२४ हजारले लिए १ खर्ब १५ अर्ब पुनर्कर्जा, ग्राहक मुल्याङ्कनको आधारमा मात्र १८ अर्ब

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको जेठसम्ममा एक खर्ब १५ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा सुविधा प्रदान गरेको छ । कोरोना प्रभावितलाई राहत स्वरुप विशेष र साधारण त्यसमा पनि ग्राहक अनुसार र एकमुष्ट पुनर्कर्जा प्रदान गरेको हो ।

११ महिनासम्ममा ग्राहक मुल्याङकनका आधारमा १८ अर्ब १७ करोड रुपैयाँ पुनर्कर्जा प्रबाह भएको छ भने एकमुष्ट साढे ९७ अर्ब प्रबाह भएको छ । एकमुष्टमा पनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका लागि ९२ अर्ब ४६ करोड र लघुवित्त वित्तीय संस्थाका लागि ५ अर्ब ५ लाख रुपैयाँ पुनकर्जा गएको छ ।

पुनर्कर्जा सुविधाबाट कुल २४ हजार ३ सय ४ जना ऋणी लाभान्वित भएका छन् । ग्राहक मुल्याङकनका आधारमा एक सय ४० ऋणीले १८ अर्ब १७ करोड रुपैयाँ पुनर्कर्जा लिएका छन् । यसमा पनि २० ऋणीले ३ अर्ब ५० करोड रुपैयाँ विषेश पुनकर्जा लिएका छन भने एक सय २० ऋणीले १४ अर्ब ६८ करोड बरावरको साधारण पुनकर्जा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी २४ हजार एक सय ६५ जना ऋणीले ९२ अर्ब ४६ करोड रुपैयाँ एक मुष्ट पुनकर्जा लिएका छन । सो शिर्षकको कर्जामा लघु घरेलु तथा साना उद्यम पुनर्कर्जा अन्तर्गत ९ हजार ४ सय ८६ ऋणीले ८ अर्ब १० करोड रुपैयाँ बरावरको कर्जा लिएका छन । एकमुष्ट अन्तगर्तको ८ अर्ब ७९ करोड रुपैयाँ बरावरको विशेष पुनर्कर्जा लिनेको संख्या एक हजार ६ सय ८७ रहेका छन् । त्यसैगरी ७६ अर्ब ५८ करोड रुपैयाँ बरावरको साधारण पुनर्कर्जा लिनेको संख्या १२ हजार ९ सय ९२ छन।

राष्ट्र बैंकले वित्तीय क्षेत्रमा मनी सप्लाई बढाई कोरोना कारण ठप्प अर्थतन्त्र चलयान बनाउने नीति लिएको थियो । महामारी अन्त्यसँगै केन्द्रीय बैंकले पुनर्कर्जा व्यवस्थालाई कसिलो बनाउदै आएको छ । वित्तीय क्षेत्रमा मनी सप्लाई धेरै हुँदा उच्च आयात र अनुत्पादन क्षेत्रमा लगानी बढ्न गइ सम्पत्तिको मूल्यमा मात्र सुधार आयो । त्यसलाई सुधार गर्न राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा हरेक त्रैमासिक समिक्षामा कसिलो नीति अबलम्बन गर्दे आएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत मनि सप्लाइलाई नियन्त्रण गर्ने उद्देश्यले पुनर्कर्जाको व्याजदर बढाएको थियो । त्यस्तै वित्तीय क्षेत्रमा देखिएको स्रोत अभावको समस्या सहज बनाउन तथा अनुत्पादन क्षेत्रको कर्जा लगानी नियन्त्रण गर्न बैंकदर पनि बढाएको थियो ।

राष्ट्र बैंकले विशेष पुनर्कर्जाको समेत ब्याजदर बढाइ एक प्रतिशतबाट ३ प्रतिशत पुर्याएको छ । गत चैत देखि विशेष कर्जा लिने ऋणीले बैंकलाई ५ प्रतिशत ब्याज तिर्दै आएका छन् । केन्द्रीय बैंकले बैंकदरलाई पनि ५प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याएको छ । बैंकदर बढाएपछि लघु, घरेलु तथा साना उद्यम र साधारण पुनर्कर्जाको ब्याजदर भने ७ प्रतिशत तोकेको छ ।

त्यसैगरी केन्द्रीय बैंकले पुनर्कर्जाका लागि तोकिएको योग्यताहरुमा पनि हेरफेर गरेको छ । राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि मार्फत पछिल्लो दुई आर्थिक वर्षको औसत रिटर्न अन इक्यूटी ३ प्रतिशत भन्दा बढी रहेका उद्योग व्यवसायका लागि पुनर्कर्जा रोक्यो । त्यसले गर्दा गत चैतपछि पुनरकर्जा सुविधा लिने ऋणीको संख्या केही कमी आए पनि कर्जाको प्रवाह दर भने घटेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।