वित्तीय संस्थाहरुमा ब्याज नउठ्ने समस्या जटिल बन्दै, नउठेको ब्याज २५ प्रतिशतले बढ्यो

0
Shares

बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याज नउठ्ने समस्या झनै बढ्दै गएको छ । ऋणीले ब्याज समयमा नतिर्ने अभियान नै चलाएपछि कर्जा समयमा नउठ्ने समस्या बढेको हो ।

कोरोना महामारी तथा रसिया र युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा समस्या देखिन थाल्यो । अर्थतन्त्रमा उच्च मागका कारण महंगी बढ्न थाल्यो । महंगी नियन्त्रण गर्नका लागि केन्द्रीय बैंकहरुले ब्याजदर बढाउने क्रम सुरु भयो । ब्याजदर बढाउदा मागमा असर ग्रयो । मागमा कमी आउने वित्तीकै आर्थिक गतिविधीमा सुस्तता आयो । त्यसको असर नेपाली अर्थतन्त्रमा पनि देखियो ।

कोरोनाका कारण अस्तव्यस्त अर्थतन्त्रलाई गति दिन ल्याइएका आर्थिक नीतिले अस्वभाविक माग सृजना ग्रयो । त्यसले आयात उच्च बढायो । उच्च आयातका कारण अर्थतन्त्रको बाह्य अवस्थामा दबाब परेपछि गत वर्ष केही वस्तुहरुको आयातमा प्रतिबन्ध लगायो । त्यसका साथै माग बढेसंगै महंगी बढेपछि नेपाल राष्ट्र बैंकले पनि त्यसलाई नियन्त्रण गर्न भन्दै ब्याजदर बढायो । महंगी बढ्नु, ब्याजदर नघट्नु तथा कर्जा विस्तारमा समेत नियन्त्रण गरीदा आर्थिक गतिविधिमै सुस्तता आयो । त्यसले गर्दा ऋणीले कर्जाको सावाँ र ब्याज भूक्तानी नगर्नेे समस्या देखिन थाल्यो ।

कर्जाको साँवा तथा ब्याज समयमा भुक्तान गर्न जटिल भएपछि ऋणीहरु एकिकृत भएर केन्द्रीय बैंक तथा वित्तीय संस्था विरुद्ध आन्दोलन नै गर्न थाले । त्यतीमात्र नभई कर्जाको साँवा ब्याज नतिर्ने भन्दै आन्दोलन गर्न थाले । ऋणीको उक्त आन्दोलनका कारण बैंक वित्तीय संस्थामा समयमा उठ्नु पर्ने कर्जा नउठ्ने समस्या बढदै गएको हो ।

राष्ट बैंकका अनुसार फागुन महिनाको तथ्याङकका आधारमा बैंक तथा वित्तीय संस्थाहरुको इन्ट्रेष्ट सस्पेन्स २४.९९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको माघ महिनामा २८ अर्ब १६ करोड ४० रुपैयाँ इन्ट्रेष्ट सस्पेन्स शिर्षकमा रहेको थियो । यस्तो रकम फागुन महिनामा ७ अर्ब ३ करोड ८० लाख रुपैयाँले धेरै हो ।

फागुन महिनामा बैंक तथा वित्तीय संस्थाको कुल इन्ट्रेष्ट सस्पेन्स रकम ३५ अर्ब २० करोड २० लाख रुपैयाँ रहेको छ । त्यसैगरी चालु आवको फागुन महिनामा बैंक वित्तीय संस्थाले लेखाङकन गरेको ब्याजदर भने २६४ अर्ब ५ करोड रुपैयाँ रहेको छ । यो रकम पनि माघ महिनाको तुलनामा ११.३ प्रतिशतले धेरै हो । माघ महिनामा यस्तो ब्याज रकम २३७ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

फागुन महिनामा बाणिज्य बैंकहरुको मात्रै २२ अर्ब २३ करोड ८० लाख रुपैयाँ इन्ट्रेष्ट सस्पेन्स रहेको छ । यो रकम चालु आवको माघ महिनाको तुलनामा ४३.८६ प्रतिशतले धेरै हो । माघ महिनामा वाणिज्य बैंकहरुको इन्ट्रेष्ट सस्पेन्स १५ अर्ब ४५ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

त्यसैगरी चालु आवको फागुन महिनामा ४ अर्ब ३ करोड ६० लाख रुपैयाँ इन्ट्रेष्ट सस्पेन्स रहेको केन्द्रीय बैंकले जनाएको छ । यो रकम माघ महिनाको तुलनामा साढे २ प्रतिशतले धेरै हो । माघ महिनामा यस्तो रकम ३ अर्ब ९३ करोड ७० लाख रुपैयाँ रहेको थियो । चालु आवको फागुन महिनामा फाइनान्स कम्पनीको भने ८ अर्ब ९२ करोड ८० लाख रुपैयाँ रहेको छ । यो रकम माघ महिनाको तुलनामा सामान्य बढेको हो । माघ महिनामा यस्तो रकमको आकार ८ अर्ब ७६ करोड ९० लाख रुपैयाँ बरावर थियो ।

ऋणीले कर्जाको सावाँ तथा ब्याज नतिर्ने भएपछि पछिल्लो समयमा सरकारी उच्च अधिकारीहरुले त्यसको रक्षामा अभिव्यक्ति दिन थालेका छन् । प्रधानमन्त्री, अर्थमन्त्री तथा गभर्नर समेतले बैंक ऋणको सावाँ ब्याज तिर्दिन भन्न नमिल्ने बताउँदै आएका छन् । सरकारी अधिकारीहरुको यस्तो अभिव्यक्तिले आगामी दिनमा भने कर्जाको ब्याज तथा सावाँ उठ्ने क्रममा सुधार आउने अपेक्षा बैंक तथा वित्तीय संस्थाका अधिकारीहरुको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।