‘इजी मनि मेकिङ्ग’ नीति बन्द हुँदा विश्व अर्थतन्त्रको ४१० बिलियन डलर गुम्दै

0
Shares

कोभिडको समयमा अर्थतन्त्र धरासायी हुन नदिन सहज पूँजीको व्यवस्था गरिएको थियो । बैंकिङ प्रणालीमा तरलता अभाव नहोस् भनी अमेरिका लगायतका देशहरुले कोभिडको समयमा क्वान्टिटेटिभ इजिङ मार्फत भारी मात्रामा तरलता प्रवाह गरेका थिए ।

जसकारण बजारमा सहज पूँजी निर्माण हुँदै गयो र मानिसहरुले बैंकहरुबाट ऋण लिँदै अनुउत्पादक क्षेत्रमा लगानी बढाउन थाले । कोभिडको समयमा भएको आपूर्ति श्रृङखला अवरोध र अनुउत्पादक क्षेत्रमा बढ्दै गएको लगानीका कारण मुद्रास्फीति केही दशक यताकै उच्च हुन पुग्यो ।

मुद्रास्फीति दर उच्च हुँदै गएपछि संसार भरका राष्ट्रहरुले यसलाई नियन्त्रणमा ल्याउन औसत ब्याजदर बढाई रहेका छन् । ब्याजदर बढाउँदै जानाले विश्वका विभिन्न केन्द्रिय बैंकहरुको वासलात खुम्चिँदै गएको छ । मुद्रास्फीति नियन्त्रण गर्नको लागि केन्द्रीय बैंकहरुले ऋणपत्र बेच्ने जस्तो काम गरिरहेका छन् । केन्द्रीय बैंकको यो कदमले मुद्रास्फीति नियन्त्रण गर्नुको सट्टामा विश्व वित्तीय बजार र अर्थतन्त्रमा थप समस्या उत्पन्न गर्न सक्ने अनुमान विज्ञहरुले गरेका छन् ।

ब्लुमबर्ग इकोनोमिकसको अनुमान अनुसार सम्पन्न राष्ट्रहरु मानिएका जी७ अन्तर्गतका राष्ट्रहरुको वासलात सन् २०२२ को अन्त्यसम्ममा ४१० बिलियन डलरले खुम्चिने भएको छ । कोभिड सुरु भ्रएको समयदेखि अहिले सम्मको समयमा करिव ८ ट्रिलियन डलर भन्दा धेरैले वासलात खुम्चिएको ब्लुमवर्गले जनाएको छ ।

जी ७ अन्तर्गतका देशहरुको केन्द्रीय बैंकले गरेको सम्पत्ति खरिद

कोभिडको समयमा जी७ अन्तर्गतका देशका केन्द्रीय बैंकहरुले कोभिड–१९ले अर्थतन्त्रमा निम्त्याउन सक्ने असर न्युनिकरण गर्न र बैंकमा तरलता अभाव हुन नदिन बैंकिङ प्रणालीमा तरलता प्रवाह गरी मौद्रिक सहायता अघि बढाए । मौद्रिक सहायताले सम्पत्तिको मूल्य स्थीरिकरण गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन सहयोग गर्यो । तर केन्द्रीय बैंकहरुको वासलात खुम्चिँदै गयो ।

समयक्रम अनुसार कोभिड संक्रमण कम हुँदै जाँदा केन्द्रीय बैंकहरुले प्रवाह गरेको तरलता बजारबाट ऋणपत्र तथा ट्रेजरी बन्डको नाममा उठाउन थाले । तर त्यसले ४० वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्न सक्षम भएन । जसकारण केन्द्रीय बैंकहरुले औसत ब्याज दर बढाउने निर्णय गरे । कोभिडका कारण संकटमा परेको अर्थतन्त्र राम्रोसँग रिकभर हुन नपाउँदै रुस र युक्रेनबीचको युद्ध र चीनमा आएको कोभिडको अहिले सम्मकै ठूलो लहरका कारण विश्व अर्थतन्त्र पुनः समस्यामा परेको छ । एकतर्फ वासलात खुम्चिँदै जानु र अर्कोतर्फ युद्धका बावजुद पनि केन्द्रीय बैंकहरुले औसत ब्याज दर वृद्धि गर्दै जानाले विश्व अर्थतन्त्र गम्भीर समस्यामा पर्ने आँकलन गरिएको छ ।

