उपभोग घटाउन चालिएका कदमहरुले पनि काम गरिरहेको अवस्था छैन: गभर्नर अधिकारी

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनावश्यक बढेको उपभोग नियन्त्रणका लागि चालिएका नीतिगत कदमहरुले समेत काम नगरेको बताएका छन् । उपभोग नियन्त्रणका लागि रेटहरु बढाउँदा पनि कमी नआएको गभर्नर अधिकारीले बताएका हुन ।

आर्थिक स्थायीत्वका लागि पहल स्वरुप नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले जस्तोसुकै अवस्थामा पनि उपभोग गर्ने उपभोक्ता भएकाले पनि समस्या बढेको बताए । “कर्जाको दर, निक्षेपको दर, आधार ब्याजदर सबै बढेको छ,” उनले भने,“ ‘अनवान्टेड कन्जम्सन’ कम गर्नका लागि पनि रेटहरु बढाउनै पर्ने भएको हो ।” तरपनि उपभोगमा कमी आउन नसकेको उनको बुझाइ छ ।

उनले नेपालका उपभोग मूल्य संवेदनशिल पनि नदेखिएको गभर्नर अधिकारीको जिकिर छ । अहिलेको अस्वभाविक आयातलाई कम गरी भोलिका दिनमा ठुलो विल भुक्तानी गर्न नसक्नु भन्दा अहिले नै होसियार र सचेत हुनु राम्रो हुने उनले बताए ।

पछिल्लो समयमा देखिएका नकारात्मक तथ्याङक उच्च आयातको नतिजा रहेको समेत उनले बताए । “ठुलो स्रोत आयातबाट बाहिर गएको हुनाले पनि बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको हो,” गभर्नर अधिकारीले भने,“त्यसैका कारण विदेशी मु्रदा सञ्चिति तथा भुक्तानी सन्तुलनमा पनि दबाब परेको हो ।”

अहिले देखिएको समस्या नेपालको मात्र नभई विश्वका अधिकांस राष्ट्रहरुमा देखिएको छ । अहिलेको समस्यालाई विज्ञहरुले ‘इकोनोमी अफ सर्टेज’ भनेर सम्बोधन गर्ने गरेको गभर्नर अधिकारीले बताए । उनले यसलाई उत्पादन तथा आपुर्तिमा तालमेल नमिलेको तथा उच्च खपतका कारणले आएको समस्या भएको बताए । यो अवधिमा उपभोग अत्याधिक बढेको छ तर, उत्पादन खासै घटेको नदेखिने समेत उनले बताए ।

आयात उच्च हुनुको कारण भनेको विश्वव्यापी मुल्य वृद्धि तथा बढ्दो परिमाणका कारण रहेको बताउँदै उनले भने,“मूल्य बढेको भएर मात्र नभई परिमाण नै पनि बढेको छ ।” चालु आर्थिक वर्षको आयातलाई हेर्दा कतिपय बस्तुहरु विगतका वर्षमा एक वर्षमा नगरेको आयात ६ महिनामा वा १० महिना भित्रमै आयात भएको समेत उनले जानकारी दिए । उनले गत आर्थिक वर्षमा १७५ अर्बको इन्धन आयात भएकोमा चालु आवको ९ महिनामा नै २ खर्ब १८ अर्बको इन्धन आयात भएको जानकारी दिए ।

अनावश्यक खपत घटोस भन्ने नेपाल राष्ट्र बैंकको चाहाना रहेको बताउँदै उनले उपभोक्ता तथा व्यवसायीलाई असर गरे पनि अर्थतन्त्रका लागि सकारात्मक हुने कदम नीति निर्माताले चाल्दै आएको उनको भनाई छ । स्वदेशमा ऋण लिएर स्वेदशमै लगानी गर्दा त्यसले असर नगर्ने बताउँदै गभर्नर अधिकारीले भने,“ स्वदेशमा कर्जा लिएर यहि लगानी नभई क्रस बोर्डर जान्छ । त्यसले समस्या सृजना गर्छ । आयात धेरै निर्यातको आधार कमजोर हुने, आयातलाइ रेमिट्यान्सले धान्न नसक्ने भएपछि समस्या पर्न जान्छ । यसलाई सुल्झाउने हामी सबैले हो ।”

साउन देखि पुससम्म आयात भएको वृद्धि भएपनि त्यसपछि केअि सुधार हुदै आएको छ । त्यो अवधिमा भुक्तानी सन्तुलनान पनि घाटा कम हुदै जान थालेको देखिन्छ । सरकारले लिएका नीतिले सुधारको नतिजा देखाई रहेको दावी उनले गरे।

“एक वर्षमा २ देखि ३ अर्ब विदेशी सञ्चिति घट्नु भनेको अर्थतन्त्रका लागि राम्रो होइन,” गभर्नर अधिकारीले भने,“यो निकै संवेदनशील हुनु पर्ने विषय हो ।” यसको कारण कोरोनाको समयमा भएको अफठ्यारोमा पनि बजारमा माग सृजना भैरहेको असर अहिले देखिएको उनको बुझाइ छ । “विग्रेको केही छैन,” उनले भने,“ क्राइसीसलाई अवसरमा रुपान्तरण गर्नु पर्छ ।”

बजारलाई तरल बनाउने, विदेशी सञ्चिति जोगाउन र शोधनान्तरको अवस्थालाई सुधार गर्न सकिन्छ । त्यसका लागि नेपाल राष्ट्र बैंकले गत भदौ पछि मात्र ७० खर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको बताउँदै उनले भने।“पछिल्लो ५ महिनामा केन्द्रीय बैंकले हरेक दिन २ खर्बका दरले बैंकिङ प्रणालीमा पैसा पठाइ रहेको छ, त्यहि पैसा बैंकवाट ल्याएर व्यावसयाीले व्यवसाय गरीरहेको अवस्था छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।