वाणिज्य बैंकहरुको चुक्ता पूँजी ३ खर्ब ६२ अर्ब पुग्यो, जगेडा कोषमा २ खर्ब ३२ अर्ब सञ्चित

0
Shares

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुको चुक्ता पूँजी ३ खर्ब ६२ अर्ब ९३ करोड ६ लाख रुपैयाँ पुगेको छ । विसं २०७७ चैतमा ३ खर्ब १९ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ रहेकोमा पछिल्लो एक वर्षमा ४३ अर्ब ५८ करोड रुपैयाँले बढेको हो । प्रतिशतका आधारमा यो वृद्धि औषतमा १३.६५ प्रतिशत रहेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्ममा ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । अघिल्लो चैतको तुलनामा बैंकको पूँजी दश प्रतिशतले बढेको हो ।

यस्तै धेरै पूँजी हुनेमा कृषि विकास बैंकको १९ अर्ब ७० करोड, प्राइम कमर्सियल १८ अर्ब ६५ करोड, नबिल बै.क १८ अर्ब ४९ करोड एनएमबी १८ अर्ब ३६ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यस अवधिमा सिभिल बैंकको चुक्ता पूँजी सबैभन्दा कम ९ अर्ब ७ करोड रुपैयाँ रहेको छ । स्ट्याण्डर्ड चार्टड, एभरेष्ट, सेञ्चुरी र नेपाल एसबिआई बैंकको चुक्ता पूँजी १० अर्बभन्दा कम छ ।

यस अवधिमा राष्ट्रिय वाणिज्यको बैंकको चुक्ता पूँजी सबैभन्दा बढी ५१ प्रतिशत र दोस्रो ठूलो नबिल बैंकको ३७.२१ प्रतिशतले बढेको छ । आरबिबिले एनआईडिसी डेभलपमेन्ट बैंक प्रापती तथा गत आवको नाफाबाट ३० प्रतिशत बोनस वितरण गरको हो भने नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ती तथा ३३.६० प्रतिशत बोनस वितरण गरेको थियो । सोही कारण यी दुई बैंकको चुक्ता पूँजी अधिक बढेको हो ।

सिटिजन्स, हिमालयन, र कृषि विकास बैंकले २० प्रतिशतले पूँजी बढाउँदा थप १३ बैंकको चुक्ता पूँजी दश देखि बीस प्रतिशतसम्म बढेको छ । यस अवधिमा एनसीसी बैंक, लक्ष्मी, सनराइज, कुमारी, एभरेष्ट, सेञ्चुरी कमर्सियल, सिभिल, नेपाल एसबिआई बैंकको चुक्ता पूँजी सिंगल डिजिट प्रतिशतमा बढेको छ । राष्ट्र बैंकले प्रस्तावित लाभांश वितरणमा रोक लगाएपछि एनआईसी एशिया बैंकको चुक्ता पूँजी स्थीर रहेको छ ।

 

S.N.  Symbol Paid Up 2078 Chaitra End Paid Up 2077 Chaitra end Change %
1 कृषि विकास 19707170.16 16422641.80 20.00
2 सिभिल 9075844.00 8643661.00 5.00
3 सिटिजन्स 14200974.01 11662040.91 21.77
4 एभरेष्ट 9467340.00 8933717.00 5.97
5 ग्लोबल आईएमई 23795753.00 21632503.00 10.00
6 हिमालयन 12968725.73 10684400.83 21.38
7 कुमारी 14711183.32 13878474.84 6.00
8 लक्ष्मी 11551345.00 10695690.00 8.00
9 माछापुच्छ्रे 10257155.58 9053094.58 13.30
10 मेगा 16120461.45 14654964.96 10.00
11 नबिल 18496187.00 13480159.00 37.21
12 नेपाल बंगलादेश 10085399.73 9004821.20 12.00
13 नेपाल  14405904.83 12636758.62 14.00
14 एनसीसी 11139678.01 10314516.68 8.00
15 नेपाल इन्भेष्टमेन्ट 18307541.00 16257330.00 12.61
16 एनआईसी एशिया 11564005.36 11564005.37 0.00
17 एनएमबि 18366706.00 16325961.00 12.50
18 प्राइम कमर्सियल 18656322.80 16083036.93 16.00
19 सानिमा 11327377.32 9681519.08 17.00
20 नेपाल एसबिआई 9825853.11 9493577.89 3.50
21 सिद्धार्थ 12524426.83 10962299.20 14.25
22 स्ट्याण्डर्ड चार्टर्ड 9429454.00 8572231.00 10.00
23 सनराइज 10118892.80 9487944.50 6.65
24 सेञ्चुरी कमर्सियल 9553909.00 9034430.00 5.75
25 प्रभु 12708704.00 11347057.00 12.00
26 बैंक अफ काठमाण्डू 10623994.07 9658176.43 10.00
27 राष्ट्रिय वाणिज्य  13940359.10 9184891.61 51.77
Total   362930667.21 319349904.43 13.65

 

जगेडा कोषमा २ खर्ब ३२ अर्ब सञ्चित, एनआईसी एशिया बैंकको सर्वाधिक बढ्यो

चालु आवको चैत मसान्तसम्म २७ वाणिज्य बैंकको जगेडा कोषमा कुल २ खर्ब ३२ अर्ब ७८ करोड ५० लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।

