सबै वर्गले रुचाए ‘प्रकाश’,- नीति निर्माता, बौद्धिक वर्ग एवं राजनीतिज्ञलाई हेर्न सुझाव

0
Shares

गत भदौ १० गतेदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र ‘प्रकाश’ ले दर्शकको मन जित्न सफल भएको छ । चलचित्र हेरेका सबै वर्गमा मानिसहरुले ‘प्रकाश’ लाई रुचाएका छन ।

चलचित्र ‘प्रकाश’ हेर्ने दर्शकहरुको सकारात्मक प्रतिक्रिया पाएपछि मल्टीप्लेक्सहरुले शो थपेका छन । चलचित्र हेरेका दर्शकले दिएको प्रतिक्रिया र माउथ पब्लिसीटि बढेपछि सबै वर्गका मानिसहरु चलचित्र ‘प्रकाश’ हेर्न पुगेका छन् भने सामाजिक सञ्जाल फेसबुक र ट्वीटर मार्फत आफ्ना साथीहरुलाई चलचित्र हेर्न सिफारिस समेत गरिरहेको देखिन्छ ।

चलचित्रले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गर्छ । व्यक्ति, परिवार, समाज, राजनीति, तथा समाजिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । चलचित्रले दर्शक, चलचित्रकर्मी, समिक्षक, राजनीतिज्ञ लगायत बौद्धिक वर्गमा व्यक्तित्वहरुले सकारात्मक प्रतिक्रिया दिएका मात्र छैनन् । उनीहरुले मुलुकका नीति निर्माता, वौद्धिक वर्ग एंव राजनीतिज्ञहरुलाई कम्तिमा एकपटक हेर्न समेत सुझाब दिएका छन ।

मंगलबार राजधानीको लबिम मलमा श्रीमति सहित चलचित्र हेरेका राजनीतिज्ञ एंव पूर्व पत्रकार रविन्द्र मिश्रले सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै ‘प्रकाश’ले आफुलाई रुवाएको उल्लेख गरेका छन्। साथै मिश्रले छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बुबाआमालाई आग्रह समेत गरेका छन्। 

मिश्रले अगाडी लेखेका छन्, ‘गरिबि, माओवादी द्वन्द्व, समाज/शिक्षाको चरम राजनीतिकरण र एउटा असल युवाको सरकारी शिक्षक बन्ने सपनाको दुखान्त समिश्रण हो – ‘प्रकाश’। लेखन, निर्देशन, अभिनय र प्रस्तुति सबै दृष्टिकोणबाट सिनेमा उत्कृष्ट छ। राम्रो र शक्तिशाली सिनेमा बनाउन गीत, संगीत, नृत्य नभए पनि हुन्छ र विषयवस्तु सामान्य भए पनि हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो – ‘प्रकाश’। सामान्य विषयवस्तुले कलात्मकरूपमा जिवन्तता पाएको छ। मेरो बुबाले भन्नुहुन्थ्यो, ‘कलामा विषयवस्तु होइन प्रस्तुति प्रधान हुन्छ। प्रकाश नहेरको भए पछुतो हुने रहेछ।’

यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चलचित्र ‘प्रकाश’को कथा निकै सशक्त रहेको बताएका छन् । गत आइतबार नाइट शोमा चलचित्र हेरेका थापाले ‘प्रकाश’ ले धेरै कुराहरु भनेको छ भन्दै आफुलाई बेपत्ता परिवारको कथा निकै सशक्त लागेको प्रतिक्रिया दिए । जुम्लाको जनजीवन, भाषा र त्यहाँको समाज बुझ्न चाहने जो कोहीलाई पनि यो चलचित्रले अन्तै बसेर जुम्ला देखाउन सक्षम रहेको उनको भनाई छ । चलचित्रले बर्गिय विभेदसहित अन्य धेरै पक्ष देखाएको भन्दै थापाले नेपाली चलचित्र हेर्न आग्रह गरे ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वर्गीय विभेद , राजनीतिक भष्ट्राचार , प्रशासनिक भष्ट्राचार लगायतका विषयमा बनेको फिल्मले उत्कृष्ट रहेको प्रतिक्रिया दिए । उनले फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै आफूले उठाउदै आइरहेको मुद्दालाई फिल्ममा हेर्न पाइएको बताए । उनले राज्यले दिने अवसर वर्गीय, जातीय नभई निष्पक्ष हुनपर्नेमा जोड दिए । ‘राज्यले नागरिकलाई एक हिसावमा अवसर दिनु पर्छ । त्यहाँ वर्गीय , जातीय र पुँजीय प्रभाव देखिनु हुँदन भन्दै उनले फिल्म आम दर्शकसँगै अहिले सत्तामा रहेका राजनीतिक दलले हेर्नु पर्ने बताए।

