स्वास्थ्य बीमामा सवा १९ लाख घरपरिवार जोडिए, असक्तदेखि एचआईभी संक्रमितलाई निःशुल्क

0
Shares

नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा १९ लाख २१ हजार ४९८ घरपरिवार आवद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको पछिल्लो तथ्यांक अनुसार सो संख्याको घर परिवार स्वास्थ्य बीमामा जोडिएका हुन् ।

बोर्डको तथ्यांक अनुसार १६ हजार २९८ एचआईभी संक्रमित आबद्ध घरपरिवार स्वास्थ्य बीमामा जोडिएका छन् । त्यस्तै, ९२९ कुष्ठरोग लागेका र ११५६ एमडिआर डिबीबाट संक्रमित घरपरिवार स्वास्थ्य बीमामा आबद्ध भएको बोर्डको तथ्यांक छ । यो संख्या स्वास्थ्य बीमा आबद्ध घरपरिवार संख्याको शून्य दशमलव ९५ प्रतिशत हो ।

त्यस्तै, गरिबीको रेखामुनि भएका ८५ हजार ५५८ घर परिवार स्वास्थ्य बीमामा समेटिएका छन् । यो संख्या कुल आबद्ध जनसंख्याको ४.४५ प्रतिशत हो । साथै सात लाख ४४ हजार १७० ज्येष्ठ नागरिक घरपरिवार स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका छन् । ज्येष्ठ नागरिकको हिस्सा कुल आवद्ध परिवारको ३८ दशमलव ७२ प्रतिशत हो ।

२७ हजार २९५ पूर्ण अशक्तसँग सम्बन्धित घर परिवार बीमा कार्यक्रम आबद्ध भएका छन् । यसको संख्या कुल आबद्ध घरपरिवारको संख्याको १.४२ प्रतिशत हो । त्यस्तै, स्वास्थ बीमामा आबद्धमा स्वास्थ्य स्वय सेविकाको संख्या भने २१ हजार ४२६ छ । यो संख्या आबद्ध परिवारको १.११ प्रतिशत हो ।

सरकारले नागरिकको स्वास्थ्य उपचार पहुँच हुनुपर्ने संबैधानिक अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रमले पाँच जनाको परिवारलाई एक इकाई मानेको छ ।

प्रत्येक परिवारले स्वास्थ्य बीमा आबद्ध हुनका लागि तीन हजार ५०० रुपैयाँ योगदान गर्नुपर्नेछ । योगदान रकम भुक्तानी गरेपछि सो परिवारले एक बर्षसम्म एक लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार सेवा प्राप्त गर्छन् ।

तर, सरकारले ज्येष्ठ नागरिक, अशक्त, स्वास्थ्य स्वयंसेवी, एचआईभी संक्रमित, टिवी संक्रमित र कुष्ठरोगीलाई भने निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।