लघुवित्त विपन्न कर्जा लिने १६ लाख बढी ऋणीको करिब २ खर्ब सुरक्षण

0
Shares

कर्जा तथा निक्षेप सुरक्षण कोषले लघुवित्त विपन्न कर्जा लिएका १६ लाख ३६ हजार ७१२ ऋणीको एक खर्ब ८३ अर्ब रुपैयाँ कर्जा सुरक्षण गरिदिएको छ ।

चालु आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमास अवधिमा कोषले कर्जा सुरक्षण गरे बापत ७३ करोड ५१ लाख रुपैयाँ सुरक्षण शुल्क संकलन गरेको छ ।

त्यस्तै, सरकारले ब्याजमा अनुदान दिएका कर्जामध्ये ६२ अर्ब १६ करोड रुपैयाँको सुरक्षण भएको छ । समिक्षा अवधिमा कोषले ८२ हजार ४८० ऋणीले लिएको सो रकमको बराबरको कर्जाको सुरक्षण गरेको हो । सुरक्षण बापत कोषले २४ करोड ८६ लाख रुपैयाँ सुरक्षण शुल्क संकलन गरेको छ ।

साना तथा मझौला उद्यम कर्जा अन्र्तगत कोषले ६ हजार २३० ऋणीको १२ अर्ब २८ करोड रुपैयाँ सुरक्षण गरेको छ । सुरक्षण बापत कोषले ३६ हजार ८५७ सुरक्षण शुल्क संकलन गरेको छ । त्यस्तै, कृषि कर्जा अन्र्तगत ११ हजार २३६ ऋणीको नौ अर्ब २९ करोड रुपैयाँ कोषले सुरक्षण गरेको छ ।

नेपालमा हाल कायम रहेको कर्जा सुरक्षण कार्यक्रम अन्र्तगत लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रम, साना तथा मझौला उद्यम कर्जा, कृषि कर्जा (धितो जमानी), शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा र निर्यात व्यवसाय कर्जा (धितो जमानी) को सुरक्षण गर्ने गरिन्छ ।

लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रममा अन्र्तगत बिना धितो सामूहिक जमानीको १० लाख रुपैयासम्मको कर्जाको सुरक्षण गरिन्छ । शैक्षिक प्रमाणपत्र धितोमा राखी दिइने सात लाख रुपैया कर्जाको, धितो जमानी कर्जाका २० लाखसम्मको कर्जा, परियोजना धितोको १० लाख र व्यक्तिगत, सामुहिक जमानी वा परियोजना धितो राखी दिइने १५ लाख रुपैयाँसम्मको कर्जाको सुरक्षण गरिन्छ ।

यस्तो खालको कर्जाको सुरक्षण शुल्क ०.८ प्रतिशत तोकिएको छ । यस्तो कर्जा क्षति भएमा दाबीको ७५ प्रतिशत रकम दुई किस्तामा भुक्तानी गरिन्छ ।

त्यस्तै, साना तथा कृषि कर्जा अन्र्तगत एक करोड रुपैयाँसम्म र एक करोड रुपैयाँ भन्दा माथिको रकमको कोषको पूर्व स्वीकृतिमा कर्जाको सुरक्षण गरिन्छ । यस्तो खालको कर्जाको सुरक्षण शुल्क ०.६ प्रतिशत तोकिएको छ ।

सुरक्षण गरिएको रुपैयाँको रकमको ८० प्रतिशतसम्म दाबी भुक्तानी गरिन्छ । यो व्यवस्था ५० लाखसम्मको कर्जामा लागू हुनेछ । ५० लाख रुपैयाँ भन्दा माथिको कर्जाको हकमा ७० प्रतिशतसम्म क्षतिपूर्ति भुक्तानी गरिन्छ ।

त्यस्तै, १० लाख रुपैयासम्मको अध्ययन कर्जाको सुरक्षण गरिन्छ । व्यवसायिक तालिम प्राप्त व्यक्तिगतबाट व्यवसाय गर्न लिएको ५ लाख रुपैयाँसम्मको कर्जाको पनि सुरक्षण गरिन्छ । यस्तो खालको कर्जाको सुरक्षण शुल्क १ प्रतिशत तोकिएको छ । सुरक्षण गरिएको यस्तो खालको कर्जाको ८० प्रतिशतसम्म दाबी भुक्तानी गरिन्छ ।

साथै कोषले दुई लाख रुपैयाँसम्मको निर्यात कर्जाको सुरक्षण गर्छ भने कोषको पूर्व स्वीकृतिमा १० लाख रुपैयाँसम्मको कर्जाको सुरक्षण गरिन्छ । यस्तो खालको कर्जाको पनि सुरक्षण शुल्क १ प्रतिशत तोकिएको छ । दुई लाख रुपैयाँसम्मको कर्जाको हकमा कोषले ८० प्रतिशत दाबी भुक्तानी गर्छ भने १० लाख रुपैयाँसम्मको कर्जाको हकमा ७० प्रतिशत दाबी भुक्तानी गरिन्छ ।

कोषको तथ्यांक अनुसार गत आवमा कोषले लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रम अन्र्तगत १६ लाख ४८ हजार ९४ ऋणीको एक खर्ब ७८ अर्ब रुपैयाँ बराबरको कर्जा सुरक्षण गरिएको छ । साना तथा मझौला उद्यम कर्जा अन्र्तगत पाँच हजार ७१३ ऋणीको १० अर्ब ८९ करोड रुपैयाँको सुरक्षण भएको छ । कृषि कर्जा अन्र्तगत नौ हजार ८३४ ऋणीको सात अर्ब ९१ करोड रुपैयाँ बराबरको सुरक्षण भएको छ । व्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा अन्र्तगत ८० हजार ३६२ ऋणीको ६६ अर्ब ४२ करोड रुपैयाँको सुरक्षण भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।