वरिष्ठ निर्देशक तुलसी घिमिरेले प्रकाश अर्गानिक चलचित्र रहेको उनको धारणा छ ।नेपालीमा बर्नुपर्ने प्रकाश जीस्तो फिल्म भएको बताए । उनले यस्ता चलचित्रले विदेशमा नेपालमा चिनाउने उनको भनाई छ । चलचित्रमा कलाकार छनौटदेखि छायाङ्न, लोकेशसन सबै उत्कृष्ट रहेको घिमिरेले बताए । उनले प्रदिप खड्का, दिया मास्के लगायत सबै कलाकारको अभिनय उत्कृष्ट रहेको बताए । साथै उनले चलचित्रमा आमा बनेकी दिया मास्केले गाईसँग गरेको संवाद ले मन छोएको बताए ।

प्रकाश हेरेपछि लेखक नयनराज पाण्डे आफ्नो सामाजिक सञ्जालमा लेख्छन, ‘प्रकाश’को अँध्यारो मनभित्रै पसेको छ । पछिल्लो समय ‘दोख’, ‘पानीफोटो’, ‘राधा’ पनि हेरियो । यी सबै निकै राम्रा सिनेमा हुन् । ‘प्रकाशु’ यी मध्ये अझै राम्रो बनेको छ ।

गरिबीको मार झेलिरहेकाहरू भुइँमान्छेहरूलाई नेपालको राजनीतिरसत्ताले विगतदेखि अहिलेसम्मै सधैं उपेक्षा गरिरह्यो । जनयुद्धका क्रममा जनतालाई अनेक सपनाहरू बाँडेको माओवादी पार्टी सत्तासीन भएपछि शोषण अर्को आयामसहित उपस्थित भयो । समाजको यो अँध्यारो पाटोलाई ‘प्रकाश’ ले हाम्रा सामु प्रस्तुत गरेको छ । सुन्दर कर्णालीको मटमैलो अनुहार देखिन्छ यो सिनेमामा ।

‘प्रकाश’ को शिक्षक भन्ने सपनालाई आफ्नो कमाइको साधन बनाउने राजनीतिज्ञ र सरकारी नीतिले अनेक तरहले प्रहार गर्छन् । त्यसमाथि समाजमा गाढिएर बसेको जातीय विभेदले प्रकाशको प्रेममा पनि हस्तक्षेप गर्छ । उसो त कथा नौलो पटक्कै लाग्दैन । यो हामीले देखिरहेकै,सुनिरहेकै, भोगिरहेकै कथा हो ।

तर पनि कथाको परिणति के होला भनेर दर्शक अन्त्यसम्मै भारी मनले उत्सुक भैरहन्छन् । प्रकाशको कतयचथतभििष्लन को यही विशेषता हो । सिनेमाको शीर्षक ुप्रकाशु । तर प्रकाशको घरभित्र बलिरहने टुकीले प्रकाश र उनकी आमा सीताको जीवनको अँध्यारोलाई गजब विम्ब दिएको छ । कर्णालीका घरका भित्ताहरूमा समाज रूपान्तरणका अनेक नाराहरू लगातार देखिन्छन् । ती नाराले नेपालको राजनीतिको कुरूप चित्रलाई अझै टडकारो रूपमा प्रष्ट पार्छ ।

