धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण निवारण नियामक निकायको भूमिका र चुनौति


१. विषय प्रवेश : धितोपत्र बजार हस्तान्तरणयोग्य वित्तीय उपकरणकोकारोबार गरिने बजार हो । यो बजार वित्तीय बजारकोएउटा महत्वपूर्ण अंश हो, जहाँबाट प्रत्यक्ष रुपमा वित्तकोव्यवस्था गरिन्छ । यस बजारमा मध्यस्थकर्ताको माध्यमबाटमाग पक्षले धितोपत्र निष्कासन गरी बचतकर्तासँगरहेको वित्तलाई प्राप्त गर्दै उक्त लगानीयोग्य पूँजीलाईवास्तविक सम्पत्तिमा परिचालन गरी वस्तु तथा सेवाउत्पादन गरिन्छ । यस बजारलाई निष्कासन बजार रकारोबार बजार गरी दुई भागमा विभाजन गरिन्छ ।

निष्कासन बजार प्राथमिक बजार र कारोबार बजारदोस्रो बजार हो ।अर्थतन्त्रमा धितोपत्र बजारको भूमिका सकारात्मकरहेको हुन्छ । यस बजारको सहयोगबाट वस्तु तथा सेवाउत्पादन भई कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्न मद्दतगर्दछ । साथै रोजगारी, आय एवं राजस्व प्राप्त गर्नसहयोग गर्दछ । पछिल्लो समय धितोपत्रको प्राथमिकबजारमा आस्वा प्रणाली लागू भएपश्चात् यो बजारदेशभर फैलिएको छ भने कोभिडको महामारी सुरूभएसँग धितोपत्रको दोस्रो बजारको कारोबारको पूर्ण रुपमा अनलाइन भएको र तत्पश्चात् बजारको आकारतथा गहिराइमा व्यापक वृद्धि भएसँगै धितोपत्र बजारमाहुने सम्पत्ति शुद्धीकरणको सम्भावनालाई समेत बढाएकोछ । गैरकानुनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दैबैध बनाउने प्रक्रियालाई ‘सम्पत्ति शुद्धीकरण’ भनिन्छ ।यो वित्तीय कारोबारको त्यस्तो पाटो हो, जसमा सम्पत्ति शुद्धीकरणकर्ताले गैरकानुनी रुपमा प्राप्त गरेको आयलाईविभिन्न जटिल तथा बहुचक्रीय प्रक्रियामार्पmत वैध सम्पत्तिमा रुपान्तरण गरी सम्भाव्य कारबाहीबाट बच्ने प्रयास गर्दछ । अर्को शब्दमा भन्नुपर्दा सम्पत्ति शुद्धीकरणवित्तीय कारोबारको त्यस्तो पक्ष हो जसमा गैरकानुनीरुपमा कमाएको सम्पत्तिको वास्तविक उत्पत्ति रस्रोत लुकाउने, प्रकृति बदल्ने एवम् विभिन्न संयन्त्रकोमाध्यमबाट नयाँ कानुनी स्रोत सिर्जना गरी त्यस्तोसम्पत्तिलाई शुद्ध बनाई सोको मालिक बन्ने प्रयासगरिन्छ ।

त्यसैगरी, ‘आतङ्कवादी क्रियाकलापमा वित्तीयलगानी’ भन्नाले व्यक्तिगत वा साङ्गठनिक रुपमा हुनेआतङ्कवादी क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमाआर्थिक सहयोग गर्ने कार्यलाई जनाउँछ ।सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमावित्तीय लगानी सीमारहित फौजदारी किसिमको अपराधहो । यस किसिमका आपराधिक क्रियाकलाप निश्चितक्षेत्र, वर्ग वा देशमा मात्र सीमित नरहने भएकाले यसलेराज्यको कानुनी, वित्तीय र सुरक्षा प्रणालीलाई कमजोरबनाई विश्व अर्थतन्त्रमै गम्भीर असर पु¥याउँछ । गैरकानुनी रुपमा कमाएको सम्पत्तिलाई वैध सम्पत्तिमा रुपान्तरण गर्ने कार्य मूलतः देहायका तीन वटा चरणमाहुने गरको देखिन्छ ।

(क) रकम राख्ने

यो चरणमा सम्पत्ति शुद्धीकरणकर्ताले आपराधिककार्यबाट प्राप्त गरेको कालो धनलाई सेतो धनमापरिणत गर्न कालोधन्दामालागेका व्यापारीले बैंकतथा वित्तीय संस्थामा जम्मा गर्नेलगायत अन्य कानुनीमान्यताप्राप्त संघसंस्था, स्कूल, विश्वविद्यालय, होटेल,इन्स्योरेन्स, क्यासिनो, रिसोर्ट, यातायात, सञ्चार, विद्युतआयोजनालगायतका क्षेत्र तथा धितोपत्रका उपकरणमालगानी गर्दछन् । जसबाट कालो धनले सम्पत्ति शुद्धीकरणकालागि पहिलो चरण पार गर्दछ । यस चरणमा विभिन्नकाजगी वा जाली कम्पनीहरुको निर्माणसमेत गरिन्छ ।

