वालेट, एटिएम र इन्टरनेट बैंकिङको कारोबार शुल्क घट्यो

0
Shares

नेपाल राष्ट्र बैंक विद्युतीय कारोबारमा लाग्दै आएको शूल्क घटाएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गर्दै विद्युतीय कारोबारलाई झनै विस्तार गर्नका कम खर्चिलो बनाएको हो ।

केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार स्वदेशमा अन्तर बैंक एटिएम कार्ड प्रयोग गर्दा लाग्ने शुल्क २० रुपैयाँ शुल्कलाई घटाइ १५ रुपैयाँमा झारेको छ । तर, बैंक वित्तीय संस्थाले मोबाइल एप, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, इलेक्ट्रेनिक वालेटको युजर नाम र पासवर्ड हराएमा/बिर्सिएमा कुनै शुल्क नलाग्ने गरी सम्बन्धित व्यक्तिले आफैँ पुनः प्रप्ति गरी सेवा पुनः सुचारु गर्नसक्ने व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी सेवा प्रदायकले डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टबाट पोइन्ट वा सेल पोइन्ट या कारोबार पिओटी मेसिन मार्फत गरिएको कारोबारमा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले नेपाल सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेट मार्फत गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा पनि शुल्क घटाएको छ ।

निर्देशन अनुसार ५ हजार सम्म ५ रुपौयाँ, ५,००१ देखि १० हजारसम्म ८ र १०,००१ देखि माथि १० रुपैयाँ सेवा शुल्क कायम गरेको छ । यसभन्दा अघि यस्तो कारोबारमा ३ हजार सम्म ५ रुपैयाँ, ३,००१ देखि १० जहा सम्म १० रुपौयँ र १०,००१ देखि माथि २० रुपौयँ सेवा शुल्क लिन पाउने व्यवस्था थियो ।

बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले मोवाइल एप्लिकेशन वा इन्टरनेट बैंकिङ्ग मार्फत विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरूले प्रति कारोबार अधिकतम १० सम्म सेवा शुल्क लिन सक्ने व्यवस्था गरेको छ ।

यसभन्दा अघि बैंक वित्तीय संस्थाले मोवाइल बैंकिङ मार्फत अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा ५० हजार सम्म १० रुपैयाँ, ५० हजार देखि एक लाख सम्म २० रु एक लाख भन्दा माथि ३० रुपैयाँ कारोबार शुल्क लिदै आएका थिए ।

केन्द्रीय बैंकको नयाँ एकीकृत निर्देशिका अनुसार विद्युतीय वालेटमार्फत हुने कारोबारमा एजेन्टमार्फत वालेटमा रकम लोड गर्न र झिक्न ५ हजारसम्म ५ रुपैयाँ, ५,००१ देखि १५ हजार सम्म १५ रुपैयाँ, १५,००१ देखि २५ हजारसम्म २५ रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको छ । त्यसैगरी वालेटबाट बैंकमा रकमान्तर गर्न १० रुपैयाँ कारोबार शुल्क लाग्ने व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।