सरकारले बैंकिङ प्रणालीबाट ५ अर्ब लैजाँदै, तरलतामा झनै दबाव पर्ने

0
Shares

सरकारले बैंकिङ प्रणालीबाट आन्तरिक ऋण स्वरुप ५ अर्ब रुपैयाँ लैजाने भएको छ। सरकारले पुरानो तिर्नुपर्ने ५ अर्ब रुपैयाँ बरावरको ट्रेजरी बिल्सको नविकरणसंगै सोही रकम बरावरको नयाँ निष्कासन गर्न लागेको हो ।

पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता तथा कर्जा लगानी योग्य रकमको अभाव जटिल बन्दै गएको छ । बैंक वित्तीय संस्थाले दैनिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकबाट ६३ अर्ब सम्म स्थायी तलता सुविधा अन्तर्गतको सापट प्रयोग गरेका छन् ।

आइतबार मात्र बैंक वित्तीय संस्थाले ४४ अर्ब ५८ करोड रुपैयाँ बरावरको स्थायी तरलता सुविधा सापट लिएका छन् ।

बैंकहरुले दैनिक तरलता नै नेपाल राष्ट्र बैंकबाट सापट लिइरहेको अवस्थामा सरकारले अन्तरिक ऋण मार्फत १० अर्ब रुपौयँ बरावरको नयाँ र पुरानो टे«जरी बिल्स जारी गर्दा बैंकिङ प्रणालीको तरलता अभावको समस्यामा झनै दवाव पर्ने देखिन्छ ।

सरकराले चैत एक गते ५ अर्ब रुपैयाँ बरावरको ९१ दिने पुरानो टे«जरी बिल्सलाई नबिकरण गर्न लागेको हो । त्यसैगरी सोही दिन सरकारले ३६४ दिने ५ अर्ब रुपैयाँ बरावरको नयाँ टे«जरी बिल्स निष्कासन गर्न लागेको हो ।

सरकारले यसभन्दा अघि फागुन २३ गते निष्कासन गरेको २ अर्ब रुपैयाँ बरावरको २८ दिने र ४ अर्ब २६ करोड रुपैयाँ बरावरको ९१ दिने ट्रेजरी बिल्स निष्कासन गरेको छ । यो ट्रेजरी बिल्सकोे औसत डिस्काउन्ट रेट ७ प्रतिशत भन्दा माथि छ । अहिले नेपाल राष्ट्र बैंकले तोकेको बैंक दर भने ७ प्रतिशत रहेको छ ।

सरकारले चालु आर्थिक वर्षमा कुल २ खर्ब ३९ अर्ब अन्तरिक ऋण उठाउने योजना बनाएको छ । सो मध्ये सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक खर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने योजना गरेको थियो । सोही योजना अनुसार तेस्रो त्रैमासमा मात्र ४४ अर्ब रुपैयाँ बरावरको टे«जरी बिल्स निष्कासन गर्ने योजना छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।