(ख) रकमको तहकीकरण गर्ने

यो चरणमा माथि उल्लेख भएबमोजिमको गैरकानुनीरकमलाई विभिन्न क्षेत्रमा बहुचक्रीय वित्तीय कारोबारगरेर सो रकम आर्जनको मूल स्रोतलाई लुकाउने कार्यहुन्छ अर्थात् यस चरणमा उक्त सम्पत्तिको वास्तविकस्रोतसँगको दूरी बढाइन्छ । यस चरणमा सम्पत्तिशुद्धीकरणकर्ताले धितोपत्र बजारको उपकरणलाई पनिउपयोग गर्न सक्छन् ।

(ग) सम्पत्ति एकीकृत र मूल प्रवाहीकरण गर्ने 

यो चरणमा सम्पत्ति शुद्धीकरणकर्ताले विभिन्न क्षेत्रमाछरेर राखेको वा लगानी गरेको रकमलाई वैध बनाईएकीकृत गर्ने कार्य गर्दछ र सम्पत्ति शुद्धीकरणको कार्यपूरा हुन्छ । सम्पत्ति शुद्धीकरण गर्नु कानुनी रुपमा अपराधहो । यसले कुनै पनि राज्यको आर्थिक व्यवस्था मात्रनभई राज्यका हरेक क्षेत्र जस्तै; सामाजिक, राजनीतिक,कानुनीलगायतका क्षेत्रमा प्रतिकूल प्रभाव पार्दछ ।यसर्थ, स्वाभाविक रुपमा वित्तीय प्रणालीको महत्वपूर्णक्षेत्रको रुपमा रहेको धितोपत्र बजार पनि यससम्बन्धीअपराधवाट प्रभावित हुने जोखिम रहन्छ ।

सम्पत्तिशुद्धीकरण निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण(मनी लाउन्डरीङ) निवारण नियमावली, २०७३ ले नेपालधितोपत्र बोर्डलगायतका सम्वन्धित क्षेत्रका नियामकनिकायलाई यस सम्बन्धमा स्पष्ट अधिकार सहितकोजिम्मेवारी प्रदान गरेको हुँदा धितोपत्र बजारमा हुनेसम्पत्ति शुद्धीकरण निवारणमा धितोपत्र बोर्डको महत्वपूर्णभूमिका रहेको छ ।

२. सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विद्यमान

नीतिगत र कानुनी व्यवस्थाधितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियामकनिकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डले सम्पत्तिशुद्धीकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमावित्तीय लगानी नियन्त्रणसम्बन्धी देहायबमोजिमका ऐन,नियम तथा निर्देशनमा भएको व्यवस्थाको अधीनमा रहेरआवश्यक कार्यसम्पादन गरिरहेको छ ।

(क) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन,२०६४
(ख) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणनियमावली, २०७३
(ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमावित्तीय लगानी निवारण निर्देशन, २०७६

(क) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरीङ) निवारण ऐन, २०६४ ः

  • सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणऐन, २०६४ बमोजिम नेपाल धितोपत्र बोर्डको कार्यक्षेत्रको रुपमा देहायबमोजिमका काम, कर्तव्य र अधिकारहरु समेटिएका छन् ।
  •  सम्पत्ति शुद्धीकरण निवारण ऐन वा उक्त ऐनअन्तर्गतबनेको नियम वा जारी गरिएको निर्देशिका वा दिइएको निर्देशनको पालना गर्ने वा गराउने,
  • सम्पत्ति शुद्धीकरण निवारण ऐन वा उक्त ऐनअन्तर्गतबनेको नियम वा जारी गरिएको निर्देशिका वा दिइएको निर्देशन वा आदेशको व्यवस्था पालना भए नभएको सम्बन्धमा नियमनका लागि सूचक संस्थाको रुपमा बोर्डबाट अनुमतिपत्रप्राप्त व्यवसायीलाई तोकिएको र त्यस्तो सूचक संस्थाको आवश्यकताअनुसारस्थलगत निरीक्षण तथा गैरस्थलगत सुपरिवेक्षण वा अनुगमन गर्ने,
  • सूचक संस्थाले गर्ने कुनै व्यवसाय वा पेसा दर्ता गर्दावा व्यवसायको लागि अनुमतिपत्र वा इजाजतपत्र दिँदा पेसा वा व्यवसाय सञ्चालन गर्ने व्यक्तिले ऐनबमोजिमको काम कारबाही तथा दायित्व पूरा गर्नुपर्ने सर्त तोक्ने,

(ख) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३ ः सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरीङ) निवारण नियमावली, २०७३ मा ऐनले निदिष्टगरेकोउद्देश्यलाई थप सरलीकृत गरेको छ । नियमावलीलेबार्डको कार्यक्षेत्रलाई देहायबमोजिम समावेश गरेको छ ।

