जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्षमा १ खर्ब ३९ अर्बको व्यवसाय

0
Shares

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय गरेका छन् । जीवन बीमा कम्पनीहरूले संकलन गर्ने बीमाशुल्क गत आर्थिक वर्ष २०७८/७९ मा औसतमा १४.६३ प्रतिशतले वृद्धि भएको छ । गुराँस लाइफ बाहेक सबै जीवन बीमा कम्पनीहरुको बीमाशुल्क बढेको हो ।

बीमा जनचेतना विस्तारसँगै बीमा कम्पनीहरको पोलिसी बिक्री दरमा सुधार आएपछि बीमा शुल्क संकलनमा वृद्दि भएको छ । असार मसान्तसम्म सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख ९ हजार रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेका छन् । यस अवधिमा कुल सक्रिय बीमालेखको संख्या १ करोड ३० लाख ९९ हजार ६३२ छ । यीनै बीमालेखको बिक्री तथा नवीकरणबाट सो व्यवसाय भएको हो ।

गत आवमा जीवन बीमा कम्पनीहरुले नवीकरणीय बीमाशुल्क ९७ अर्ब १९ करोड ३४ लाख ६९ हजार रुपैयाँ र प्रथम बीमा शुल्क ४१ अर्ब ४४ करोड ७० लाख ४० हजार रुपैयाँ संकलन गरेका हुन् । अघिल्लो आर्थिक वर्ष २०७७।७८ मा १९ जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेका थिए ।

गत आर्थिक वर्ष २०७८।७९ मा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३५ अर्ब ३८ करोड ३६ लाख ३५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्दै पहिलो बनेको छ । बीमा शुल्क आर्जनमा कम्पनीको हिस्सा एक चौथाई अर्थात २५ प्रतिशत माथि रहेको छ । अघिल्लो आव २०७७।७८ मा नेपाल लाइफले ३२ अर्ब ८४ करोड रुपैयाँ कुल बीमाशुल्क उठाएको थियो । समीक्षा अवधिमा कम्पनीले ७.७५ प्रतिशतले बीमाशुल्क संकलन वृद्धि गरेको हो ।

जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन (रू लाखमा)
क्र.सं. बीमक  २०७९ असार मसान्त
२०७८ असार मसान्त
अन्तर प्रतिशत
1 नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  353,836.35 328,400.00 7.75
2 लाइफ इस्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड 182,232.98 171,400.00 6.32
3 नेशनल लाईफ इस्योरेन्स कम्पनी लिमिटेड  143,396.97 121,600.00 17.93
4 राष्ट्रिय बीमा संस्थान 84,763.74 74,100.00 14.39
5 युनियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  79,239.05 67,700.00 17.04
6 एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  68,763.04 59,200.00 16.15
7 सिटिजन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  54305.23 35,900.00 51.27
8 मेट लाइफ इस्योरेन्स 52,316.04 50,200.00 4.22
9 सुर्या लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  49,943.62 42,600.00 17.24
10 प्राइम लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  46,021.03 40,300.00 14.20
11 रिलायाबल नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  39,494.56 29,900.00 32.09
12 ज्योती लाइफ इस्योरेन्स लिमिटेड  38,099.26 31,000.00 22.90
13 आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  35,399.26 27,900.00 26.88
14 सन नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  33,609.81 22,200.00 51.40
15 रिलायन्स लाइफ इस्योरेन्स लिमिटेड  31,280.02 25,700.00 21.71
16 गुराँस लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  30,805.79 36,800.00 -16.29
17 प्रभु लाइफ इस्योरेन्स लिमिटेड  23,926.56 14,500.00 65.01
18 सानिमा लाइफ इस्योरेन्स लिमिटेड  23,103.20 19,500.00 18.48
19 महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेड  15,868.58 10,600.00 49.70
जम्मा  1,386,405.09 1,209,500.00 14.63

 

