जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन एक खर्ब माथि, गुराँस लाइफ र एलआईसीको घट्यो

0
Shares

मुलुकमा सञ्चालनमा रहेका १९ ओटा जीवन बीमा कम्पनीहरुले चैत मसान्तसम्ममा १ खर्ब २ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी यस अवधिसम्म सबैभन्दा धेरे बीमाशुल्क संकलन गर्ने कम्पनी बनेको छ । सो कम्पनीले २६ अर्ब ३७ करोड ३५ लाख ७८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यसैगरी दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्ब ४५ करोड ६३ लाख ८० हजार रुपैयाँ र तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १० अर्ब १३ करोड ४४ लाख ७५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ९८ करोड ४१ लाख ५३ हजार, नयाँ बीमा कम्पनीको रुपमा स्थापित युनियन लाइफ इन्स्योरेन्सले पाँचौं स्थान ओगटेको छ । कम्पनीले ६ अर्ब १५ करोड ४६ लाख ९३ हजार कुल बीमाशुल्क संनलन गरेको छ । एशियन लाइफ इन्सयोरेन्सले पनि चालु आवको ९ महिना अवधिमा ५ अर्ब १३ करोड ३० लाख ८७ हजार रुपैयाँ बीमशुलक संकलन गरेको छ ।

यसैगरी मेट लाइफ इन्स्योरेन्सले ४ अर्ब ३ करोड ४० लाख ८४ हजार, सिटिजन्स लाइफ इन्स्योरेन्स ३ अर्ब ९० करोड ५२ लाख ३८ हजार, प्राइम लाइफ ३ अर्ब ८९ करोड ४४ लाख २० हजार, सूर्या लाइफ ३ अर्ब ६३ करोड ६९ लाख ७८ हजार र सन नेपाल लाइफले ३ अर्ब ३ करोड ८३ लाख ०९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

थप पाँच जीवन बीमा कम्पनीले २ अर्बभन्दा धेरै ३ अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । जसमा रिलायबल नेपाल लाइफले २ अर्ब ९९ करोड ६० हजार, ज्योति लाइफ २ अर्ब ६३ करोड ११ लाख २० हजार, आइएमई लाइफको २ अर्ब ३८ करोड ८६ लाख ६४ हजार, गुराँस लाइफ २ अर्ब ३३ करोड ३३ लाख २७ हजार र रिलायन्स लाइफ इन्स्योरेन्सले २ अर्ब ४ करोड ८३ लाख ९४ हजार रुपैयाँ कुल बीमशुल्क संकलन गरेको छ ।

यस अवधिमा सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफले २ अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । १९ ओटा कम्पनीमध्ये सबैभन्दा पछाडि महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले चैतसम्म १ अर्ब ८ करोड १४ लाख १८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । चैत मसान्तसम्मममा प्रभु लाइफको कुल बीमाशुल्क संकलन १ अर्ब ४७ करोड ९२ लाख १३ हजार रुपैयाँ रहेको छ । सानिमा लाइफले यस अवधिमा १ अर्ब ७३ करोड २३ लाख १६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

व्यवसाय वृद्धिमा नयाँ कम्पनी अगाडि, गुराँस लाइफ र एलआईसीको घट्यो

वर्षौ अगाडिदेखि व्यवसाय गरिरहेका जीवन बीमा कम्पनीहरुको तुलनामा नयाँ जीवन बीमा कम्पनीहरुको व्यवसायको वृद्धिदर धेरै रहेको छ । एक वर्षको अवधिमा १७ जीवन बीमा कम्पनीको बीमाशुलक संकलन बढ्दा गुराँस लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी) को भने घटेको हो ।

विसं २०७७ चैतको तुलनामा २०७८ चैतको बीमाशुल्क संकलनको वृद्धिदर हेर्ने हो भने पुराना बीमा कम्पनीहरुको भन्दा नयाँ कम्पनीहरुको वृदिदर उच्च रहेको छ । बीमाशुलक उच्च बढ्ने शीर्ष ६ कम्पनीभित्र सबैै नयाँ कम्पनी रहेका छन् ।

भर्खरै खुलेका कम्पनी भएका कारण पनि नयाँ जोश र युवा जनशक्तिकाकारण पनि यो सम्भव भएको हो । अर्कोतर्फ पुराना जीवन बीमा कम्पनीहरुको अघिल्लो वर्ष पनि उच्च रकममका संकलन हुने भएकाले पनि रकमका आधारमा पनि गत आवको तुलनामा उच्च प्रतिशतमा व्यवसाय वृद्धि गर्न निकै कठिन हुने गर्दछ ।

चैत मसान्तसम्म संकलिन कुल बीमाकुल्का आधारमा सन नेपाल लाइपले सबैभन्दा धेरै ८०.८५ प्रतिशतले बीमाशुल्क संकलन बढाएको छ । यस्तै महालक्ष्मी लाइफले दोस्रो ठूलो वृद्धि (५९.०३ प्रतिशत) गरेको छ । सिटिजन्स लाइफ ५३.७५ प्रतिशत, प्रभु लाइफ ३०.९०, रिलायबल नेपाल लाइफ २८.८८ र अआइएमई लाइफले २६.३८ प्रतिशतले बीमाशुलक संकलन बढाएको हो ।

यसैगरी अघिल्लो आवको ९ महिनाको तुलनामा चालु आवको यसै अवधिमा प्राइम लाइफले बीमाशुल्क संकलन २५.६३ प्रतिशतले बढाएको छ । थप ६ जीवन बीमा कम्पनीहरुले दशदेदि २० प्रतिशतको बीचमा बीमासंकलन वृद्धि गरेका छन् । यस अवधिमा युनियन लाइफ १९.२८, सानिमा लाइफ १७.०५ प्रतिशत, नेशनल लाइफ १५.८२ प्रतिशत, ज्योति लाइफ १५.४० प्रतिशत, सूर्या लाइफ ११.२२ र एशियन लाइफ १०.६३ प्रतिशतले बीमाशुल्क बढाएको छ ।

विसं २०७७ चैतको तुलनामा रिलायन्स लाइफले ७.२५ प्रतिशत, नेपाल लाइफ ३.९१, राष्ट्रिय बीमा संस्थान १.०७ र सबैभन्दा कम मेट लाइफको ०.१० प्रतिशतले बीमाशुल्क संकलन बढेको छ । 

समीक्षा अवधिमा गुराँस लाइफ र एलआईसी भने कुल बीमशुल्क संकलन घटेको छ । गुराँस लाइफको सर्वाधिक २३.५० प्रतिशत र एलआईसीको ८.८१ प्रतिशतले बीमाशुलक संकलन घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।