  • ऐनबमोजिम नियमनकारी निकायको काम, कर्तव्यर अधिकार तोकिएको,
  • सूचक संस्था, ग्राहकको पहिचान तथाकारोबारसम्बन्धी व्यवस्था गरिएको,
  • निमनकारी निकायबीच सहयोग आदानप्रदानकोव्यवस्था गरिएको,
  • उजुरी, जाँचबुझ, अनुसन्धान तथा कारबाहीसम्बन्धमा स्पष्ट व्यवस्था गरिएको,

(ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन, २०७६ ः धितोपत्र तथावस्तु बजारसम्बन्धी व्यवसाय तथा काम कारबाही रकारोबारलाई पारदर्शी बनाई लगानीकर्ताको हित संरक्षणगर्न तथा उक्त व्यवसायमा संलग्न सबैलाई जिम्मेवारबनाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमावित्तीय लगानीलाई दुत्साहन तथा नियन्त्रण गर्न सम्पत्तिशुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७प(२) तथाधितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८७(१) बमोजिमजारी गरिएको ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्गवादीक्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन,२०७६’ मा भएका व्यवस्था देहायबमोजिम छन् ।

  •  सूचक संस्थाले आफ्नो कारोबार र व्यवसाय सञ्चालन गर्दा कानुनको पालना र उच्च नैतिक मापदण्डको पालना र अनुसरण गर्नुपर्ने,
  • सूचक स्थाल सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धीप्रचलित कानुनको कार्यन्वयन र त्यससम्बन्धी कसरका अनसन्धान तथा तहकिकातमा कानुनकार्यन्वयन गर्ने निकायलाइ आवश्यक सहयोग गर्नुपर्ने
  • सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादीक्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धीप्रचलित कानुनमा भएको व्यवस्था जोखिममूल्याङ्कनमा आधारित आन्तरिक नीति तथा कार्यविधिबनाई लागू गर्नुपर्ने,
  • सूचक संस्थाले आफ्ना ग्राहकको सही रुपमापहिचान तथा सोको सम्पुष्टि गर्नुपर्ने,
  • सूचक संस्थाले उच्च पदस्थ व्यक्तिको विशेषपहिचान वा यकिन गर्दा थप उपायसमेत अवलम्बनगर्नुपर्ने ।
  • सूचक संस्थाले वास्तविक धनी पहिचान गर्नेसंयन्त्रबमोजिमको व्यवस्था मिलाउनुपर्ने,
  • सूचक संस्थाले वास्तविक धनी वा निजको परिवारतथा सम्बद्ध व्यक्तिको सूचीको अभिलेख व्यावसायिकसम्बन्ध वा कारोबार समाप्त भएको मितिले पाँचबर्षसम्म राख्नुपर्ने,
  • सूचक संस्थाले जोखिमको पहिचान, मूल्याङ्कन तथाव्यवस्थापन गर्दा राष्ट्रिय तथा क्षेत्रगत जोखिममूल्याङ्कनसम्बन्धी प्रतिवेदन, सम्पत्ति शुद्धीकरण तथाआतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धमाकुनै प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनतथा अनुसन्धानको प्रतिवेदन, व्यावसायिक सम्बन्ध,सीमा र प्रकृति, ग्राहकसम्बन्धी जोखिम हुनसक्नेतत्वहरु र जोखिम सापेक्ष अन्य विषयलाई समेतआधार लिनुपर्ने,
  • सूचक संस्थाले जोखिमलाई उच्च, मध्यम, न्यूनवर्गमा वर्गीकरण गर्नुपर्नेछ । साथै, सूचक संस्थालेजोखिमको समीक्षाको आधारमा थप वर्गीकरण गर्नसक्ने इत्यादि,
  • जोखिम मूल्याङ्कनमा गर्दा उच्च जोखिम देखिएकाग्राहकको हकमा बृहत् ग्राहक पहिचानको उपायअवलम्बन गर्नुपर्ने,
  • सूचक संस्थाले जोखिमको आधारमा आपूmसँगकारोबार गरिरहेका तथा गर्ने ग्राहककोपहिचानसम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्थालागू गर्नुपर्ने,
  • सूचक संस्थाले ग्राहकको सही ?पमा पहिचान तथासोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात,तथ्याङ्क वा जानकारीका आधारमा गर्नुपर्ने,
  • ग्राहकको पहिचानका सम्बन्धमा पेस गरिएका विवरण तथा कागजात रुजु गर्ने जिम्मेवारीसहितकुनै कर्मचारीलाई तोकी त्यस्ता विवरण तथाकागजातको आधिकारिकता निजबाट रुजु गराईराख्नुपर्ने,
  • ग्राहकको पहिचान तथा जाँच गर्दा जोखिममाआधारित भएर गर्नुपर्ने,
  • सूचक संस्थाले व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्नको लागि आवश्यक मनासिब उपायहरु अपनाउनुपर्ने,
  • एक दिनमा पटकपटक वा एकै पल्ट दस लाख रूपैयाँभन्दा बढीको कारोबारको जानकारी वित्तीय जानकारी इकाईमा दिनुपर्ने,
  • शङ्कास्पद कारोबारसम्बन्धी प्रतिवेदन वित्तीय जानकारी इकाईमा दिनुपर्ने,
  •  सूचक संस्थाले ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा बृहत् ग्राहक पहिचानसम्बन्धी उपयुक्त उपायहरु अपनाउनुपर्ने,
  • सूचक संस्थाले खास कारोबारको सम्बन्धमा विशेष ध्यान दिने प्रणालीको विकास गरी लागू गर्नुपर्ने,
  • ऐन, नियमावली र यस निर्देशनको व्यवस्थाको प्रभावकारी कार्यान्वयन नगर्ने सूचक संस्था र त्यस्तो सूचक संस्थाको कर्मचारी र पदाधिकारीलाई ऐनबमोजिमको कारबाही हुने । कारबाहीको प्रकारअन्तर्गत पहिलो पटक लिखित रुपमा सचेत गराउने, दोस्रो पटक कुनै वा सबै प्रकारको व्यवसाय गर्न रोक लगाउने, तेस्रो पटक दस लाखदेखि पाँच करोड रूपैयाँसम्म जरिबाना गर्ने र त्यसपछि सूचक संस्थाको दर्ता खारेजसम्मका कारबाही गर्ने ।