गत आव २०७८।७९ को असार मसान्तसम्ममा लाइफ इस्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले १८ अर्ब २२ करोड ३२ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दै दोस्रो भएको छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ३३ करोड ९६ लाख ९७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै समीक्षा अवधिमा राष्ट्रिय बीमा संस्थानको ८ अर्ब ४७ करोड ६३ लाख ७४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा युनियन लाइफले ७ अर्ब ९२ करोड ३९ लाख ५ हजार रुपैयाँ, एशियन लाइफले ६ अर्ब ८७ करोड, ६३ लाख ४ हजार, सिटिजन लाइफले ५ अर्ब ४३ करोड ५ लाख २३ हजार र मेट लाइफ इस्योरेन्सले ५ अर्ब २३ करोड १६ लाख ४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हो ।

यसैगरी गत आर्थिक वर्षमा सूर्या लाइफ इन्स्योरेन्सले ४ अर्ब ९९ करोड ४३ लाख ६२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्राइम लाइफले ४ अर्ब ६० करोड २१ लाख ३ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफ ३ अर्ब ९४ करोड ९४ लाख ५६ हजार, ज्योति लाइफ ३ अर्ब ८० करोड ९९ लाख २६ हजार, आइएमई लाइफ ३ अर्ब ५३ करोड ९९ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

बाँकी ६ जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन साढे ३ अर्ब रुपैयाँभन्दा कम छ । सन नेपाल लाइफ इन्स्योरेन्सले गत आवमा ३ अर्ब ३६ करोड ९ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा रिलायन्स लाइफ इन्स्योरेन्सले ३ अर्ब १२ करोड ८० लाख २ हजार, गुराँस लाइफले ३ अर्ब ८ करोड ५ लाख ७९ हजार रुपैयाँ, प्रभु लाइफले २ अर्ब ३९ करोड २६ लाख ५६ हजार रुपैयाँ, सानिमा लाइफले २ अर्ब ३१ करोड ३ लाख २० हजार रुपैयाँ र सबैभन्दा पुछारमा रहेको महालक्ष्मी लाइफले १ अर्ब ५८ करोड ६८ लाख ५८ हजार रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षमा देशको आर्थिक अवस्थामा अपेक्षिकृत सुधार हुन नसकेपनि जीवन बीमा क्षेत्रमा करिब १५ प्रतिशत वृद्धि हुनुलाई सन्तोषजनक मान्नुपर्ने देखिन्छ ।

ब्यवसाय वृद्धिदरमा नयाँ कम्पनी अगाडि, प्रभु लाइफको सर्वाधिक बढ्यो

गत आर्थिक वर्ष २०७८।७९ मा १९ जीवन बीमा कम्पनीहरुमध्ये चार वर्ष अगाडि स्थापना भएका नयाँ कम्पनीहरु अगाडि देखिएका छन् । व्यवसाय बढाउने शीर्ष दशमा नौं वटा नयाँ जीवन बीमा कम्पनीहरु रहेका छन् ।

प्रभु इन्स्योरेन्सले सबैभन्दा धेरै ६५.०१ प्रतिशतले कुल बीमाशुल्क संकलन बढाउँदा सन नेपाल, सिटिजन्स लाइफ र महालक्ष्मी लाइफ क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । सन् नेपालको कुल बीमाशुल्क ५१.४०, सिटिजन्स लाइफ ५१.२७ र महालक्ष्मी लाइफले ४९.७० प्रतिशतभन्दा बढीले व्यवसाय विस्तार गरेका हुन् ।

यसैगरी रिलायबल नेपालले ३२.०९ प्रतिशत, आईएमई लाइफ २६.८८, ज्योति लाइफ २२.९० प्रतिशत, रिलायन्स लाइफले २१.७१ प्रतिशत र सानिमा लाइफले १८.४८ प्रतिशतले कुल बीमाशुल्क संकलन वृद्धि गरेको हो ।

जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन वृद्धि
क्र.सं. बीमक  अन्तर प्रतिशत
1 प्रभु लाइफ इस्योरेन्स लिमिटेड  65.01
2 सन नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  51.40
3 सिटिजन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  51.27
4 महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेड  49.70
5 रिलायाबल नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  32.09
6 आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  26.88
7 ज्योती लाइफ इस्योरेन्स लिमिटेड  22.90
8 रिलायन्स लाइफ इस्योरेन्स लिमिटेड  21.71
9 सानिमा लाइफ इस्योरेन्स लिमिटेड  18.48
10 नेशनल लाईफ इस्योरेन्स कम्पनी लिमिटेड  17.93
11 सुर्या लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  17.24
12 युनियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  17.04
13 एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  16.15
14 राष्ट्रिय बीमा संस्थान 14.39
15 प्राइम लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  14.20
16 नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  7.75
17 लाइफ इस्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड 6.32
18 मेट लाइफ इस्योरेन्स 4.22
19 गुराँस लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  -16.29
20 जम्मा  14.63

 

चारवर्ष अघि स्थापना भएका नयाँ जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय विस्तारमा पुराना कम्पनीहरुलाई टक्कर दिने गरि अगाडि बढ्न थालेका छन्। नयाँ जीवन बीमा कम्पनीको रुपमा स्थापित युनियन लाइफले पुराना पाँच जीवन बीमा कम्पनीहरु सूर्या लाइफ, प्राइम लाइफ, गुराँस लाइफ इन्स्योरेन्सलाई पछि पार्दै पाँचौँ स्थान ओगटेको छ । व्यवसायको वृद्धिको आधारमा मात्र होइन रकमका आधारमा पनि युनियन लाइफले पुराना पाँच कम्पनीहरु एशियन लाइफ, मेट लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, गुराँस लाइफ इन्स्योरेन्सलाई पछाडि पार्दै बीमाशुल्क रकमका आधारमा शीर्ष पाँचभित्र समेटिएको हो ।

प्रथम बीमाशुल्क र नवीकरण बीमाशुल्क दुबैमा आक्रमक ब्यापार गरेपछि युनियन पुराना कम्पनीभन्दा अगाडि पुगेको हो । नयाँ खुलेका नौं कम्पनी व्यवसाय विस्तारमा अग्रस्थानमा रहेका हुन् । अघिल्ला वर्षहरुमा नै वृद्धि गरेको व्यवसाय (पुराना बीमा पोलिसी) बाट प्राप्त हुने बीमाशुल्क संकलन र नवीकरणमा पुराना कम्पनीहरु रमाउँदै गर्दा नयाँ बीमा कम्पनीहरुलाई पुराना कम्पनीहरुसँग प्रतिस्पर्धामा उत्रन पनि नयाँ बीमा पोलिसी बिक्री गर्नुपर्ने चुनौती छ । यसले पनि नयाँ कम्पनीहरुलाई व्यवसाय विस्तार गर्नेुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको देखिन्छ ।

पुराना जीवन बीमा कम्पनीतर्फ नेशनल लाइफ इन्स्योरेन्सले १७.९३ प्रतिशतले कुल बीमाशुल्क संकलन वृद्धि गर्दा सूर्या लाइफ १७.२४, र युनियन लाइफले १७.०४ प्रतिशतले बीमाशुल्क संकलन बढाएको छ । एशियन लाइफ इन्स्योरेन्सले १६.१५ प्रतिशत, राष्ट्रिय बीमा कम्पनी १४.३९ प्रतिशत र प्राइम लाइफ इन्स्योरेन्सले १४.२० प्रतिशतले बीमाशुल्क संकलन वृद्धि गरेको छ ।