प्रकाशका सबै पात्रहरूको उम्दा अभिनयले कथा र सिनेमालाई सार्थक ब्यक्तित्व दिएको छ । तर प्रकाश र उनकी आमाको भूमिका निर्वाह गरिरहेका प्रदीप खड्का र दीया मास्केले अभिनयको मानक खडा गरेका छन् । अभिनयमा रुचि राख्नेहरूका लागि उनीहरूको अभिनय एउटा गजबको पाठ्यक्रम हो ।
प्रकाश हेरिरहँदा मैले आफ्नै  ‘उलारु र उलारका ‘प्रेमललवा’ र ‘द्रौपदी’ लाई पनि सम्झिरहेँ । गरिबका सपना र संघर्ष उस्तै । उनीहरूमाथि गरिने शोषण र दमनको स्वरूप उस्तै । उनीहरूको जीवनमा जमेको ‘अँध्यारो’ को दह उस्तै । अनि जीवन परिवर्तन गर्ने उज्यालो अर्थात् ‘प्रकाश’ को चाहना उस्तै ।

त्यसैगरी कर्णाली मै जन्मनु भएका कर्णाली को समस्या र संम्भावना दुबै बिषयमा अध्ययन तथा अनुसन्धान गरि सक्नु भएका कर्णाली बिकास आयोग का पुर्ब अध्यक्ष डा, के बि रोकायाले फिल्मले मार्मिक र कर्णाीकोे वास्तविक अवस्थालाई चित्रण गर्न सफल भएको बताए ।

उनले चलचित्र हेरेपछ आफ्नो फेसबुक स्टाटसमा लेखेका छन । ‘प्रकाशले कर्णालीमा ब्यबस्था परिबर्तन भए पनि जनताको अबस्थामा कुनै परिबर्तन भएको छैन । गरिबी, अत्याचार, उत्पीडन, शोषण, थिचोमिचो झन बढेर आएको छ । हिजोका राणाकालिन, पन्चायतकालिन शासकहरूले जुन जनता माथि अत्याचार, दमन र शोषण गरि, न्याय र अधिकारको लागि आबाज उठाउनेलाइ बेपता पार्ने, दमन गर्ने गरेका थिए । तर आज व्यबस्था परिबर्तन भै गणतन्त्र आइसक्दा पनि ती हिजोका शासकहरूले रङ्ग परिबर्तन गरि गणतन्त्रमा पनि ती शासकभै हिजो भन्दा बढी शोषण, दमन, अत्याचार र पैसा पावरको आडमा जनतालाई थिचोमिचो गरिरहेका छन । हिजो जस्का लागि परिवर्तन होस भनेर जनताले लडेका थियो, त्यो बर्गको जुनसुकै ब्येबस्था परिवर्तन भए पनि उसको लागि गरिबी, शोषण, दमन कायममै छ, न्याय र अधिकार पाउन सकेका छैनन भन्ने सन्देश यो फिल्मले दिएको छ । फिल्म मार्मिक छ, कर्नालिको वास्तविक अवस्थालाई चित्रण गर्न सफल भएको छ । प्रकाश फिल्मको सम्पुर्ण टिम, कलाकारहरू बिशेष गरेर फिल्मको लेखनलाई धन्यवाद दिन चाह्न्छु । फिल्म सबै दर्शकहरुले हेरि दिन हुन अनुरोध गर्दछु ।

फिल्मलाई बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको एसोसियट डाइरेक्टरमा अष्ट्रेलियमा फिलम सम्बन्धी अध्ययन गरिरेहका ज्ञान थापा रहेका छन्।

विकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।

कर्णालीको परिवेशमा एक युवाको शिक्षक बन्ने सपना र संघर्षको कथा भनेको चलचित्रलाई विदेशमा चलचित्र हेरेका दर्शकहरुले समेत रुचाएका छन् । बिभिन्न देशमा चलचित्र हेरेका दर्शकहरुले सामाजिक सञ्जालमा चलचित्रको खुलेरै तारिफ गरिरहेका छन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।