३. सम्पत्ति शुद्धीकरण निवारणमा नेपाल धितोपत्रबोर्डको भूमिका

धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार धितोपत्र बजारकोविकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताकोहित संरक्षण गर्न धितोपत्रको निष्कासन, खरिद, बिक्री,वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्रबजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिको कामकारबाहीलाई नियमित तथा व्यवस्थित गर्ने जिम्मेवारीसहित नेपाल धितोपत्र बोर्डको गठन भएको हो । साथैवस्तु बजारको नियमन तथा सुपरिवेक्षणको भूमिकासमेतबोर्डले निर्वाह गर्छ ।

त्यसैगरी, सम्पत्ति शुद्धीकरण निवारण ऐन, नियम, निर्देशिका वा दिइएको निर्देशनवा आदेशको पालनाभए नभएको सम्बन्धमा बोर्डले अनुमति पत्र प्राप्त धितोपत्र व्यवसायी (सूचक संस्था) को आवश्यकता अनुसार स्थलगत निरीक्षण तथा गैरस्थलगत सुपरिवेक्षण वा अनुगमन गर्नु, सूचक संस्थालाई व्यवसायको लागि अनुमतिपत्र वा इजाजतपत्र दिँदा पैसा वा व्यवसाय सञ्चालन गर्ने व्यक्तिले ऐन बमोजिमको काम कारबाही तथा दायित्व पूरा गर्नुपर्ने सर्त तोक्ने जस्ता व्यवस्था गरीेधितापत्र बोर्डले धितोपत्र बजारमा हेनु सम्पत्ति शुद्धीकरण निवारणमा गतिशील भूमिका खलेको छ ।

हाल धितोपत्र बजार पूर्ण रुपमा अनलाइन भएको छ ।प्राथमिक बजारमा समेत आस्वा प्रणाली लागू भएपछि बजार देशभर फैलिएको छ । पछिल्लो समय धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रुपमाबढ्न थालेको छ भने बजारका अधिकांश परिसूचकले आ.व.२०७७/७८ मा नयाँ उचाई कायम गरेका छन् ।धितोपत्र बजारका तथ्याङ्कलाई केलाउँदा यस बजारमाआ.व.२०७७/७८ को प्रारम्भिक महिना कोभिड–१९ कोकेही प्रभाव देखिएको भए तापनि आ.व.को अन्त्यसम्म सकारात्मक गतिमा अगाडि बढेको देखिन्छ ।

धितोपत्र बजारमा लगानीकर्ताको संख्या उल्लेख्य मात्रामा वृद्धिभई २०७८ असोजसम्म डिम्याट खाताको संख्या ४५लाख ३९ हजार ९३१ रहेको छ भने धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनको एउटै निष्कासनमा२४ लाख ७४ हजारभन्दा बढी लगानीकर्ताले आवेदनदिने अवस्थाको सिर्जना भएको छ । धितोपत्रको दोस्रो बजारको परिसूचक नेप्से सूचकाङ्क २०७८ भदौ २ गते३ हजार १९९.०३ हालसम्मकै उच्च बिन्दुमा पुग्नुका साथै बजार पूँजीकरण समेत ४४ खर्ब ६८ अर्ब ५० करोड कायम भई हालसम्मकै उच्च रेकर्ड राखेको छ । यसरी बजार उच्च हुँदा दैनिक २० अर्ब रुपैयाँसम्मको कारोबार हुनेगरेकोमा हाल दैनिक औसत पाँच–छ अर्बको कारोबार भइरहेको छ । यसरी बजारमा आकार तथा गहिराईबढेसँगै धितापत्र बजार मार्फत हुने सम्पत्ति शुद्धीकरण हुनसक्ने चुनौती पनि उत्तिकै बढ्दो छ । यस्तो अवस्थामानेपाल धितोपत्र बोर्डले आफ्नो नियामकीय भूमिकालाईथप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

