एनआईसी एशियाको खुद नाफा ३९% बढ्यो, ४५२ करोड नाफा आर्जन

0
Shares

एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले अघिल्लो आवको तुलनामा गत आवमा ३८.८६ प्रतिशतले वृद्धि भएको हो । आव २०७७।७८ मा बैंकले ३ अर्ब २५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कर्जा र निक्षेप संकलनमा सामान्य सुधार गरेको बैंकले खुद नाफामा भने उत्साहपूर्ण सुधार भएको हो ।

नाफा बढेसँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १०.९५ रुपैयाँ बढेर ३९.१३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २१६.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १७.७९ गुणा बढी छ ।

चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेको बैंकको २०७९ असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब २४ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १९.४३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ । बैंकले गत आवमा पुँजीकोष अनुपात कायम गर्न नसक्दा लाभांश वितरणमा रोक लागेको थियो सोही कारण बैंकको सेयरधनी कोष १४०.४४ प्रतिशत बढेर ३ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ पुगेको छ । सञ्चित कोषबाट बैंकले ३३ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता राख्दछ ।

एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश, १ कित्ताको लगानी १३.१२ कित्तामा परिणत

गत आर्थिक वर्षको चौथो त्रैमाससिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको अधिकांश सूचकमा उत्त्साहपूर्ण सुधार आएको छ । बैंकको खुद ब्याज आम्दानी २७.५८ प्रतिशत, फि तथा कमिसन आम्दानी २४.३७ प्रतिशत, सञ्चालन नाफा ३३.५९ प्रतिशत, जगेडा कोष ४५.५१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको निक्षेप १ प्रतिशत र कर्जा १.४८ प्रतिशत बढेको छ ।

गत आवमा बैंकले २ खर्ब ८९ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५२ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले ११ अर्ब ७७ करोड २१ लख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी, २ अर्ब १ करोड ९५ लख ३३ हजार रुपैयाँ फि तथा कमिसन आम्दानी, ६ अर्ब ४० करोड ९९ लाख ४१ हजार सञ्चालन आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात ०.४९ प्रतिशत, पुँजी कोष अनुपात १३.५१ प्रतिशत, कर्जा निक्षेप अनुपात ८६.२६ प्रतिशत, निक्षेप संकलन लागत ७.३९ प्रतिशत, आधार दर ९.२५ प्रतिशत र स्पेडदर ४.४० प्रतिशत रहेको छ ।  समीक्षा अवधिमा बैंकको लागत २.०९ प्रतिशत र आधार दर २.४१ प्रतिशतले बढेकाले बैंकका ऋणीहरुको ब्याजदर महङ्गिएको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।