एक दिनमा शेयर बजार ६ अर्बले खुम्चियो, ९५ कम्पनीको शेयर मूल्य घट्यो

0
Shares

धितोपत्रको दोस्रो बजारको आकार बिहीबार करिब ६ अर्बले खुम्चेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परसुचक साढे ४ अंकले घट्दा समग्र बजारको आकार ५ अर्ब ९३ करोड रुपैयाँले खुम्चिएको हो ।

बुधबार नेप्से परिसूचक ८ अंकले वढेको थियो । निरन्तर घट्दो क्रममा रहेको शेयर बजारमा बुधबार लामो समयपछि लगानीकर्तालाइ राहत महसुुस हुने गरि सुधार भएपनि त्यो क्रम बिहीबार कायम रहन सकेन । बुधबार नेप्से वढेसंगै समग्र बजारको आकार पनि १४ अर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बरावरको थियो । तर, बिहीबार नेप्से परिसूचकमा गिरावट आएसंगै बजारको आकार पनि घटेर १४ खर्ब ११ अर्ब ९५ करोडमा रुपैयाँमा सिमित भएको छ ।

विगतको तुलनामा सेयर बजारमा सूचिकृत हुने धितोपत्रको संंख्या वढेको भएपनि शेयर मुल्यमा गिरावट आएपछि बजार पूँजीकरण घटेको हो । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचिकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भूमीका हुन्छ । बजार पूँजीकरणलाइ शेयर बजारको सम्पत्तीको रुपमा बुझिन्छ । नेप्सेमा सूचिकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचिकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । 

२०७३ साउन १३ मा नेप्सेको कुल बजार पुँजीकरण हालसम्मकै उच्च २० खर्ब ७० अर्ब ९९ करोड ५९ लाख रुपैयाँ थियो । तर, त्यो बजार पूँजीकरण घटेर बिहीबारसम्ममा आइपुग्दा १४ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ । करिब साढे ३ वर्षको अवधिमा धितोपत्रको दोस्रो बजारको आकार ६ खर्ब ५९ अर्ब ४ करोड रुपैयाँ घटेको हो । यो अवधिमा शेयर बजार परिसुचक नेप्से पनि ७६८ अंकले घटेको छ ।

शेयर बजार सुधारको गतीमा हुदाँ दैनिक २ अर्ब बरावरको कारोबार हुन्थ्यो । हाल दैनिक कारोबार रकम घटेर २० देखि ३० करोड हाराहारीमा झरेको छ । बजार पूँजीकरण भने कम्पनीको शेयर र अघिल्लो दिनको अन्तीम मूल्यको गुणनफल भएकाले शेयर मूल्यसंगै पूँजीकरण पनि घट्ने हुन्छ । संस्थापक शेयरभन्दा पनि कारोबार भैरहने पब्लिक शेयर भएकाले पब्लिककै पैसा गुमेको हो ।

बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङकन गर्न सकिन्छ । पछिल्ला दिनहरुमा नेप्से परिसुचक, बजार पुँजीकरण र कारोबार रकम सबैमा दैनिक रुपमा कमी आएको छ ।

बिहीबार नेप्से ४.६७ अंकले घटेर १११२.७९ अंकमा झरेको छ । नेप्सेका कारोबार हुने साताको अन्तिम दिन बिहीबार ९५ कम्पनीको शेयर मुल्य घटेको छ । तर, ३४ कम्पनीको शेयर मूल्य वढ्दा २५ कम्पनीको शेयर मुल्यमा कुनै परिवर्तन आउन सकेन ।

बिहीबार नेप्सेमा कारोबार भएका अधिकासं समुहगत परिसूचक घटेका छन । बिहीबार जिवन बिमा समुहको परिसुचक १८.१२ अंकले वढेको छ भने कारोबार भएका बाँकी सम्पुर्ण समुहगत परिसुचक घटेका छन ।

बिहीबार नेप्सेमा १६६ कम्पनी ४ हजार ५ सय ४१ कारोबारवाट २४ करोड ३३ लाख रपैयाँ बरावरको १२ लाख ७१ हजार ६ कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा भने धेरै हो ।