मौद्रिक नीतिको परिमार्जित निर्देशन नआउँदै अन्तर बैंकदर ७ प्रतिशत, तरलता समस्या झनै दवावमा

0
Shares

बैंक तथा वित्तीय संस्थाबीच हुने सापट कारोबारको दर ७ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत स्थायी तरलता सुविधा दर ७ प्रतिशत कायम गरसंगै अन्तर बैंकदर पनि सोही सीमामा पुगेको हो ।

मौद्रिक नीतिको अर्धवर्षिक समीक्षा भन्दा अघिसम्म ५ प्रतिशत भित्र नै रहेको अन्तर बैंकदर एक दिनमा नै करिब २ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबारको अन्तर बैंकदर ६.९३ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले गत शुक्रबार मात्र मैद्रिक नीतिको अर्धवर्षिक समीक्षा मार्फत स्थायी तरलता २ प्रतिशतको विन्दुले बढाएर ७ प्रतिशत पु¥याएको हो ।

मौद्रिक नीतिको अर्धवािषर््ाक समीक्षा भन्दा अघिसम्म अन्तर बैंकदर ५ भन्दा माथि वा केही तल रहेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्ययले बताए । “अन्तर बैंक भनेको बैंक वित्तीय संस्थाले निर्णय गर्ने कुरा भयो, स्थायी तरलता सुविधा नेपाल राष्ट्र बैंकको नियन्त्रणमा हुने भयो,” उनले भने,“ अन्तर बैंकदर माग र आप्ुर्तिले निर्धारण गर्छ, पछिल्लो समयमा तरलताको दवाव बढेको हुनाले माग बढेपछि सोही अनुसार अन्तर बैंकदर पनि बढेको हो ।” यसमा पोलिसी दर बढ्नुले बैंकहरुलाई अन्तर बैंकदर बढाउन मद्दत गरेको उनको बुझाई छ ।

मंगलबार वित्तीय प्रणालीमा ६ अर्ब रुपैयाँ तरलता रहेको छ । राष्ट्र बैंकले नै पैसा दिएर वित्तीय प्रणालीमा तरलता आएको हुनाले आज अधिक तरलता कति छ भन्ने कुराले खासै महत्व नराख्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । “केन्द्रीय बैंकले मौद्रिक व्यवस्थापन मार्फत रिपो, आउटराइट पर्चेज तथा स्थायी तरलता सुविधा कति दिएको छ भन्ने कुरा महत्वुर्ण हुन्छ,” उनले भने,“अन्तर बैंक दर सोमबारको ६.९७ प्रतिशत रहेको छ, यसले नेपाल राष्ट्र बैंकले बजारमा दैनिक उल्लेख्य मात्रामा तरलता राखिराख्ने र दर पनि ब्याजदर करिडोरको माथिल्लो सीमा छुने अवस्थामा पुग्नु भनेको तरलता अभावको समस्या अझै कायम नै रहेको स्पष्ट हुन्छ ।”

अन्तर बैंकदर बढाउने बाटो खुला भएपनि बैंक तथा वित्तीय संस्थाले धितो लिएर नेपाल राष्ट्र बैंक जान भन्दा पनि अन्तर बैंकबाट नै काम गर्न खोजेको देखिन्छ । बैंकहरुले हिजोका दिनमा अन्तर बैंक कारोबारका लागि रकम दिन कोही नभएको र सबै लिन मात्र चाहेको अवस्था थियो । तर, स्थायी तरलता सुविधा अर्थात बैक दर बढेपछि भने दिन चाहे पनि लिन चाहने पनि देखिए । त्यती मात्र नभई अन्तर बैंकदर २ दिन मा नै बढेर बैंक दरको सीमा छोईसकेको अवस्था छ । अन्तर बैंक दर ७ प्रतिशत नपुग्दासम्म स्थायी तरलता सुविधा भन्दा अन्तर बैंकमा कारोबारलाई जोड दिएका बैंकहरु २ दिन पछि पुन स्थायी तरलता सुविधा तर्फ नै लागेका छन् ।

केन्द्रीय बैंकले गत शुक्रबार मौद्रिक नीतिको अर्धवर्षिक समिक्षा गर्दै बैंकदरलाई ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरेको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरेकोे छ । यो व्यवस्थाले कर्जाको मात्र नभई पुनरकर्जाको पनि ब्याजदर बढाएको छ । राष्ट्र बैंकले ब्याजदर बढाउने भनेपछि निर्देशन भने आईनसकेकाले स्थायी तरलता सुविधाको परिवर्तित दर कार्यान्वयनमा आइसकेको छैन । तर सो सीमामा रहेर बैंकहरुले अन्तर बैंकदर बढाई ७ प्रतिशत पु्रयाइसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।