चौधरी ग्रुपको ग्रिनफिल्ड प्रोजेक्टमा १५ अर्ब लगानी, वार्षिक १५ लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने

0
Shares

व्यवसायीक घराना चौधरी समुहले पाल्पा जिल्लाको सरदेवामा ग्रिनफिल्ड सिमेन्ट प्रेजेक्टलाई अन्तिम रुप दिने तयारी गर्दै छ । निर्माणको क्रममा रहेको उक्त सिमेन्ट उद्योग समुहले करिब १५ अर्ब लगानी गरेको हो ।

किलिङकर र सिमेन्ट उत्पादन गर्ने गरी निर्माण सुरु भएको उक्त प्रोजेक्टमा कर्जा र इक्विटीको अनुपात ७५ र २५ प्रतिशत हुनेछ । उक्त कम्पनीले दैनिक २ हजार ९ सय ५० टन प्रति दिन क्लिङकर उत्पादन गर्ने समुहले जनाएको छ । त्यसैगरी कम्पनीको दैनिक सिमेन्ट उत्पादन क्षमता २ हजार ८ सय टन रहेको छ । कम्पनी ओपीसी र पीपीसी दूबै खालका सिमेन्ट उत्पादन गर्ने योजनामा रहेको छ ।

सन् २०२२ को अप्रिलसम्मका कम्पनीको क्लिङकराइजेसन यूनिटको भौतिक तथा वित्तीय प्रगती ८५ देखि ९० प्रतिशत पुगेको कम्पनीले जनाएको छ । साथै कोष व्यवस्थापनका लागि सम्झौता भैनसकेको र निर्माणको काम पनि हालसम्म सुरु भने भैसकेको छैन । समहुले उक्त कम्पनीलाई सान २०२२ जुलाइसम्मव्यवसायीक सञ्चालन गर्ने योजना राखेको भएपनि केही ढिला भएको छ ।

सिमेन्ट उद्योगका लागि ठुलो मात्रामा पुँजी आवश्यक हुन्छ । ठुलो मात्रामा चाहिने पुँजीको स्रोत भनेको कर्जा हो । उच्च कर्जा हुने भएकाले कम्पनीले उत्पादन सुरु गरेको केही वर्ष कर्जा भूक्तानीका लागि नै ध्यान दिनुपर्ने हुन्छ । त्यसका साथै पछिल्लो समयमा देखिएको वित्तीय क्षेत्रको तरलता समस्या तथा बढ्दो ब्याजदरले पनि कम्पनीलाई थप असर गर्ने देखिन्छ ।

नेपालको सिमेन्ट उद्योगको पछिल्लो अवस्था हेर्दा प्रतिस्पर्धा बढ्दै गएको छ । सन २०२१ को जुलाइसम्ममा नेपालमा ५५ सिमेन्ट उत्दान गर्ने र २० क्लिङकर उत्पादन गर्ने कम्पनी स्थापना भैसकेका छन । त्यसका साथै सोही अनुपातमा आउन इच्छुक कम्पनीहरुले आवेदन पनि दिइसकेको अवस्था छ । त्यति मात्र नभई पुराना कम्पनीहरुले पनि उत्पादन क्षमता बढाएका छन् । त्यसले पनि सीजी पाल्पाका लागि प्रतिस्पर्धा झौ बढ्ने देखिन्छ । उत्पादनमा आएको वृद्धिका कारण कमप्नीहलाइ आम्दानी मार्जिनमा समेत कमी हुदै गएको छ । सिमेन्ट उद्योग क्षेत्रमा माग र भुक्तानी विचको अनिश्चितताले कम्पनीको क्षमता, आम्दानी तथा नाफामा असर गर्ने देखिन्छ । पछिल्लो समयमा सरकारले सिमेन्टको निर्यातमा ८ प्रतिशत नगद छुट दिने व्यवस्था भने यो क्षेत्रका लागि सकारात्मक रहेको छ ।

कम्पनीको क्लिङकराइजेसन यूनिट व्यवसायीक सञ्चालनको नजिक छ । उच्च प्रतिस्पर्धाका कारण सञ्चालनको सुरुका केही वर्ष नाफा गर्न भने सहज छैन ।
चौधरी समुहले यसभन्दा अघि पनि सिमेन्ट उद्योगमा लगानी गरिसकेको छ । समुहले सीजी सिमेन्ट प्राइभेट लिमिटेडवाट सिमेन्ट उत्पादन गर्दे आएको छ । यसले गर्दा पनि सीजी पाल्पा सञ्चालनका लागि थप सहज हुने देखिन्छ । सीजी सिमेन्टले दैनिक एक हजार ५ सय मेट्रिक टन सिमेन्ट दैनिक उत्पादन गर्दे आएको छ । तर, पनि बढ्दो प्रतिस्पर्धामा कम्पनीले आफ्नो ब्राण्ड निर्माण गर्न भने सहज छैन ।

समुहको हालको ग्राइण्डिङ यूनिटका लागि आवश्यक क्लिङकर बिक्री गरेर पनि सीजी पाल्पाले सहज आम्दानी गर्न सक्छ। सीजी पाल्पाका लागि देखिएको सकारात्मक पष भनेको कच्च पदार्थ लाइमस्टोन खर्च अन्यको तुलनामा न्यून हुने देखिन्छ । खानी कम्पनीको दुरी बढी नभएकाले पनि खर्च कम लाग्ने भएको हो ।

कम्पनीले १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बरावरको कर्जाका लागि रेटिङ एजेन्सीमा रेट गरेको छ । इक्रा रेटिङ एजेन्सीले चौधरी समुहको लगानी रहेको हुनाले अन्यको तुलनामा शाख बलियो देखेको छ । इक्राले उक्त रकम बरावरको कर्जाका लागि ९ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बरावरको दिर्घकालिन कर्जाका लागि एलबी प्लस प्रदान गरेको छ भने ३ अर्ब रुपैयाँ बरावरको अल्पकालिन कर्जालाई एफोर रेटिङ दिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।