बैंकिङ प्रणालीको ब्याजदर नौ महिनामा ६९ प्रतिशतसम्मले बढ्यो

0
Shares

चालु आर्थिक वर्षको नौ महिनामा वित्तीय प्रणालीको अल्पकालिन तथा दिर्घकालिन ब्याजदरमा उच्च वृद्धि भएको छ । यो अवधिमा बैंकिङ प्रणालीमा कर्जाको तुलनामा स्रोत अभावको समस्या जटिल बन्दैगएपछि ब्याजदरमा अस्वभाविक उतारचढाव देखिएको हो ।

गत आर्थिक वर्षको अन्तिम महिना असार महिनाको तुलनामा चैतसम्ममा बैंकिङ क्षेत्रको ब्याजदर ६९ प्रतिशतसम्मले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत असारको तुलनामा चैत अन्तिमसम्ममा वाणिज्य बैंकहरुको औसत ६९.६६ प्रतिशतले बढेको छ भने ९१ दिनको ट्रेजरी विल्सको बट्टादर ६६.५९ प्रतिशतले बढेको छ ।

त्यसैगरी सो ९ महिनाको अवधिमा कर्जाको भारित औसत ब्याजदर २७.८८ र निक्षेपको भारित औसत ब्याजदर पनि ५२.९० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको औसर आधार ३७.६८ प्रतिशतले बढेको जनाएको छ ।

चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात गत भदौ देखि बैंकहरुमा तरलता अभावको समस्या बढ्दै गएको थियो । यो समस्या हालसम्म पनि सहज हुन भने सकेको छैन । गत आर्थिक वर्षको बैंकहरुले आक्रमक रुपमा कर्जा लगानी गरेपछि त्यसको असर चालु आवमा पनि रह्यो । कर्जाको माग घटेन बरु उल्टै माग बढ्ने क्रम नरोकिएपछि बैंकहरुले नयाँ निक्षेपका लागि ब्याजदर बढाउन थाले । एकोहोरो अंकमा रहेको कर्जाको ब्याजदर समेत बढेर दोहोरो अंकमा पुग्यो । यो बिचमा नेपाल राष्ट्र बैंकले पनि बैंक दर बढाइदियो । त्यसले ब्याजदरमा झनै दबाव बढायो ।

सस्तो ब्याजदरमा गएको अनुत्पादन क्षेत्रको कर्जाले इजि मनिलाई प्रोत्साहन ग¥यो । त्यसले सम्पत्तिको मूल्य अर्थात सेयर तथा घरजग्गाको मूल्य मात्र बढायो । त्यसको नतिजा स्वरुप आयात उच्च भयो । उत्पन्न आयातले तरलता समस्या झनै बढ्यो भने महंगी समेत बढायो । गत आर्थिक वर्षमा करिब २७ प्रतिशत रहेको निजी क्षेत्रको कर्जा प्रबाह वृद्धिदर चालु आर्थिक वर्षको ९ महिनामा कर्जा प्रबाह वृद्धिदर १७.९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा २० प्रतिशतको निजी क्षेत्रको कर्जा वृद्धिदरको लक्ष्य रहेकोमा चालु आवमा १९ मात्र राखिएको छ ।

गत आर्थिक वर्षको असारमसान्तसम्ममा ४.५५ प्रतिशत रहेकोमा ९ महिनामा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ७.५८ कायम भएको छ । वैशाख महिनामा ९१ दिने टे«जरी बिलको औसत ब्याजदर ९.३८ प्रतिशत पुगेको छ ।

त्यसैगरी वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ असारसम्म ४.१२ प्रतिशत रहेकोमा २०७८ चैतमा ६.९९ प्रतिशत कायम भएको छ । वैशाख महिनमा अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर ७.०५ प्रतिशत कायम भएको छ ।

२०७८ असारसम्ममा वाणिज्य बैंकहरूको औसत आधार दर ६.६६ प्रतिशत रहेकोमा चैतसम्ममा आइपुग्दा ९.१७ प्रतिशत कायम भएको छ । सो समयमा निक्षेपको भारित औसत ब्याजदर ४.६५ प्रतिशत रहेकोमा बढेर ७.११ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.४३ प्रतिशत बाट बढेर चैतसम्म आइपुगदा १०.७८ प्रतिशत रहेको छ । यो अवधिमा तरलता दबाबको कारण अल्पकालीन र दीर्घकालीन ब्याजदरहरु बढेका छन् ।

२०७८ वैशाखसम्म आइपुग्दा औसत आधार दर ९.१७ प्रतिशत छ । सो समयमा निक्षेपको भारित औसत ब्याजदर ९.६७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत रहेको छ ।

ब्याजदर बढेपछि पनि बैंकहरुमो निक्षेप नथपिएपछि बैंकहरुले भद्र सहमती गरेर उच्चतम ब्याजदरको सीमा ११.०३ प्रतिशत कायम गरेका छ । त्यससंगै नेपाल राष्ट्र बैंकले पनि ब्याजदरमा हस्तक्षेप गरेर अघिल्लो महिनाको १० प्रतिशत भन्दा धेरैले ब्याजदर बढाउन नपाउने व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।