पूँजीवृद्धिको दबाबमा लघुवित्त, २३ संस्था एक आपसमा मर्ज भई ११ बन्दै

0
Shares

नेपाल राष्ट्र बैंकले लघुवित्तीय संस्थाको संख्या घटाउनका लागि अनौपचारीक मर्जरको नीति सुरु गरेपछि हाल २३ संस्था मर्जरको प्रक्रियामा रहेका छन।

केन्द्रीय बैंकले अनिवार्य नगरेपनि प्रोत्साहन मुलक मर्जरको नीति अनुसार १७ लघुवित्तलाइ मर्जरका लागि प्रारम्भिक सहमती प्रदान गरीसकेको छ। २३ लघुवित्तीय संस्था मर्जर भइ ११ वटा बन्न लागेका छन ।

यी मध्ये ११ वटा संस्थाले सर्वसाधारणमा शेयर बिक्री गरेका छैनन । बाँकी रहेका १२ संस्थाले भने सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्रको दोस्रो बजारमा समेत सुचिकृत भैसकेका छन । धितोपत्र बजारमा सुचिकृत लघुवित्तहरु मर्जरको प्रक्रियामा गएपछि शेयर कारोबार पनि रोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अधिकासं संस्था मर्जरका लागि सहमती भएका छन । तर, विजय लघुवित्तले भने स्वेडा लघुवित्तलाई खरिद गर्न लगेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले संख्यात्मक भन्दा पनि गुणात्मक लघुवित्तमा जोड दिएपछि मर्जर सुरु भएको हो । राष्ट्र बैैंकले लघुवित्तको औपचारीक पूँजी वृद्धिको नीति नलिएपनि हकप्रद शेयर निष्कासनका लागि अनुमती माग्न जाने लघुवित्तलाई अनुमती नै नदिइ रोक्दै आएको थियो ।

मर्जरको प्रक्रियामा रहेका लघुवित्त मध्ये अधिकासं २ वटा मर्जर भएर एउटा बन्न लागेका छन । तर, मिर्मिरे, नागवेली र किसान माइक्रो फाइनान्स गरी तीन संस्था एक आपसमा मर्जर भएर एक बन्न लागेका हुन । यी तिन संस्था मर्जर भएपछि बन्ने संस्थाको नम भने किसान लघुवित्तीय संस्था हुनेछ ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल ८९ बटा लघुवित्तीय संस्था रहेका छन । ती मध्ये २३ संस्था मर्जर भएर ११ बनेपछि भने लघुवित्तको संख्या ७७ हुनेछ । हाल नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा ५० लघुवित्त कम्पनी सुचिकृत छन् । ती मध्ये १२ बटा सुचिकृत संस्था मर्जरको प्रक्रियामा छन । मर्जर पछि नेप्सेमा सुचिकृत माइक्रोफाइनान्सको संख्या ४६ हुनेछ ।