विसं २०७७ चैतमा २ खर्ब २१ अर्ब ३८ करोड ९ लाख रहेकोमा समीक्षा अवधिमा ५.१५ प्रतिशतले बैंकहरुको जगेडा कोषको आकार बढेको हो । जगेडा कोषमा सञ्चित रकमका आधारमा नेपाल बैंकको जगेडा कोषमा २० अर्ब २५ करोड सञ्चिच रहँदा नेपाल बैंकमा १७ अर्ब ९२ करोड र नबिल बैंकको जगेडा कोषममा १६ अर्ब ६९ करोड रुपैयाँ सञ्चित रहेको छ ।

गत आवको नाफाबाट लाभांश वितरण गर्न नपाएपछि यस अवधिमा एनआईसी एशिया बैंकको जगेडा कोष सर्वाधिक बढेको छ । बैंकको जगेडा कोष ४६.९० प्रतिशतले बढेर १२ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ पुगेको हो । लक्ष्मी बैंकको जगेडा कोष सबैभन्दा धेरै घटेको छ । बैंकको जगेडा कोष १३ प्रतिशतले घटेर ४ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

चैतसम्म नेपाल बैंक, नबिल बैंक, बैंक अफ काठमाण्डू, एभरेष्ट, र कृषि विकास बैंकको जगेडा कोष घटेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्राइम कमर्सियल, सानिमा, नेपाल इन्भेष्टमेन्ट, एनएमबि, हिमालयन, प्रभु, सिटिजन्स, नेपाल बंगलादेश,सिद्धार्थ र राष्ट्रिय वाणिज्यको जगेडा कोष सिंगल डिजिटको प्रतिशतमा बढोत्तरी भएको छ ।

Commercial Banks Reserve in Thousand
S.N.  Symbol Reserve 2078 Chaitra End Reserve 2077 Chaitra End Change %
1 नेपाल  20254585.70 21510871.55 -5.84
2 राष्ट्रिय वाणिज्य  17929445.43 17830750.58 0.55
3 नबिल 16699316.00 17526830.00 -4.72
4 नेपाल इन्भेष्टमेन्ट 14823602.00 14097950.00 5.15
5 कृषि विकास 13999086.41 14142930.21 -1.02
6 एनआईसी एशिया 12733475.00 8667872.39 46.90
7 एभरेष्ट 11864196.00 12070748.00 -1.71
8 ग्लोबल आईएमई 11766562.00 10582431.00 11.19
9 सिद्धार्थ 9047509.21 8977222.71 0.78
10 स्ट्याण्डर्ड चार्टर्ड 8096572.00 7453631.00 8.63
11 हिमालयन 8035416.73 7672639.75 4.73
12 प्राइम कमर्सियल 7950639.52 7378199.67 7.76
13 एनएमबि 7752345.00 7399181.00 4.77
14 नेपाल एसबिआई 6905003.78 5821571.13 18.61
15 प्रभु 6279281.00 5998131.00 4.69
16 बैंक अफ काठमाण्डू 6107039.07 6321264.62 -3.39
17 नेपाल बंगलादेश 6077162.89 5894783.74 3.09
18 मेगा 5916558.82 5254789.32 12.59
19 सनराइज 5777624.17 4968607.21 16.28
20 सिटिजन्स 5702185.44 5466060.37 4.32
21 कुमारी 5538778.60 4925060.28 12.46
22 सानिमा 5024073.13 4715380.20 6.55
23 लक्ष्मी 4839254.00 5564210.00 -13.03
24 एनसीसी 4790950.72 3947749.52 21.36
25 माछापुच्छ्रे 4069010.26 3561809.55 14.24
26 सिभिल 2497242.00 2021057.00 23.56
27 सेञ्चुरी कमर्सियल 2308155.00 1609219.00 43.43
Total   232785069.88 221380950.80 5.15

यस अवधिमा नेपाल एसबिआई,सनराइज,माछापुच्छ्रे, मेगा, कुमारी र ग्लोबल आईएमई बैंकको जगेडा कोष दशदेखि २० प्रतिशतको बीचमा बढेको छ । समीक्षा अवधिमा सेञ्चुरी कमर्सियल बैंकको जगेडा कोष ४३.४३ प्रतिशत, सिभिल बैंक २३.५६, र एनसीसी बैंकको २१.३६ प्रतिशतले बढेको छ ।

जगेडा कोषममा रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट चौथो, कृषि विकास पाँचौं, एनआईसी एशिया छैटौं, एभरेष्ट बैंक सातौं, ग्लोबल आईएमई बैंक आठौं ठूलो छ । यी बैंकको जगेडा कोषमा १० अर्बभन्दा बढी १५ अर्बभन्दा कम रकम सञ्चित छ । समीक्षा अवधिमा लक्ष्मी बैंक, एनसीसीबैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंक जगेडा कोषमा सञ्चित रकमका आधारमा कमजोर देखिएका छन् । यी बैंकमा ५ अर्बभन्दा कम जगेडा कोष रहेको छ । सबैभन्दा कम जगेडा कोष रहेको सेञ्चुरीमा २ अर्ब ३० करोड ८१ लाख रुपैयाँ सञ्चित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।