मन्दी लागेका क्षेत्रको पुनरकर्जा विशेषमा वर्गिकरण, ब्याजदर ६ प्रतिशत

0
Shares

नेपाल राष्ट्र बैंकले मन्दी लागेका क्षेत्रको पुनरकर्जालाई विशेष अन्तर्गत वर्गिकरण गरेको छ । केन्द्रीय बैंकले लगातार दुई त्रैमाससम्म नोक्सानीमा रहेको क्षेत्रका उद्योग तथा व्यापारका लागि प्रबाह भएको पुनरकर्जालाई विशेष अन्तर्गत राखेको हो ।

राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ लाई छैटौं पटक संशोधन गर्दै मन्दीलाई समेत परिभाषामा समेटेको हो । संशोधित कार्याविधि अनुसार क्षेत्रगत आर्थिक वृद्धिदर लगातार दुई त्रैमासमा ऋणात्मक रहेको खण्डमा त्यसलाई क्षेत्रगत मन्दी भनिने उल्लेख छ । त्यसैगरी राष्ट्र बैंकले मन्दी आएका क्षेत्रका उद्योग तथा ब्यापारमा प्रबाह भएको पुनरकर्जालाई विशेष पुनरकर्जाको रुपमा वर्गिकरण गरेको छ ।

राष्ट्रिय तथ्याङक विभागका अनुसार उत्पादन, निर्माण तथा ब्यापार क्षेत्रको आर्थिक वृद्धि चालु आर्थिक वर्षका पहिलो दुई त्रैमासमा निरन्तर नकारात्मक रहेको जनाएको छ । सो अनुसार यी क्षेत्रमा प्रबाह भएको पुनरकर्जा विशेष अन्र्तगत कायम भएको छ ।

केन्द्रीय बैंकले विशेष परिस्थितीमा सहुलियत दरमा उपलब्ध गराउने कर्जा पुनरकर्जा हो । पछिल्लो समयमा राष्ट्र बैंकले कोरोना महामारीको समयमा आर्थिक गतिविधि बढाउन पुनरकर्जाको सुविधा दिएको थियो । केन्द्रीय बैंकले पुनरकर्जा दिँदा बैंक तथा वित्तीय संस्थाबाट नीतिगतदर भन्दा ३ प्रतिशत विन्दुले कम लिन्छ । त्यसैगरी बैंक वित्तीय संस्थाले ऋणीबाट लिने ब्याजदर केन्द्रीय बैंकले लिने भन्दा २ प्रतिशत विन्दुले धेरै हुन्छ ।

सो व्यवस्था अनुसार हाल बैंक तथा वित्तीय संस्थाले मन्दी आएका क्षेत्रका प्रबाह गरेको पुनरकर्जाको ब्याजदर ६ प्रतिशत कायम भएको छ । केन्द्रीय बैंकले तोकेको हालको नीतिगत दर ७ प्रतिशत रहेको छ भने बैंकहरुले राष्ट्र बैंकलाई पुनरकर्जा बापत ४ प्रतिशत तिर्नुपर्ने हुन्छ भने ऋणीबाट २ प्रतिशत थप गर्न पाउँदा ६ प्रतिशत कायम हुन्छ ।

केन्द्रीय बैंकले कार्यविधिको पाँचौ संशोधन अघिसम्म विषेश पुनरकर्जाको व्यवस्था गरेको थियो । बैंकले निर्यात, महिला उद्यमी, अपांगङता भएका व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न, दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनाहरु, ब्रोड वेण्ड प्रवद्र्धन गरी सर्वसाधारणमा इन्टरनेट पहँुच पु¥याउने गरी दुर्गम स्थानहरुमा सेवा पु¥याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरु, विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरु तथा नेपाल सरकारबाट महामारी जन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिएको पुनरकर्जाहरूलार्इि विशेष अन्तर्गत राखेको थियो । यस्तो कर्जामा केन्द्रीय बैंकले बैंकहरुबाट २ प्रतिशत ब्याजदर लिन्थ्यो भने बैंकहरुले ग्राहकबाट ५ प्रतिशत लिन पाउने व्यवस्था थियो । अन्य पुनरकर्जाको हकमा ४ र ७ प्रतिशत तोकेको थियो ।

तर, पाँचौ संशोधनले पुनरकर्जालाई ४ प्रकारका विभागजन गरी ब्याजदर समेत बढायो । त्यसका साथै बैंकहरुले ऋणीहरुबाट लिन पाउने ब्याजदर समेत घटायो । पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्योग पुनरकर्जा, कृषि तथा उत्पादनशील क्षेत्र, निर्यात र प्राकृतिक प्रकोप/महामारी प्रभावित उद्योग वयवसया पुनरत्थान पुनरकर्जामा वर्गिकरण गरेको छ । बैंक वित्तीय संस्थाले ग्राहकबाट लिने पाउने ब्याजदरलाई पाचौँ संशोधनले एक प्रतिशत विन्दुले घटाई २ कायम गरेको छ ।

हाल पुनरकर्जाको ब्याजदर बैंक वित्तीय संस्थाले प्रचलित बैंकदर भन्दा ३ प्रतिशत कम तिर्नु पर्छ । त्यसैगरी बैंकहरुले ऋणीबाट २ प्रतिशत थप गरेर ब्याज लिन पाउछन । एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको हकमा २ प्रतिशत बिन्दु थप गरेर सम्बन्धित ईजाजतपत्रप्राप्त संस्थाले ऋणीहरूसँग व्याज लिन सक्नेछन् । ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको हकमा सम्बन्धित संस्थाहरूले ऋणीहरूसँग प्रचलित बैंकदर भन्दा बढी व्याज लिन नपाउने व्यवस्था गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।