लेखापरीक्षण रिर्पोट र करको वित्तीय विवरण नमिले विदेशी संस्थाले शाखाको लगानी तथा नाफा लैजान नसक्ने

0
Shares

विदेशी लगानी अन्तर्गत नपर्ने विदेशी संस्थाले नेपालमा स्थापित शाखाको लगानी तथा नाफा फिर्ता लैजान सक्ने भएका छन । नेपाल राष्ट्र बैंकले डेढ दर्जन शर्त सहित विदेशी कम्पनीले शाखाको लगानी तथा नाफा पनि फिर्ता लैजान सक्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकका अनुसार विदेशी कम्पनीले नेपालमा रहेको शाखाको लगानी तथा नाफा फिर्ता लैजानका लागि कर कार्यालयमा बुझाएको वित्तीय विवरण र लेखापरीक्षण प्रतिवेदन समान हुनु पर्नेछ । त्यसैगरी शाखाको दर्ता सम्बन्धी कागजातको प्रतिलिपी, शाखाको स्थायी लेखा नम्बर दर्ता सम्बन्धी कागजातको प्रतिलिपी, रिप्याट्रियशनको सटही सुविधा लिने सम्बन्धमा नेपाल स्थित शाखाको सञ्चालक समिति वा अख्तियार प्राप्त अधिकारीको निर्णयको प्रतिलिपी समेत आवश्यक पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

त्यसैगरी लगानी तथा नाफा फिर्ता लैजान नेपाल स्थित शाखाको पछिल्लो लेखापरीक्षण प्रतिवेदन समेत आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ । रिप्याट्रियशन माग गरिएको आर्थिक वर्ष फरक भएमा सो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन समेत आवश्यक पर्नेछ । पछिल्लो कर चुक्ता प्रमाणपत्रको प्रतिलिपीका साथै, रिप्याट्रियशन माग गरिएको आर्थिक वर्ष फरक भएमा सो वर्षको कर चुक्ता प्रमाणपत्र समेत आवश्यक पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसरी शाखाको नाफा तिर्फ लौजनाका लागि कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण तथा नेपाली बैंक तथा वित्तीय संस्थाबाट भाखा नाघेको कर्जा नभएको हुनु पर्नेछ । विदेशी मुद्राको अपचलन नगरेको/नगर्ने, तिर्न बाँकी कुनै पनि कर दायित्व नरहेको, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको पालना हुने र प्रचलित कानूनी व्यवस्थाको पालना भएको/हुने व्यहोरा सहितको निवेदकबाट स्वघोषणा गरेको हुनुपर्नेछ ।

रिप्याट्रियशनका माग गरिएको रकममा अग्रिम आयकर, मूल्य अभिवृद्धि कर लगायतका प्रचलित कानून बमोजिम कर लाग्ने भए त्यस्तो कर दाखिला गरेको प्रमाण समेत पेस गर्नुपर्ने व्यव्सथा गरेको छ ।

नेपाल स्थित शाखा र विदेश स्थित मुख्य संस्था बीच सम्बन्ध स्थापित हुने कागजात, मुख्य संस्थाको दर्ता सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपी, मुख्य संस्थाको कर दर्ता सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपी समेत आवश्यक पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी मुख्य संस्थाको पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपी, नेपालबाट रिप्याट्रियशन लिने सम्बन्धमा विदेशी मुख्य संस्थाको सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपी रकम रिप्याट्रियशन हुने बैंक खाता सम्बन्धी विवरण समेत उल्लेख गर्नु पर्नेछ । यस्तो रिप्याट्रियशन आर्थिक वर्र्षगत रुपमा मात्र उपलब्ध हुनेछ ।

रिप्याट्रियशन सुविधा प्रदान गर्दा सोही आर्थिक वर्षको लागि कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट त्यस्तो सटही सुविधा नलिएको स्वघोषणा समेत नेपाल स्थित शाखाबाट लिनु पर्नेछ । नेपालमा दर्ता भएको शाखा प्रचलित विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानून बमोजिम विदेशी लगानी तथा प्रविधि हस्तान्तरण अन्तर्गत नपर्ने व्योहोरा उल्लेख भएको विदेशी लगानी स्वीकृत गर्ने निकायको पत्र समेत आवश्यक पर्ने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले शाखाको खुद नाफा रिप्याट्रियसन गरिदिने सम्बन्धी रकम तथा आर्थिक वर्ष समेत खुल्ने गरी सम्बन्धित नियामक निकायको सिफारिस पत्र पनि केन्द्रीय बैंकमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

पाँच हजार डलर भन्दा धेरैको खाता खोल्दा भन्सार घोषणा

परिवत्र्य विदेशी मुद्राको स्रोत भएका व्यक्ति तथा निकायहरुले परिवत्र्य विदेशी मुद्रामा खाता खोल्न सक्नेछन् । प्राकृतिक व्यक्तिको खाता खोल्दा त्यस्तो विदेशी मुद्रा वैध स्रोतबाट प्राप्त भएको सम्बन्धी स्वघोषणा लिनु पर्नेछ ।

साथै, प्राकृतिक व्यक्तिको हकमा नगद परिवत्र्य विदेशी मुद्राको आधारमा खाता खोल्दा अमेरिकी डलर ५ हजार भन्दा बढीको हकमा भने भन्सार घोषणा कागजात लिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । परिवत्र्य विदेशी मुद्रा खातामा रहेको मौज्दातले भ्याएसम्म खातावालाले आफ्नो खाता खर्च गरी परिवत्र्य विदेशी मुद्रामा भुक्तानी दिन सक्नेछन् ।

नेपालभित्रै परिवत्र्य विदेशी मुद्रामा कारोबार गर्न योग्य पक्षहरुबीच परिवत्र्य विदेशी मुद्रामा हुने भुक्तानीमा कुनै सीमा लागू हुने छैन । तर, विदेशमा हुने भुक्तानीको लागि रकम भुक्तानीको सीमा लागू हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।