सामुहिक लगानी कोषहरु लगानीकर्ताकै पैसा फिर्ता गर्न नसक्ने अवस्थामा


सामुहिक लगानी कोषले इकाईधनीको पैसा पनि फिर्ता गर्न नसक्ने अवस्था देखिएको छ । हाल सञ्चालनमा रहेका सामुहिक लगानी कोष योजनाहरुको प्रति इकाई खुदसम्पत्ती अंकित मूल्यभन्दा तल आएपछि अवस्था गम्भीर देखिएको हो ।

धितोपत्रको दोस्रो बजार निरन्तर घट्दो गतीमा गएपछि सामुहिक लगानी कोषका योजनाहरुको खुद सम्पत्ती पनि घट्दै गएको हो ।

हालसम्म सञ्चालनमा रहेका १३ सामुहिक लगानी कोषका योजनाहरु मध्ये चैत महिनामा प्रति इकाइ ११ रुपैयाँ भन्दा माथि भएको एउटा योजना मात्र रहेको छ । पछिल्लो समयमा धितोेपत्रको दोस्रो बजार निरन्तर घट्दो क्रममा रहदाको असर सामुहिक लगानी कोषमा देखिएको हो । गत चैतको महिनामा सेयर बजार ११ सयको बरिपरि रह्यो । तर, पछिल्ला केही साताभने सेयर बजार निरन्तर सुधारको गतीमा देखिएको हुनाले बैंशाखको खुद सम्पत्ती मूल्याङकनमा केही सुधार आउने अवस्था छ ।

धितोपत्र बजारमा सन्तुलन कायम गर्न समेत सहयोग पुर्याउने भनी सञ्चालन गरिएका सामुहिक लगानी कोष योजनाहरुलाइ इकाइधनीलाई प्रतिफल दिनु पर्ने दवाव पनि उत्तिकै छ । तर, धितोपत्रको दोस्रो बजार निरन्तर घट्दो क्रममा रहेपछि धेरै प्रतिफलका लागि बैंक वित्तीय संस्थाको निक्षेपमा समेत आकर्षित भएका लगानी कोषका योजनाहरु नियाकका कारण तोकिएको भन्दा धेरै रकम मुद्दती रकममा समेत राख्न पाएनन् ।

सामुहिक लगानी कोष नियमावली २०६७ अनुसार कुनै पनि सामुहिक लगानी कोषको योजनाको कुल रकमको १० प्रतिशत भन्दा धेरै बैंक वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्न पाइदैन । तरपनि सेयर बजारको अवस्था जटील बनेपछि नियम मिच्न समेत पछि नपरेका सामुहिक लगानी कोषका योजनाहरुको चैत महिनाको अवस्था इकाइधनीलाई निरास गर्ने खालको छ । सर्वसाधारणवाट प्रति इकाइ १० रुपैयाँका दरले पैसा उठाएका योजनाहरुले चैतमहिनाको खुद सम्पत्तीका आधारमा सोही अनुसारको रकम फिर्ता गर्न पनि मुस्किल पर्ने देखिएको हो ।

स्थिर आम्दानी हुने क्षेत्रमा लगानी गर्ने सिमा भएका कारण उयुक्त अवसरको पनि सदुपयोग गर्न नसकेको सामुहिक लगानी कोष सञ्चालन गरेका एक मर्चेन्ट बैंकरका उच्च अधिकारी बताउछन । “सेयर बजार निरन्तर घट्दो क्रममा भयो” ति अधिकारीले भने, “सामुहिक लगानी योजना पनि सर्वसाधारणको पैसा भएकाले हामीले पनि प्रतिफल दिनु पर्ने हुन्छ, बजारको अवस्था भन्दा अनुसार लगानी वढाउने घटाउने भन्दा पनि इकाइधनीलाई प्रतिफल कसरी हुन्छ धेरै दिने सोचेर काम गर्ने हो ।” इकाईधनीलाइ सोचेर काम गर्दा बजार अनुसार चल्न नसकिने उनी बताउछन् । बजारको अवस्थालाइ सम्बोधन गर्नका लागि हामीले इकाइधनीलाइ विर्षनु पर्छ त्यो भनेको असम्भव रहेको उनको भनाइ छ । अहिले बजार निरन्तर घटेर खुद सम्पत्तीमा गिरावट आएको भएपनि बजारमा सुधार आएको खण्डमा खुद सम्पत्ती पनि वढ्ने उनको तर्क छ ।

चैतसम्मको खुद सम्पत्तीलाइ हेर्दा १३ बटा सामुहिक लगानी कोष योजनाको १३ अर्ब ११ करोड ७ लाख ४ हजार ४ सय ६० रुपैयाँ रहेको छ । ती योजनाले सर्वसाधारणवाट नै १२ अर्ब ७० करोड ५२ लाख रुपैयाँ संकलन गरेका थिए । यो तथ्याङक अनुसार सबै सामुहिक लगानी कोष योजनाले ४० करोड ५५ लाख ४ हजार ४ सय ६० रुपैयाँ आम्दानी गरेको देखिन्छ । यो अवधिमा सामुहिक लगानी कोषका योजनाहरुले एक अर्ब २५ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपमा राखेका छन । चैतसम्ममा १३ सामुहिक लगानी कोष योजनाहरुले ८ अर्ब १२ करोड ३९ लाख रुपैयाँ सेयर, डिबेञ्चर तथा बण्डमा लगानी गरेका छन ।

सञ्चालनमा रहेको १३ योजना मध्ये सबैभन्दा ठुलो एक अर्ब ५० करोडको सिद्धार्थ इक्विटी फण्डको प्रतिइकाइ खुद सम्पत्ती १०.८६ रुपैयाँ रहेको छ । चैत महिनामा सबैभन्दा धेरै ११.५३ रुपैयाँ प्रति इकाइ खुद सम्पत्ती हुनेमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ रहेको छ । चैत महिनामा सबैभन्दा थोरै ७.८७ रुपैयाँ प्रति इकाइ खुद सम्पत्ती हुनेमा एनआइबीएल प्रगती फण्ड रहेको छ ।