क्रस बोर्डर लिस्टिङ तथा विदेशी लगानीकर्तालाई धितोपत्र बजारमा लगानी गर्ने कानुनी व्यवस्था नभएको परिप्रेक्ष्यमा सम्पत्ति शुद्धीकरणको दृष्टिले नेपालको धितोपत्र बजारमा अन्य क्षेत्रको तुलनामा कम जोखिमरहेको देखिन्छ । तथापी, सूचक संस्थाको जनशक्तिमा यससम्बन्धी ज्ञानको अपर्याप्तता तथा संस्थागत सुशासनको अवस्था कमजोर रहेका कारण धितोपत्रबजारमा जोखिम सधैँ रहिरहन्छ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी अहिले समग्र विश्वको जल्दोबल्दो विषय बनको छ । भुमिगत अर्थतन्त्रले विश्वव्यापी वित्तीयसंरचनामा पार्ने असर बढिरहेको सन्दर्भमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हनु वित्तीय लगानी निवारणमा नियमनकारी निकायका अहम भुमिका रहेको हुन्छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित कानुनमा भएका व्यवस्थालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न तथा बोर्डबाट अनुमतिपत्रप्राप्त धितोपत्र तथा वस्तुबजार व्यवसायीका सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी काम कारबाहीलाइ थप नियमित तथा व्यवस्थित गर्न बोर्डले पछिल्ला समयमा देहायका कार्यहरु गर्दा आफ्नो भुमिकालाई थप प्रभावकारी बनाउँदै लगेको छ ।

(क) कानुनी संरचनाको विकास तथा सुदृढीकरण

धितोपत्र बजारमा हुने सम्पत्ति शुद्धीकरण निवारण गर्न बोर्डले कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्दै आइरहेको छ । २०७६÷०४÷०१ देखि सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी व्यवस्थालाई समावेश गरीसम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ जारी गरेको छ । त्यसै गरी, धितोपत्र व्यवसायी (धितोपत्रदलाल तथा धितोपत्र व्यापारी), नियमावली २०६४,धितोपत्र व्यवसायी (मर्चेन्ट बंैकर) नियमावली, २०६४र सीडीएस विनियमावलीमा ग्राहक पहिचान, अभिलेखतथा विवरणसम्बन्धी व्यवस्था गरिएको छ ।

धितोपत्र व्यवसायीलाई अनुमति प्रदान गर्ने प्रक्रियामा लगानीको स्रोत खुलाउनको लागि लगानीको स्रोतसम्बन्धी ढाँचाको विवरण तोकिएको छ । धितोपत्र व्यवसायीको सुपरिवेक्षण गर्न धितोपत्र व्यवसायीको सुपरिवेक्षण दिग्दर्शन, २०७४लागू गरिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीयलगानी निवारणसम्बन्धी नीति तथा कार्यविधि बनाई लागू गर्न निर्देशन दिएको र सोही बमोजिम धितोपत्र व्यवसायीलाई उक्त कार्यविधि बनाई लागू गरिएको छ । सो कार्यविधिले सूचक संस्थाले सम्पत्ति शुद्धीकरणतथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमको पहिचान,मूल्याङ्कन तथा व्यवस्थापन गर्नसहज हुने अपेक्षा गरिएको छ ।यसैगरी, धितोपत्र बोर्डबाट अनुमतिपत्रप्राप्त धितोपत्र व्यवसायीको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कामकारबाहीलाई थप नियमित तथा व्यवस्थित गर्नसम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा बोर्डले धितोपत्रव्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल,२०७७ जारी गरेको छ ।

(ख) सम्पत्ति शुद्धीकरणसम्बन्धी सचेतना तथा तालिम कार्यक्रम

सम्पत्ति शुद्धीकरणले समग्र अर्थतन्त्रमा पार्ने प्रभावकाबारेमा सूचक संस्थाहरुलाई जानकारी गराउन पछिल्लोसमयमा धितोपत्र बोर्डले यससम्बन्धी वित्तीय शिक्षा तथातालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रमबाट धितोपत्र बजारमा हुने सम्पत्ति शुद्धीकरणको जोखिम न्यून भई पुँजी बजार स्वच्छ र पारदर्शी रुपमासञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
त्यसैगरी, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका सम्बन्धमा बोर्डले निर्वाहगर्नुपर्ने भूमिका र पारस्पारिक मूल्याङ्कनलाई समेतदृष्टिगत गरी विभिन्न अध्ययन, सुपरिवेक्षण, तालिमकार्यक्रम सञ्चालन गरिरहेको छ ।

