ब्याजदर घट्दा पनि सकारात्मक हुन सकेन सेयर बजार, नेप्से परिसूचकमा ५ अङ्कको गिरावट


बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएपनि धितोपत्र बजारमा त्यसको सकारात्मक प्रभाव पर्न सकेन । ब्याजदर घट्दा धितोपत्र बजार बढ्ने भनिएपछि पछिल्लो समयमा त्यस्तो सम्बन्ध नदेखिएको हो ।

समान्यत धितोपत्र बजार र ब्याजदरको सम्बन्ध उल्टो रहने गरेको छ । ब्याजदर बढ्दा धितोपत्र बजार घट्ने र ब्याजदर घट्दा सेयर बजार बढ्ने गर्छ । तर, नेपाली पुँजी बजारको पछिल्लो अवस्था भने सो भन्दा फरक देखिएको हो । पछिल्लो समयमा मौद्रक बजारको अल्पकालिन ब्याजदर मात्र नभै बैंक वित्तीय संस्थाले कर्जा निक्षेपको ब्याजदर समेत घटाएको अवस्थामा समेत धितोपत्र बजार सूचकमा सुधार आउन सकेन ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले घटेर १९३३.३१ विन्दु झरेको छ ।

बिहीबार नेप्सेमा ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५१ अङ्कले घटेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहका कम्पनीको सेयर मूल्य बढेको छ भने नौ उपसमूहका कम्पनीको सेयर मूल्यमा भने घटेको छ ।

विभिन्न कम्पनीका कूल ३४ लाख दुई हजार दुई सय ६७ कित्ता शेयर रू एक अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारपछि बजार पुँजीकरण रू २७ खर्ब ९३ अर्ब ४१ करोड ८७ लाख ६२ हजार दुई सय ७८ पुगेको छ ।

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको चार करोड ९४ लाख ९२ हजार छ सय १९ रुपैयाँ बराबरको कारोबार भएको छ । नविल बैंकको तीन करोड ९६ लाख ८३ हजार सात सय ३१, हिमालयन डिस्टिलरी ३ करोड ८३ लाख दुई हजार पाँच सय ८५, नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ३० लाख तीन हजार आठ सय ६१ र सिद्धार्थ बैंकको संस्थापक सेयर दुई करोड ५६ लाख बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त, शुभम पावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी चार दशमलव ९८, किसान लघुवित्त ४.९३ र विन नेपाल लघुवित्तका लगानीकर्ताले ४.२५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, लक्ष्मी लघुवित्त ५.७६, नयाँ सारथी लघुवित्त ४.८०, प्रभु लाइफ इन्स्योरेन्स ४.७४, ग्रीन डेभलपमेन्ट बैंक ४.६८ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले ४.२० प्रतिशतले सेयर मूल्य बढेको छ । बैंकहरुले ब्याजदर घटाउने तथा अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधार हुँदै जाँदा पनि बजारमा भने सकारात्मक संकेत देखाएको छैन ।

तर लगानीकर्ताको मनोबल कमजोर हुँदा कारोबार रकम न्यून नै रहेको छ । चर्को ब्याजदर र तरलता अभावले लामो समयदेखि बजार सुस्त भएको छ । बैंकमा तरलता अभाव चुलियो, ब्याजदर उच्च विन्दुमा पुग्यो । त्यसैगरी बैंकहरुले सेयर बजारमा अल्पकालीन कारोबार गर्न नपाउने लगायतका प्रावधानले पनि थप असर गरेको हुनसक्छ ।

बिहीबार नेप्सेमा २५८ कम्पनीको ३४ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । बिहीबार नेप्सेमा एक अर्ब १४ करोड रुपैयाँ बरावरको सेयर खरिद बिक्री भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।