गत आवमा नेपाल लाइफको ७.७५ प्रतिशत, एलआईसीको ६.३२ र मेट लाइफ इन्स्योरेन्सले ४.२२ प्रतिशतले कुल बीमाशुल्क रकम वृद्धि गरेको छ । कयौं वर्षदेखि बीमा बजारमा अधिपत्य जमाएका बीमा कम्पनीहरुको व्यवसाय विस्तार (नयाँ बीमा पोलिसी बिक्री) को दर निकै सुस्त देखिएको छ । पुराना सबैजसो बीमा कम्पनीको व्यवसाय विस्तार अघिल्लो आवमा भन्दा सामान्य वृद्धि देखिँदा गुराँस लाइफको भने घटेको तथ्याङ्कमा देखिएको छ । समीक्षा अवधिमा गुराँस लाइफको कुल बीमाशुल्क संकलन भने १.२९ प्रतिशतले घटेको हो ।

बीमाशुल्क आर्जनमा कुन कम्पनीको हिस्सा कति ?

जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा कुल व्यवसायको २५.५२ प्रतिशत अर्थात एक चौथाई हिस्सा सहित नेपाल लाइफ इन्स्योरेन्स प्रथम स्थानमा रहेको छ ।

नेपाल लाइफलाई पच्छाएको लाइफ इस्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको १३.१४ प्रतिशत र नेशनल लाईफ इस्योरेन्स कम्पनी लिमिटेडको १०.३४ प्रतिशत रहेको छ । बाँकी सबैको दश प्रतिशतभन्दा कम छ ।

गत आवमा संकलित कुल बीमाशुल्कमा राष्ट्रिय बीमा संस्थानको हिस्सा ६.११ प्रतिशत, युनियन लाइफ इस्योरेन्सको ५.७२ र एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको ४.९६ प्रतिशत छ । यस्तै सिटिजन लाइफ इस्योरेन्स कम्पनीको ३.९२ प्रतिशत, मेट लाइफ इस्योरेन्स ३.७७, सुर्या लाइफ इस्योरेन्स ३.६० र प्राइम लाइफ इस्योरेन्सको ३.३२ प्रतिशत छ ।

जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन हिस्सा
क्र.सं. बीमकको नाम प्रतिशत
नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  25.52
लाइफ इस्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड 13.14
नेशनल लाईफ इस्योरेन्स कम्पनी लिमिटेड  10.34
राष्ट्रिय बीमा संस्थान 6.11
युनियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  5.72
एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  4.96
सिटिजन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  3.92
मेट लाइफ इस्योरेन्स 3.77
सुर्या लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  3.60
१० प्राइम लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  3.32
११ रिलायाबल नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  2.85
१२ ज्योती लाइफ इस्योरेन्स लिमिटेड  2.75
१३ आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  2.55
१४ सन नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  2.42
१५ रिलायन्स लाइफ इस्योरेन्स लिमिटेड  2.26
१६ गुराँस लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  2.22
१७ प्रभु लाइफ इस्योरेन्स लिमिटेड  1.73
१८ सानिमा लाइफ इस्योरेन्स लिमिटेड  1.67
१९ महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेड  1.14
  कुल 100.00

 

गत आवमा संकलित कुल बीमाशुल्कमा रिलायाबल नेपाल लाइफ इस्योरेन्सले संकलन गरेको बीमाशुल्कले २.८५ प्रतिशत, ज्योती लाइफ इस्योरेन्स २.७५ प्रतिशत, आइएमई लाइफ इस्योरेन्सको २.५५, सन नेपाल लाइफ इस्योरेन्सको २.४२, रिलायन्स लाइफ इस्योरेन्सको २.२६ प्रतिशत र गुराँस लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको २.२२ प्रतिशत हिस्सा ओगटेको छ ।

प्रभु लाइफ इस्योरेन्सको बीमाशुल्क संकलन कुल रकमको १.७३ प्रतिशत, सानिमा लाइफ इस्योरेन्सको १.६७ प्रतिशत र सबैभन्दा कम बीमाशुल्क संकलन गरेको महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेडको हिस्सा १.१४ प्रतिशत रहेको देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।