(ग) सुपरिवेक्षण तथा निरीक्षण

स्वच्छ, पारदर्शी तथा प्रभावकारी धितोपत्र बजार विकास गरी लगानीकर्ताको हित संरक्षण गर्न तथा विद्यमान ऐन, नियम तथा जारी गरका निर्देशनको अनुपालना गर्न÷गराउन पूँजी बजारको नियमकारी निकाय नेपाल धितोपत्र बोर्डले बजार सुपरिवेक्षण तथा निरीक्षण सम्बन्धीकार्य बढाउँदै लगेको छ । धितोपत्र बजारमा हुनसक्ने सम्पत्ति शुद्धीकरणलाई दृष्टिगत गर्दै धितोपत्र दलाल व्यवसायी,मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष व्यवस्थापक, निक्षेप सदस्य तथा आस्वा सदस्यहरुको स्थलगत सुपरिवेक्षण तथा निरीक्षण कार्यलाई प्रभावकारी बनाइएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायीको सुपरिवेक्षण काक्रममा देहायका विषय केन्द्रित गर्ने गरिएको छ ।

  • सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा धितोपत्र व्यवसायीको आन्तरिक नीति तथा कार्यविधि,
  • धितोपत्र व्यवसायीले आफ्नो ग्राहक पहिचान गर्न अवलम्बन गरेको पद्धति तथा संयन्त्र,
  • धितोपत्र व्यवसायीले उच्च पदस्थ व्यक्तिको पहिचान गर्न अपनाएको संयन्त्र तथा त्यस्तो व्यक्तिलाई ग्राहकको रुपमा स्वीकार गर्न आवश्यक विवरण तथा कागजात,
  • धितोपत्र व्यवसायीले आफ्नो ग्राहकको जोखिम मूल्याङ्कन गर्न लिएका आधार तथा जोखिमको आधारमा ग्राहकको वर्गीकरण तथा ग्राहक स्वीकार गर्न स्वीकृति दिने व्यवस्था,
  • सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी रिपोर्टिङको अवस्था,
  • सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण सम्बन्धमा व्यवस्था गरिएको जनशक्ति तथा तालिमसम्बन्धी व्यवस्था,
  • धितोपत्र व्यवसायीले शङ्कास्पद कारोबार पहिचान गर्न अपनाएको संयन्त्र,
  • सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा गरेको कारबाहीको प्रतिवेदन र अन्य विषय ।

(घ) कानुनी कारबाही

धितोपत्र बोर्डले पछिल्लो समयमा बजार अनुगमन तथा सुपरिवेक्षण कार्यलाई सुदृढ गर्दै लगेको परिपे्रक्ष्यमा सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत विभिन्न कारबाही गरेको छ । यस्ता कारबाहीबाट सम्पत्ति शुद्धीकरण तथा धितोपत्र सम्बन्धी कसुरको न्यूनीकरण भई दोस्रो बजा रकारोबार थप स्वच्छ र पारदर्शी हुने तथा नीतिगत व्यवस्थाको पालनालाई थप प्रभावकारी बनाउन सकिने अपेक्षा छ । यसै सन्दर्भमा पछिल्लो समयमा केही जलविद्युत कम्पनीको नक्कली सेयर कारोबार भएको सम्बन्धमा धितोपत्र दलाल व्यवसायी कम्पनी, दलाल कम्पनीका सम्बन्धित कार्यकारी प्रमुखलाई सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार कारबाही गरिएको थियो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ फ बमोजिम नियमनकारी निकायको रुपमा नेपालधितोपत्र बोर्डमा सूचक संस्थालाई देहायअनुसार दण्डसजाय गर्ने सक्न अधिकार रहेको छ ।

  • लिखित रुपमा सचेत गराउने,
  • दश लाखदखि पाँच करोड रूपैयाँसम्म जरिबाना गर्ने
  • कारोबार, पेसा वा व्यवसाय गर्न आंशिक वा पूर्ण रुपमा रोक लगाउने,
  • अनुमतिपत्र, इजाजतपत्र वा दर्ता निलम्बन गर्ने,
  • अनुमतिपत्र, इजाजतपत्र वा दर्ता खारेज गर्ने

(ङ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध

बोर्डले धितोपत्र बजारमा हुने सम्पत्ति शुद्धीकरण निवारणका लागि सम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आपसी सहयोग र समवन्यका लागि सम्बन्ध स्थापित गर्दै आएको छ । नेपालको अर्थतन्त्रमा सम्पत्तिशुद्धीकरण निवारणका लागि कार्यरत सम्पत्ति शुद्धीकरण विभाग, नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाई, बीमासमिति जस्ता निकायसँग समन्वय गरी पारस्परिक सहयोग आदानप्रदान गर्दै आएको छ । यसै गरी,अन्तर्राष्ट्रिय संस्थाको प्राविधिक सहयोगमा बोर्डका कर्मचारीलाई आवश्यक तालिम दिइएको छ ।

