लाभांशमा कडाइपछि लघुवित्तहरुको सेयरमूल्य ४०% सम्म घट्यो

0
Shares

नियामक निकाय नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा कडाइ गरेपछि लघुवित्त कम्पनीहरुको सेयरमूल्य ४० प्रतिशतसम्म घटेको देखिएकाे छ ।

नेपाल राष्ट्र बैंकले फागुन १० गते बुधबार एकीकृत निर्देशन मार्फत लघुवित्त कम्पनीहरुको लाभांश वितरणमा गरेको कडाइले लघुवित्त कम्पनीहरुको सेयरमूल्य उच्च रुपमा ओरालो लागेको हो । यद्यपी पछिल्लाे समय घट्दो बजारको असर समेत लघुवित्त कम्पनीहरुको सेयरमूल्यमा देखा परेको छ । नेप्सेमा नियमित कारोबारमा रहेका ५६ मध्ये ५५ कम्पनीको सेयरमूल्य घटेको छ भने एक कम्पनीको मात्रै सेयरमूल्य बढेको छ ।

औसतमा हेर्ने हो भने पनि एक महिनाको अवधिमा नै लघुवित्त कम्पनीहरुको सेयरमूल्य २३ प्रतिशतले घटेको देखिन्छ । यसले यो क्षेत्रका कम्पनीहरुमा गरिएको लगानीहरुले नोक्सानी ब्यहोरेका छन् ।

फागुन १० गते बुधबारको कारोबार समयपछिको सेयरमूल्य र फागुन १२ गते आइतबारको सेयरमूल्यबीच तुलनामा गर्दा जनउत्थान लघुवित्तको सेयरमूल्य सर्वाधिक ४०.०४ प्रतिशतले घटेको छ । फागुन १० गते प्रतिकित्ता १५३१ रुपैयाँमा कारोबार भएको लघुवित्तको सेयरमूल्य फागुन १२ गते आइतबारसम्म घटेर ९१८ रुपैयाँमा झरेको हो । यस्तै समीट लघुवित्तको ३९.४२, स्वावलम्बन लघुवित्त ३८.४२, श्रृजनशील लघुवित्त ३८.०२ र स्वरोजगार लघुवित्तको सेयरमूल्य ३७.९१ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा सबैभन्दा कम गुराँस लघुवित्तको ८.४८ प्रतिशतले घटेको छ । फागुन १० गते प्रतिकित्ता ७७० रुपैयाँमा कारोबार भएको लघुवित्तको सेयरमूल्य फागुन १२ गते आइतबारसम्म आइपुग्दा घटेर ७०४.७० रुपैयाँमा झरेको छ । यस अवधिमा भर्खरै धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको उपकार लघुवित्तको सेयरमूल्य समीक्षा अवधिमा ७८.४० प्रतिशतले वृद्धि भएको छ । फागुन १० गते प्रतिकित्ता ८१० रुपैयाँमा कारोबार भएको उपकार लघुवित्तको सेयरमूल्य फागुन १२ गते आइतबारसम्म आइपुग्दा बढेर १४४५ रुपैयाँ पुगेको छ ।