यस अघिका आर्थिक मन्दीमा अमेरिकाको मात्रै वासलात खुम्चिएको थियो । तर अहिलेको अवस्थामा सबैजसो देशहरुको वासलात खुम्चिएको छ । यसैकारण विश्व अर्थतन्त्र समस्यामा पर्न जाने अनुमान विज्ञहरुले गरेका छन् ।

मुख्य धक्का

केन्द्रीय बैंकहरुले मुद्रास्फीति नियन्त्रणको लागि क्वान्टीटेटिभ टाइटेनिङ नीति अवलम्बन गरिरहेका छन् । यो नीतिको अर्थ बैंकिङ प्रणालीमा भएको तरलता केन्द्रीय बैंकले खिच्ने भन्ने हुन्छ । जसरी क्वान्टीटेटिभ इजिङमा केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता प्रवाह गर्छ, उसैगरी क्वान्टीटेटिभ टाइटेनिङमा केन्द्रीय बैंकले बैंकहरुबाट तरलता लिने गर्छ । क्वान्टीटेटिभ टाइटेनिङ नीतिले ऋण लिने दर उच्च बनाउनुका साथै तरलता अभाव बढाउने विज्ञको भनाइ रहेको छ ।

बन्ड इल्ड बढ्दै जानु, सेयर मूल्य घट्नु र डलर बलियो हुँदै जानुले संकुचित वित्तीय अवस्थाको चित्रण गरेका छन् । फेडरल रिजर्भले औसत ब्याजदर बढाउँदै लैजाँदा वित्तीय अवस्था अझै संकुचित बन्दै गएको छ ।

न्याटिसिक्स एसएको एसिया प्यासिफिक क्षेत्रकी प्रमुख एलिसिया र्गासियाले यो अवस्था नै संसारको लागि प्रमुख वित्तिय धक्का भएको बताएकी छिन् । क्वान्टीटेटिभ टाइटेनिङको असर डलरको तरलतामा आएको कमी र डलरको मूल्यमा आएको उतारचढावले प्रस्टाएको बताएकी छिन् ।

कमजोर दृष्टिकोण

फेडरल रिजर्भले मे ३–४ मा बसेको निितगत बैठकपछि औसत ब्याज दर ०.५ प्रतिशतले बढाउने आंकलन गरिएको छ । यो वर्षको अन्त्य सम्ममा औसत ब्याज दर बढेर २.५ प्रतिशत पुग्ने आकलन व्यापारीहरुले गरेका छन् । औसत ब्याज बढ्दै गर्दा फेडको वासलात ९५ बिलियन प्रति महिनाका दरले साघुरो बन्दै जाने अपेक्षा फेडका कर्मचारीहरुले गरेका छन् ।

अमेरिकी केन्द्रीय बैंकले सरकारी ऋणपत्र र मोर्टगेज–समर्थित धितोहरू परिपक्क भएपछि वासलात घटाउनुको सट्टा सक्रिय रूपमा खरिद गरिएका सम्पत्तिहरू बेचेर वासलात घटाउने भएको छ । यसरी नीति निर्माताहरूले मानिसहरुलाई मोर्टगेज बन्ड बेचेर ट्रेजरीमा फर्कने विकल्प खुल्ला छोडेका छन् ।

सन् २०१३ मा, फेडको वासलात घटाउने प्रक्रिया “टेपर ट्यान्टम«”को नामले परिचित छ । यस पटक, नीति राम्रोसँग टेलीग्राफ गरिएको र पहिलेको जस्तो आर्थिक मन्दी आउन नदिने काम गरेको नीतिनिर्माण कर्ताहरुले बताएका छन् ।