४. सम्पत्ति शुद्धीकरण निवारणमा नेपाल धितोपत्र बोर्डको चुनौति

सम्पत्ति शुद्धीकरण निवारणको क्षेत्रमा काम गर्दैआएको एशिया प्रशान्त समूह (एपीजी) ले सर्वप्रथम सन्२००५ र दोस्रो पटक सन् २०१० मा नेपालको पारस्परिक मूल्याङ्कन गरेको थियो । पहिलो पारस्परिक मूल्याङ्कनको समयमा नेपालमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी पर्याप्त कानुनी र नीतिगत व्यवस्था नभएका कारण कमजोर नतिजा देखिएको थियो । सन् २०१० मा दोस्रो पारस्परिक मूल्याङ्कन हुँदा सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रमा गर्नुपर्ने कार्यहरु पूर्ण रुपले सम्पादन गरि नसकेकोले नेपाल निरन्तर निगरानीको सूचीमा रहेको थियो । सन् २०२२ मा हुन लागेको तेस्रो पारस्परिक मूल्याङ्कनमा विद्यमान कानुनी तथा संस्थागत संरचनाको प्रभावकारिता र कार्यान्वयनमा केन्द्रित हुने भएकोले यसमा केही सुधार देखिने अपेक्षा छ । तथापि, धितोपत्र बजारलाई नियमन र सुपरिवेक्षकीय कारबाहीका दृष्टिलेउक्त नेपालको मूल्याङ्कन कमजोर हुन नदिने चुनौति धितोपत्र बोर्ड सामु देखिन्छ । धितोपत्र बजारमा सम्पत्तिशुद्धीकरण निवारणका लागि बोर्डले गर्नुपर्ने कार्यहरु पूर्णरुपले सम्पादन गर्न देहायका चुनौति देखिएका छन् ।

(क) बोर्डको संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्नु

पूँजी बजारलाई स्वच्छ, पारदर्शी, प्रभावकारी एवं प्रतिस्पर्धी बनाई पूँजी परिचालनकर्ता तथा लगानीकर्ताका लागि पहुँच योग्य र विश्वसनीय बनाई धितोपत्र बजारमाहुने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल धितोपत्रबोर्डको संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्नु आजको प्रमुख आवश्यकता देखिएको छ ।

वस्तु विनिमय बजारको नियमनकारी निकायको जिम्मेवारी समेत बोर्डमा रहेको सन्र्दभमा धितोपत्र बजार र वस्तु विनिय मबजारको क्षेत्रमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउन विद्यमान जनशक्तिलाई दक्ष र सक्षम बनाई बोर्डको संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्नु चुनौतीको रुपमा रहेको छ ।

(ख) सम्पत्ति शुद्धीकरण सम्बन्धी सचेतना अभिवृद्धि गर्नु

सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी रअन्य सूचक संस्थाहरु सम्पत्ति शुद्धीकरणबारे सचेतरहन आवश्यक छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित ऐन, नियम र निर्देशिका बारे अद्यावधिक ज्ञान भएमा धितोपत्र बजारमा हुने सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिम कम हुन जान्छ । यसको लागि धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरणसम्बन्धी शिक्षा र तालिम कार्यक्रमहरु सञ्चालन गरी धितोपत्र बजारमा हुने सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सचेतना अभिवृद्धि गर्न जरूरी छ । सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित कानुनमा भएको व्यवस्था, जोखिम मूल्याङ्कनमा आधारित आन्तरिक नीति तथा कार्यविधि बनाई लागू गर्नुपर्ने, आफ्ना ग्राहकको सही रुपमा पहिचान तथा सोको सम्पुष्टि गर्नुपर्ने, ग्राहकसँग व्यावसायिक सम्बन्ध कायम राख्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्नको लागिआवश्यक मनासिब उपाय अपनाउनु पर्ने जस्ता व्यवस्था रहेको भए तापनि हाल नेपालको धितोपत्र बजारका सूचक संस्थामा यस सम्बन्धी विषयहरु कार्यान्वयनमा ल्याउने कार्य चुनौतीपूर्ण रहेको छ ।

(ग) जोखिममा आधारित सुपरिवेक्षणलाई कार्यान्वयन गर्नु

स्वच्छ, पारदर्शी र प्रभावकारी धितोपत्र बजारको विकास गरी लगानीकर्ताको हित संरक्षण गर्न तथा विद्यमान ऐन, नियम र नियमनकारी निकायले जारीगरेका निर्देशनको अनुपालना गर्न पूँजी बजारको धितोपत्र बोर्डले धितोपत्र बजार सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय सम्बन्धी ऐन, नियम तथा निर्देशिकामा भएका व्यवस्थाको परिपालना भए नभएको यकिन गरी परिपालना नगर्ने बजार सहभागीलाई कारबाही गर्नुपर्ने देखिन्छ । धितोपत्र बजारमा हुनेसम्पत्ति शुद्धीकरण निवारणको लागि जोखिममा आधारित सुपरिवेक्षणको म्यानुअल विकास गरी सोही बमोजिम धितोपत्र व्यवसायीको सुपरिवेक्षण गर्नुसमेत चुनौतिको रुपमा रहेको छ ।

(घ) ग्राहकको पहिचान र वर्गीकरणका लागि आवश्यक

प्रणालीको विकास गर्नु युनिक आई.डी.को अभावमा वास्तविक ग्राहकको पहिचान गर्न कठिनाई हुनु र वस्तु तथा सेवा, डेलिभरी च्यानल भौगोलिक क्षेत्र, उच्च पदस्थ व्यक्ति एवंअन्य तत्वको आधारमा ग्राहकलाई वर्गीकरण गर्नेप्रणालीको विकास गरी कार्यान्वयन गराउनु पनि बोर्डकालागि अर्को चुनौति छ ।

