सानिमा र रिलायन्स लाइफले चैत ९ गतेदेखि एकीकृत कारोबार थाल्ने


सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट चैत ९ गते बिहीबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । मर्जरका लागि गत असार २९ गते प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले मर्जर सम्झौता गरेको ९ महीनापछि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

संयुक्त मर्जर समितिको चैत ५ गते आइतबार बसेको बैठकले मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपश्चात सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने निर्णय गरेको हो । यी दुई कम्पनी एक बराबर एक सेयर अनुपातमा मर्जरमा जान लागेका हुन् ।

हाल सानिमा लाईफको चुक्तापूँजी २ अर्ब र रिलायन्स लाईफको चुक्तापूँजी २ अर्ब १० करोड रहेको छ । मर्जरपछि बन्ने कम्पनीको चुक्तापूँजी ४ अर्ब १० करोड कायम हुनेछ ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते र फागुन २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जर सम्बन्धी अन्तिम स्वीकृती पाएको थियो ।

मर्जर पछि सानिमा रिलायन्स लाइफ कम्पनीको कार्यकारी अधिकृत (सीइओ) शिवनाथ पाण्डे रहने छन् । उनले यसअघि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश लिएका थिए । पाण्डे यस अघि सूर्या लाइफ इन्स्योरेन्सको सीईओ बनिसकेका छन् ।

मर्जर पश्चात सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय काठमाण्डौं महानगरपालिका १० नयाँबानेश्वरमा रहने छ ।

सानिमा लाइफमा गैरआवासीय नेपाली समूहको मुख्य लगानी रहेको छ भने रिलायन्स लाइफ इन्स्योरेन्समा ताराचन्द अग्रवाल अध्यक्ष रहेको केडिया समूह मुख्य प्रवद्र्धकको रुपमा रहेको छ ।

यी दुई कम्पनी एक बराबर एक सेयर आदान प्रदान (स्वाप रेिसयो) मा मर्जरमा गएका हुन् । हाल सानिमा लाईफको चुक्ता पुँजी २ अर्ब र रिलायन्स लाईफको चुक्ता पुँजी २ अर्ब १० करोड रहेको छ । मर्जरपछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड कायम हुनेछ । बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजीको व्यवस्था बमोजिम ५ अर्ब पुँजी कायम गर्न कम्पनीलाइ थप ९० करोड रूपैयाँ पुँजी आवश्यक हुनेछ ।

दुबै कम्पनीको सेयर संरचनामा हाल संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत छ । हाल कायम सेयर संरचना परिवर्तन गरी संस्थापक तर्फको १९ प्रतिशत कम गरि ५१ मा झार्ने र सर्वसाधारणको बढाएर ४९ कायम गर्ने प्रस्ताव दुबै कम्पनीहरूले वार्षिक साधारण सभाबाट पारित गराईसकेका छन् ।

संयुक्त कारोबारको बढीमा १५ कारोबार दिन दुबै कम्पनीको सेयर कारोबार रोक्का हुनेछ ।मर्जर तथा प्राप्ति सम्बन्धि व्यवस्था बमोजिम एकीकृत कारोबार भएको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।