यी हुन् नेपालले दश महिनामा निर्यात गरेका प्रमुख १० वस्तु

0
Shares

चालु आर्थिक वर्षको दश महीना अर्थात साउनदेखि बैशाख मसान्तसम्मको अवधिमा नेपालले १ खर्ब ३० अर्ब ९० करोड बरारबरको वस्तु विदेश निर्यात गरेको छ ।

नेपालले बैशाखसम्ममा विश्वका १६७ देशहरूमा वैदेशिक ब्यापार गरको छ । ती मध्ये १२६ देशहरुमा ८९२ वटा वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागकाे तथ्याङ्क छ । यद्यपी तीमध्ये एक दर्जन वस्तुहरुको हिस्सा ५५ प्रतिशतभन्दा बढी छ । धेरैजसो वस्तुहरु न्यून रकमको मात्र निर्यात हुँदा संख्यामा बढी देखिएपनि रकममा भने ज्यादै न्यून छन् । विश्वका देशहरूमा नेपालले वस्तु तथा सेवा निर्यात भए पनि नेपालबाट उल्लेखनीय रुपमा निर्यात हुनेको संख्या ६६ वटाभन्दा कम देश रहेको छ । ती ६६ देशहरूमा नेपालबाट १ करोड रुपैयाँभन्दा बढी वस्तु तथा सेवा उत्पादन गरी निर्यात गर्दै आएको छ । बाँकी ६० देशमा एक करोडभन्दा कम रकमको मात्र वस्तु निर्यात हुने गरेको छ । वैदेशिक ब्यापार हुने ४१ देशहरुमा नेपालबाट निर्यात शुन्य रहेको छ ।

नेपालले भारत, अमेरिका, जर्मनी, बेलायत, चीन, टर्कीए, क्यानडा, फ्रान्स, चीन, अष्ट्रेलिया, जापान, इटाली, नेदरल्यान्ड, डेनमार्क, युएई, स्वीजरल्यान्ड, सिंगापुर, हङकङ्ग, बेल्जियम, भुटान, बंगलादेश, स्पेन, अष्ट्रिया, दक्षिण कोरिया, इन्डोनेसिया, मलेसीया र स्वीडेन लगायतका देशहरुमा सबैभन्दा बढी निर्यात गर्दै आएको तथ्यांकले देखाउँछ । यी देशहरुमा २० करोडदेखि ९१ अर्ब रुपैयाँसम्मको निर्यात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । पहिलो नम्बरमा रहेको भारतमा सबैभन्दा बढी ९१ अर्ब रुपैयाँ बढीको वस्तु निर्यात हुँदा २६ औं नम्बरमा रहेको स्वीडेनमा २० करोडको वस्तु निर्यात गरेको छ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै निर्यात हुने वस्तु तथा सेवाको पहिलो स्थानमा प्रशोधित ब्लीच डिओडोराइज्ड पाम आयल रहेको छ । भन्सार विभागका अनुसार यस अवधिमा नेपालबाट १८ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ बराबरको ८ करोड ९२ लाख १४ हजार लिटर पाम आयल निर्यात भएको छ । विभिन्न तीन प्रकारका पाम आयल निर्यात भएको हो । जसमा ९ अर्ब ७३ करोड ९८ लाख रुपैयाँ बराबरको ४ करोड ९८ लाख ६४ हजार लिटर प्रशोधित ब्लीच डिओडोराइज्ड पाम आयल, ५ अर्ब ६३ करोड ११ लाख ६३ हजार रुपैयाँ बराबरको २ करोड ७० लाख ६४ हजार लिटर पाम आयल र अर्को प्रकारको ३ अर्ब ७ करोड २३ लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ८५ हजार लिटर पाम आयल निर्यात भएको हो ।

नेपालमा पाम उत्पादन भएर तेल निकाली विदेशी निर्यात भएको भने होइन । विदेशबाटै आयात गरेर त्यसलाई प्रशोधन गरी पुनः भारततर्फ निर्यात गरिएको हो । नेपाल हुँदै भारततर्फ पाम आयलको तेल निर्यात गर्दा फाइदा हुने देखेर व्यापारीहरूले नेपाललाई अन्तर्राष्ट्रिय कारोबारको ट्रान्जिट मात्रै बनाएका हुन् । नेपालबाट निर्यात भएको अधिकांश वस्तु तथा सेवा अन्य देशबाट उल्लेख्य रुपमा आयात गरी निर्यात गरेको पाइन्छ । यसले गर्दा नेपालबाट उत्पादित वस्तु तथा सेवाको अवस्था भने निकै कमजोर रहेको छ ।

विभागका अनुसार यस अवधिमा नेपालबाट निर्यात हुने वस्तुको दोस्रो स्थानमा कार्पेट रहेको छ । यस अवधिमा ९ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ बराबरको ३ लाख ९४ हजार वर्गमिटर कार्पेट निर्यात भएको छ । आर्थिक वर्ष २०७९/८० को दश महिनामा निर्यात हुने प्रमुख वस्तुहरुको सूचीमा भटमासको तेल तेस्रो धेरै निर्यात हुने वस्तुको रुपमा सूचीकृत छ । बैशाखसम्म ८ अर्ब ४६ करोड १९ लाख रुपैयाँ बराबरको ३ करोड १२ लाख २३ हजार लिटर भटमासको तेल निर्यात भएको छ ।