इतिहासमा पहिलो पटक

फेडरल रिजर्भले लगानीकर्ताहरुसँग प्रस्ताव गरेको दीर्घकालीन टे«जरी बन्डका चुनौतीहरु कम गर्नको लागि अब लगानीकर्ताहरुले टर्म प्रिमियमको माग गर्न सक्ने छन् । सन् २०२०को आर्थिक मन्दीमा क्वान्टीटेटिभ इजिङले टर्म प्रिमियम कम गरी बन्ड यल्ड कम गर्न मदत गरेको तर क्वान्टीटेटिभ टाइटेनिङको परिणाम इजिङको विपरित हुने लगानीकर्ताहरुको मस्तिष्कमा रहेको फेडरल रिजर्भका कर्मचारीले बताएका छन् ।

वित्तीय अवस्था

फेडरल रिजर्भको वासलातको कटौती सन् २०१७को भन्दा तीव्र गतिमा अगाडि बढेको छ । यो पटकको वासलातको परिमाणको कटौती र जुन गतिमा यो अघि बढेको छ त्यो इतिहासमा नै पहिलो पटक रहेको गावेकल रिसर्च लिमिटेडका फन्ड म्यानेजर डिडियर डारसेटले बताएका छन् । फेडरल रिजर्भकै गतिमा युरोपियन युनियन, बेलायत र क्यान्डा पनि अगाडि बढेका छन् ।

युरोपियन केन्द्रीय बैंकले पनि यो वर्षको तेस्रो त्रैमाससम्ममा क्वान्टीटेटिभ इजिङ समाप्त गर्ने तयारी अघि सारेको छ । बेलायतको केन्द्रीय बैंकले वासलातको कटौती सुरु गरिसकेको छ । यसका साथै बेलायतले औसत ब्याज दर बढाएर थ्रेसहोल्ड दर कायम गर्ने भएको छ । यसैगरी बैंक अफ क्यान्डाले पनि भारी मात्रामा वासलात कटौती गर्ने प्रक्रिया अघि सारेको छ । यसैगरी क्यानडाले सार्वजनिक ऋण घटाएर आगामी दुई वर्षमा ४० प्रतिशत पुराउने लक्ष्य राखेको छ।

क्वान्टीटेटिभ टाइटेनिङ

फेडरल रिजर्भ लगायतका अरु केन्द्रीय बैंकहरुले वासलात कटौती गर्न सुरु गरेका छन् । अरु देशहरुले क्वान्टीटेटिभ टाइटेनिङ प्रक्रिया अघि बढाएता पनि जापानले भने यो सूचीमा परेको छैन । जापानी केन्द्रीय बैंकले केही साता यता बन्ड यल्ड नियन्त्रणमा राख्ने प्रयास गरेको छ । जापानी येन २० वर्ष यताकै कमजोर हुन पुगेको छ । यसैगरी चीनले कोभिडको समयमा क्वान्टीटेटिभ इजिङ नीति अवलम्बन गरेको थिएन । त्यसको सट्टामा आवश्यक क्षेत्रलाई लक्षित गरी स्टीमुलस रिलिज गरेको थियो ।

यतिन्जेल प्रशस्त तरलता प्रदान गर्दै आइरहेको केन्द्रीय बैंकले तरलता खिच्न लागेपछि लगानीकर्ताहरुमा तरलता अभाव भएर सन् २००८को जस्तो अवस्था हुन्छ कि भन्ने चिन्ता बढेको छ । यसैगरी सहज पूँजी निर्माण हुँदा मौलाएको हाउजिङ र क्रिप्टो करेन्सी तरलता संकुचित हुँदै गएपछि घट्ने आकलन गरिएको छ ।
तरलता आवश्यक पर्ने

सिटिग्रुपका रणनीतिज्ञ म्याट किङले तरलता प्रवाह आवश्यक रहेको बताएका छन् । तरलता प्रवाह भइरहँदा सेयर बजार राम्रोसँग वृद्धि हुन्छ तर १ ट्रिलियन बराबरको क्वान्टीटेटिभ टाइटेनिङले सेयर बजारमा १० प्रतिशत भन्दा धेरैले गिरावट आउने बताएका छन् ।

एजेन्सीको सहयोगमा

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।