उपभोक्ता मूल्य सूचांक बढेपछि घट्यो दुई दशक यताकै उच्च भएको अमेरिकी डलर


मुद्रास्फीति सूचक उपभोक्ता मूल्य सूचांक बढेसँगै दुई दशक यताकै उच्च भएको अमेरिकी डलर घटेको छ । विदेशी विनिमयमा दुई दशक यताकै उच्च भएको डलर सूचांक १०४.१९ घटेर १०३.३७ हुन पुगेको छ ।

डलरको मूल्यमा सामान्य गिरावट आएपनि मुद्रास्फीति बढेसँगै केन्द्रीय बैंक फेडरल रिजर्भले अझ आक्रामक रुपमा औसत ब्याजदर बढाउने विज्ञहरुको अनुमान रहेको छ । मार्च महिनामा सन् २००५ यताकै उच्च १.२ प्रतिशत भएको उपभोक्ता मूल्य सूचांक अप्रिल महिनामा ०.३ प्रतिशतले बढेको छ । यहि अनुपातमा मूल्यवृद्धि हुँदै जाने हो भने वार्षिक रुपमा ८.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

फेडले औसत ब्याजदर वृद्धि गरेपछि विश्वव्यापी सेयर बजारमा भारी गिरावट आएको छ । लगानीकर्ताहरु त्रसित बनेका छन् । मुद्रास्फीति बढ्दै जाँदा फेडले कस्तो व्यवहार गर्छ भन्ने जान्नको लागि उनीहरु आतुर रहेका छन् । मुद्रास्फीति दर वृद्धि भएसँगै त्यसलाई नियन्त्रण गर्न फेड आक्रामक भई जुनमा हुने केन्द्रीय बैंकको बैठकमा ०.५ प्रतिशतले औसत ब्याजदर वृद्धि गर्ने सीएमइ फेडवाच टूलले अनुमान गरेको छ ।

ब्याजदर वृद्धिकै सन्दर्भमा एटलान्टामा अवस्थित फेडको शाखाका प्रमुख राफेल बोस्टीक भन्छन्, “घर तथा जग्गा धीतोमा बढाएको ब्याजदर, ट्रेजरी बन्डमा बढाएको कुपन रेट तथा अन्य ऋण औजारमा बढाएको ब्याजदरका कारण मुद्रास्फीति नियन्त्रणमा फेड दृढ छ भन्ने निश्चित छ ।”
यसैगरी डलर सामान्य मात्रामा घट्दा जापानी येनमा सुधार आई एक डलर बराबर १२९.७९ येन हुनु पुगेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।