नेपालबाट चौथो धेरै निर्यात हुने वस्तुमा पूर्वी पहाडी जिल्लाको प्रमुख नगदे बालीकारुपमा रहेको अलैंची परेको छ । आर्थिक वर्षको बैशाखसम्ममा ७ अर्ब २८ करोड १४ लाख रुपैयाँ बराबरको ८९ लाख २१ हजार किलो अलैँची निर्यात भएको छ । नेपालको किसानबाट उत्पादनमध्ये सबैभन्दा बढी निर्यात हुने अलैंची रहेको छ । अलैँचीपछि ऊनी, गलैंचा तथा कार्पेट धेरै निर्यात भएको छ । चालु आवको दश महिना अवधिमा ३ अर्ब ८४ करोड २९ लाख रुपैयाँ बराबरको १४ लाख २३ हजार किलो निर्यात भएको छ ।

त्यसैगरी, बैशाख मसान्तसम्ममा ३ अर्ब ८० करोड २९ लाख ३७ हजार रुपैयाँ बराबरको ४ करोड ८० लाख ४३ हजार लिटर कच्चा फलफूलको जुस, ३ अर्ब २९ करोड ७५ लाख रुपैयाँ बराबरको १ करोड १० लाख ८४ हजार किलो बराबरको सेन्थेटिक धागोबाट बनेका कपडा, ३ अर्ब १७ करोड ५१ लाख रुपैयाँ बराबरको २ करोड ५२ लाख ९७ हजार किलो आल्मुनियम र जस्ता मिश्रीत फलामे स्टिल, ३ अर्ब १६ करोड ३८ लाख रुपैयाँ बराबरको १ करोड ४६ लाख ९७ हजार किलो चिया, ३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको ६ करोड ३२ लाख ८७ हजार वर्गामिटर जुटबाट बनेका कपडा र ३ अर्ब १० करोड २५ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ४१ हजार किलो पोलिस्टरबाट बनेको एकल धागो निर्यात भएको छ ।

Exports by Commodities : Based on First  Ten Months (Shrawan-Baishakh) of FY 2079/80 
S.N. HSCode Description Unit Quantity Exports_Value (Rs. Thousands) 
1 15119020 Refined bleached deodorized palm olein LTR 49864131 9739849
2 15119010 Palm oil (excl. crude) and its fractions,refined or not but not chemically modifi LTR 27064593 5631163
3 15119090 Palm oil (excl. crude) and its fractions,refined or not but not chemically modifi LTR 12285571 3072276
4 57011000 Carpets and other textile floor coverings,  of wool or fine animal hair, knotted. SQM 394655 9439717
5 15079000 Soya-bean oil (excl. crude) and fractions Kg 31223252 8461896
6 9083110 Alaichi Kg 8921679 7281425
7 56029000 Felt, nes Kg 1423484 3842940
8 20099000 Mixtures of juices, unfermented, not contaning added spirit. LTR 48043163 3802937
9 55095100 Other yarn, <85% polyester staple fibres, with artificial staple fibres, nprs Kg 11084538 3297504
10 72106100 Rolled iron/steel, width >=600mm, plated o coated with aluminium-zinc alloys Kg 25297150 3175140
11 9024000 Black tea (fermented) and partly fermented,  hether or not flavoured,in packings Kg 14697512 3163813
12 53101000 Unbleached woven fabrics of jute or of other textile bast fibre of heading. SQM 63287237 3108004
13 55092100 Single yarn, with >=85% polyester staple fibres, nprs Kg 14641246 3102518
14 23091000 Dog or cat food, put up for retail sale Kg 1346652 2533311
15 62142000 Shawls, scarves, mufflers, mantillas, veil , etc, of wool or fine animal hair PCS 1417380 2494814
  Total     130900037

 

यस्तै यसबाहेक २ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ बराबरको १३ लाख ४६ हजार किलो कुकुर र विरालोका लागि खाना, २ अर्ब ४९ करोड ४८ लाख रुपैयाँ बराबरको १४ लाख १७ हजार वटा ऊन वा पश्मिनाको सल, स्कार्फ, मफलर, मन्टिला, पर्दा आदि निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।

नेपालबाट अन्य मुलुकहरुमा निर्यात हुने अन्य सामाग्रीहरुमा प्लास्टिकले लेपित फलाम तथा स्टीलजन्य सामाग्री, जुट वा अन्य कपडाबाट बनेका झोलाहरु, सिन्थेटिक कपडा, काठजन्य सामाग्री, पीना, एसिड, ट्राउजर, नेपाल कत्था, प्लाई, फाबरजन्य कपडा, महिलाहरुले लगाउने कपासबाट बनेका लुगा, जडीबुटी, फाइबर तथा जुटका कपडा, अम्रिसो आदी रहेका छन् । हस्तकलाका सामानहरु, पस्मिना, धागो, चाँदीका गरगहना, चाउचाऊ, अदुवा, नेपाली हाते कागज, छालालयतका वस्तुहरु र तयारी पोसक पनि नेपालबाट ठूलो परिणाममा निर्यात हुने गरेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।