शिवम् ग्रुपको श्रीकृष्ण दाल उद्योगको आम्दानी २१% ले बढ्दा रक्क्षम इन्टरनेशनलको ३९ प्रतिशत घट्यो

0
Shares

व्यापारिक घराना शिवम् ग्रुप प्रोमोटर रहेको श्रीकृष्ण दाल उद्योगको आम्दानी २१ प्रतिशतले बढ्दा रक्क्षम इन्टरनेशनलको आम्दानीमा ३९ प्रतिशतले गिरावट आएको छ ।

नेपाली भान्साको अत्यावश्क सामाग्री दालको उत्पादन, प्रशोधन तथा वितरण गर्दै आएको श्रीकृष्ण दाल उद्योगको सञ्चालन आम्दानी सन् २०२१ को तुलनामा सन् २०२२मा २१ प्रतिशतले बढेको छ ।

बजारमा दालको माग स्थीर हुँदा पनि उद्योगको आम्दानी निरन्तर बढेको छ । सन् २०२१ मा ८४ करोड ४० लाख रहेको उद्योगको आम्दानी सन् २०२२ मा बढेर ९० करोड ५० लाख पुगेको छ ।

कम्पनीको सञ्चालन आम्दानी वृद्धि भएसँगै उद्योगका वित्तीय सूचांकहरु पनि बलियो देखिएका छन् । डिप्रिसियसन, अर्मोटाइजेसन, कर, ब्याज र भाडा अघिको नाफा कुल आम्दानीको ९.८४ प्रतिशत रहेको छ ।

वार्षिक रुपमा ३० हजार मेट्रिक टन दाल प्रशोधन गर्न सक्ने क्षमता रहेता पनि उद्योगले सन् २०२२ मा कुल प्रशोधन क्षमताको ११ प्रतिशत मात्रै उपभोग गरेको छ । उद्योगले भारी मात्रामा कच्चा पदार्थको आयात गर्ने गरेको छ, जसले कुल आम्दानीको ८०–८८ प्रतिशत हिस्सा ओगटेको छ । कच्चा पदार्थको मूल्य बढ्दै जानु र अन्तराष्ट्रिय बजारमा नेपाली रुपैयाँ कमजोर हुनु लगायतका चुनौतीहरु उद्योगले सामना गर्दै आएको छ ।

सन् २००१ मा स्थापना भएको उद्योगले स्थापनाको समयदेखि नै मुसुरो दाल, मासको दाल, भाप, चनाको दाल उत्पादन, प्रशोधन तथा बिक्री गर्दै आएको छ । शिवम् ग्रुपको लगानी रहेको यस उद्योगका अध्यक्ष पवन कुमार शाह रहेका छन् ।

८५ करोड अल्पकालीन कर्जाका लागि इन्फोमेरिक्स नेपालबाट रेटिङ गराएको छ । इन्फोमेरिकस नेपालले कर्जाका लािग ए४ रेटिङ गरको छ ।

 रक्क्षम इन्टरनेशनलको आम्दानीमा ३९ प्रतिशत गिरावट

व्यापारिक घराना शिवम् ग्रुप प्रमोटर रहेको रक्क्षम इन्टरनेशनलको आम्दानीमा गिरावट आएको छ । गतवर्षको तुलनामा कम्पनीको यो वर्षको आम्दानीमा ३९ प्रतिशतको गिरावट आएको छ ।

सन् २०२१ मा १ अर्ब १ करोड ५६ लाख आम्दानी गरेको कम्पनीको सन् २०२२मा घटेर ८४ करोड ४९ लाख कायम रहेको छ । सन् २०२१ मा ७० प्रतिशतले बढेको सञ्चालन आम्दानी सन् २०२२ मा ३९ प्रतिशतले घटेको हो । सन् २०२०मा ४१ करोड ७८ लाख रहको सञ्चालन आम्दानी सन २०२१ मा १ अर्ब १ करोड ५६ लाख पुगेको थियो ।

कम्पनीले नेपालमा काजु, बदाम, किस्मीस, सन्फलावर सीड्स, पम्पकीन सीड्स लगायतका ड्राइ फ्रुट्सको बिक्री वितरण गर्दै आएको छ । यसका साथै कम्पनीले पशुपन्छीको खाद्यान्न, निर्माण सामाग्रीको पनि बिक्री वितरण गर्दै आएको छ ।

आयातीत सामाग्रीको मूल्यमा भएको वृद्धि र नेपाल सरकारले आयातमा कडाइ गर्नु, अन्तराष्ट्रिय बजारमा नेपाली रुपैयाँ कमजोर हुनु लगायत चुनौतीहरु कम्पनीले सामना गर्नु परेका कारण त्यसको प्रभाव सञ्चालन आम्दानीमा परेको छ ।

तर पनि बलियो व्यापारिक घराना प्रमोटर हुनु, बिक्री गर्ने सामाग्रीहरुको विविधता, बजारमा ड्राइ फ्रुटको स्थीर मागले कम्पनीको आम्दानीलाई निरन्तरमा दिइरहेको छ।

सन् २०१६ मा स्थापना भएको रक्क्षम इन्टरनेशनलले विभिन्न प्रकारका खाद्य सामाग्रीहरुको नेपालभर बिक्री वितरण गर्दै आएको छ । कम्पनीका अध्यक्ष पवन शाह रहेका छन् । ५९ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीलाई इन्फोमेरिकस नेपालले ए४ रेटिङ गरको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।