S.N. Symbol  Close Price (Rs) Chaitra 12, 2079 Close Price (Rs) Falgun 10, 2079  Change %
1 JSLBB 918.00 1531.00 -40.04
2 SMFDB 830.00 1370.00 -39.42
3 SWBBL 742.00 1205.00 -38.42
4 SHLB 1190.00 1920.00 -38.02
5 SLBBL 565.00 910.00 -37.91
6 DLBS 746.10 1185.00 -37.04
7 GILB 695.00 1098.00 -36.70
8 CBBL 751.50 1172.00 -35.88
9 JBLB 1530.00 2340.00 -34.62
10 SKBBL 779.00 1190.10 -34.54
11 JALPA 2055.60 3087.00 -33.41
12 ADLB 1300.00 1917.00 -32.19
13 RMDC 670.00 988.00 -32.19
14 SABSL 617.00 908.00 -32.05
15 MLBSL 1820.00 2635.00 -30.93
16 LLBS 686.00 991.00 -30.78
17 SWMF 670.00 958.00 -30.06
18 ALBSL 694.90 969.00 -28.29
19 DDBL 654.00 910.00 -28.13
20 CLBSL 590.00 819.00 -27.96
21 NESDO 2234.00 3100.00 -27.94
22 SMATA 575.00 793.50 -27.54
23 NMFBS 1535.00 2118.00 -27.53
24 FOWAD 1216.00 1670.00 -27.19
25 RULB 636.90 870.00 -26.79
26 NADEP 515.00 679.00 -24.15
27 KLBS 890.00 1151.90 -22.74
28 KLBSL 603.70 779.00 -22.50
29 NUBL 592.00 758.00 -21.90
30 MSLB 850.00 1086.00 -21.73
31 ACLBSL 570.00 725.20 -21.40
32 NLBBL 561.00 712.00 -21.21
33 USLB 700.00 885.00 -20.90
34 NICLBSL 555.00 699.00 -20.60
35 FMDBL 513.00 645.00 -20.47
36 MLBBL 728.00 915.00 -20.44
37 RSDC 476.30 596.00 -20.08
38 GBLBS 468.80 586.30 -20.04
39 NMBMF 536.00 665.00 -19.40
40 MMFDB 582.20 722.00 -19.36
41 UNLB 1620.00 2009.00 -19.36
42 MKLB 687.10 846.00 -18.78
43 ILBS 607.00 746.00 -18.63
44 MERO 554.00 679.00 -18.41
45 SMFBS 988.90 1209.00 -18.21
46 NSLB 701.00 850.00 -17.53
47 MLBS 761.00 921.20 -17.39
48 KMCDB 755.00 913.00 -17.31
49 SDLBSL 664.00 790.00 -15.95
50 WNLB 784.00 918.00 -14.60
51 VLBS 754.00 875.00 -13.83
52 SLBSL 911.00 1051.00 -13.32
53 GMFBS 720.00 810.00 -11.11
54 AVYAN 625.00 696.00 -10.20
55 GLBSL 704.70 770.00 -8.48
56 ULBSL 1445.00 810.00 78.40

स्पष्टिकरणः यस अवधिमा बुकक्लोज परेका लघुवित्त कम्पनीहरुको बोनसमा गरिएको सेयरमूल्य समायोजनलाई छुट्टै गणना गरिएको छैन।

नियामक निकाय नेपाल राष्ट्र बैंकले फागुन १० गते बुधबार एकीकृत निर्देशन २०७८ लाई परिमार्जन गर्दै १५ प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्ने लघुवित्तहरुको लाभांशमा कडाई गरेको थियो । जसमा चुक्ता पुँजीको १५ प्रतिशतभन्दा धेरै लाभांश बाँड्ने लघुवित्तहरुले १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा, ३५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोषमा र १० प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो ।

सोभन्दा अघि चुक्ता पुँजीको २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गर्दा ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा, २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोषमा र खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नुपर्ने प्रावधान थियो ।

राष्ट्र बैंकको नयाँ प्रावधानले १५ प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्दा विद्यमान व्यवस्थाको तुलनामा ग्राहक संरक्षण कोषमा छुट्टाउनुपर्ने रकममा अतिरिक्त १० प्रतिशत र संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप १० प्रतिशतको व्यवभार नयाँ व्यवस्थाले थपेको थियो ।

लघुवित्त संर्घष समितिले लघुवित्त संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्नुपर्ने माग गर्दै आन्दोलनलाई तीब्र पारेपछि केन्द्रीय बैंकले लाभांश वितरणमा कडाइ गरेको थियो । वित्तीय संस्था र ऋणीबीच तनाब बढ्दै गएको अवस्थामा राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई ऋणीप्रति थप उत्तरदायी बनाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।