(ङ) शङ्कास्पद कारोबारको पहिचान गर्न आवश्यक

प्रणालीको विकास गर्नु हाल धितोपत्र बजारमा धितोपत्र कारोबारको संख्या तथा रकम दुबैमा बढोत्तरी भइरहेको सन्दर्भमा धितोपत्र बजारमा हुने शङ्कास्पद कारोबारको पहिचान गर्न सूचना प्रणालीमा आधारित संयन्त्रको विकास गरी लागू गर्नेकार्य पनि चुनौतीपूर्ण नै छ ।

(च) ग्राहकसँग सम्बन्धित सूचनामा धितोपत्र व्यवसायीका पहँुच

धितोपत्र बजारमा संलग्न लगानीकर्ताहरु विभिन्नव्यापार, व्यवसाय लगायत अन्य कार्यमा समेत संलग्न हुन्छन् । अतः वास्तविक ग्राहक पहिचान गर्न, जोखिमको आधारमा ग्राहकलाई वर्गीकरण गर्न एवं शङ्कास्पद कारोबारको समयमै पहिचान गर्न लगानीकर्तासँग सम्बन्धित उक्त सूचनामा धितोपत्र व्यवसायीको पहँुच पु¥याउनु बोर्डको चुनौतिको रुपमा रहेको छ ।

५. उपसंहार

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर गम्भीर प्रकृतिको फौजदारी अपराध हो । यो एक किसिमको सङ्गठित अपराध पनि हो । यस्तो अपराधले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अनेकौँ समस्या सिर्जना गरेको छ ।

नेपाल पनि यो समस्याबाट अछुतो छैन । अर्थतन्त्रको महत्वपूर्ण अङ्गको रुपमा रहेको धितोपत्र बजारमा हुने सम्पत्ति शुद्धीकरण निवारण गर्न सकिएन भने देशका ेवित्तीय प्रणालीमा समस्या आई मुलुक नै कालोसूचीमा पर्ने जस्तो गम्भीर समस्या उत्पन्न हुन्छ ।

तसर्थ धितोपत्र बजारतथा वस्तु बजारमा हुने सम्पत्ति शुद्धीकरण निवारणको लागि यस क्षेत्रको नियमनकारी निकायको निकै नैमहत्वपूर्ण भूमिका रहेको सन्दर्भमा सूचक संस्थाका कामकारबाहीलाई नियमित, व्यवस्थित एवं पारदर्शी बनाउन विद्यमान ऐन/नियममा समयानुकूल संशोधन गर्नु तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरुप नयाँ कानुनको विकास गर्नसमेत आवश्यक देखिएको छ । यसका साथै धितोपत्र बजारका सूचक संस्थामा उपयुक्त सूचना प्रणाली एवं दक्ष मानव संशोधनको व्यवस्था गरी बजारमा हुने सम्पत्ति शुद्धीकरण निवारणमा सबै पक्षबाट आ–आफ्नोभूमिका निर्वाह गर्नुपर्ने खाँचो छ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट विभिन्न प्रयास हुँदै आएको सन्दर्भमा वित्तीय कारबाही कार्यदलले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी विभिन्न४० वटा मापदण्ड सिफारिस गरेको र धितोपत्र बजारमा हुने सम्पत्ति शुद्धीकरण निवारणका लागि यस क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डसमेत जिम्मेवार हुने पृष्ठभूमिमा बोर्डले पछिल्लो समयमा यससम्बन्धी कानुनी व्यवस्थालाई समेत केन्द्रित गरी बजार सुपरिवेक्षणकार्यलाई प्रभावकारी बनाउँदै लगेको छ । यसको अलवा बोर्डले विद्यमान कानुनी व्यवस्था बमोजिम सूचक संस्थालाई समेत यस सम्बन्धमा थप जिम्मेवार बनाउँदै आफ्नो भूमिका समेत प्रभावकारी ढङ्गले निर्वाह गरिरहेको छ । तथापि, बजारको विकासर यस क्षेत्रको विस्तारसँगै सम्भावित अन्य जोखिमलाई न्यूनीकरण गर्न समयानुकुल कानुनी तथा संस्थागत संरचनाको विकास गर्नुपर्ने चुनौती कायमै छ ।

  • सन्दर्भ सामग्री सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४
  • सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६
  • धितोपत्रसम्बन्धी कानुन संग्रह नेपाल धितोपत्र बोर्ड समाचार नेपाल धितोपत्र बोर्ड वार्षिक नीति तथा कार्यक्रम

                                                  स्रोतः नेपाल राष्ट्र बैंक समाचार, ६७ औ वार्षिकोत्सव विशेषाङक (लेखक गिरी नेपाल                                                                          धितोपत्र बोर्डका कायम मुकायम उप–कार्यकारी निर्देशक हुन् ।)

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।