ अर्ब विदेशी मुद्राको निक्षेप घटेको छ भने ९ अर्ब बारबको कर्जा घटेको छ । स्वदेशी मुद्रामा कर्जा बढेको भएपनि विदेशी मुद्रामा घटेको छ । त्यसैगरी विदेशी मुद्राको निक्षेप २ अर्बले घटेको अवस्थामा स्वदेशी मुद्राको निक्षेप भने ३ अर्बले बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।

आक्रमक कर्जा विस्तार भएपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत पुँजी, कर्जा तथा निक्षेप अनुपात खारेज गरेर कर्जा निक्षेप अनुपात लागु ग्रयो । त्यसमा पनि ९० प्रतिशतको सीमा तोकिदियो । त्यसपछि बैंकहरुले कर्जाका लागि निक्षेप बढाउनु पर्ने बाध्यता भयो । कर्जाको माग उच्च भएकाले बैंकहरुले कर्जा निक्षेप अनुपातको सीमा समेत ख्याल नै नगरी ९८ प्रतिशतसम्म कायम हुने गरी कर्जा लगानी गरेको अवस्था छ ।

बैंकर्स संघका अनुसार फागुन ६ गतेसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म बैंकको निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो । यो अवधिमा स्वदेशी मुद्रमा निक्षेप ४२ खर्ब १७ अर्ब रुपैयाँ रहेकोमा फागुन पहिलो साता आइपुग्दा ४२ खर्ब २० अर्ब पुगेको छ भने विदेशी मुद्रमा रहेको निक्षेप भने ९४ अर्ब बाट ९२ अर्बमा झरेको छ ।

त्यसैगरी सो अवधिसम्ममा बैंहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । माघ मसान्तमा ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेको थियो । विदेशी मुद्रमा हुने कर्जा लगानी घटेका कारण त्यसको असर कर्जा प्रवाहमा देखिएको छ । माघ मसान्तमा ८२ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आइपुग्दा ९ अर्बले घटेर ७३ अर्ब रुपैयाँ रहेको छ । गत साता स्वदेशी मुद्राको कुल कर्जा ४० खर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा फागुन पहिलो साता आइपुग्दा ४० खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।