नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ६.९२१ (६.५० प्रतिशत नगद र बोनसको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद) प्रतिशत नगद गरी कुल १४.९२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रहेको छ । आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशतका दरले ३७ करोड १२ लाख ३४ हजार ५५० रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ०.४२१ प्रतिशतले हुन आउने १ करोड ९५ लाख ३८ हजार ६६१ रुपैयाँ नगद लाभांश र चुक्ता पुँजीको ६.५ प्रतिशतका दरले हुन आउने ३० करोड १६ लाख २८ हजार ७२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।