जीवन बीमा कम्पनीहरुको बीमाशुल्क १ खर्ब १४ अर्ब माथि, बैशाखमा ९.३७ अर्ब संकलन

0
Shares

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९–८० को बैशाख मसान्तसम्ममा १ खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

चैतसम्म १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख २१ हजार रुपैयाँ रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका बीमा कम्पनीहरुले बैशाखमा मात्रै ९ अर्ब ३७ करोड ४९ लाख २३ हजार रुपैयाँ संकलन गरेका हुन् । बैशाख मसान्तसम्ममा १ करोड ३८ लाख ८३ हजार ३५७ वटा बीमालेखहरु सक्रिय रहेका छन् । बैशाखमा ८ लाख ९७ हजार ४२२ वटा बीमालेख जारी भएपनि बैशाखको तुलनामा सक्रिय बीमालेखको संख्या भने २ लाख ८२ हजार ६४१ वटाले घटेको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दश महिना अर्थात बैशाखमा २ अर्ब ४८ करोड ६ लाख १६ हजार सहित कुल २१ अर्ब ५२ लाख ८९ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क संकलन) विस्तार गरेका छन् । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा संकलन गरेको बीमाशुल्कमा प्रथम बीमा शुल्कको हिस्सा २०.०६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा कुल ८३ अर्ब ७२ करोड ९५ लाख ३३ हजार रुपैयाँ नवीकरण शुल्क संकलन गरेकोमा बैशाखमा मात्रै ८ अर्ब ५२ करोड ८७ लाख ५४ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका हुन् ।

कुल बीमाशुल्क आर्जनमा शीर्ष स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सले २९ अर्ब ६५ करोड ३२ लाख १० हजार रुपैयाँ कुल बीमा शुल्क उठाएको छ । जुन कुल जीवन बीमा व्यवसायको २५.९९ प्रतिशत हिस्सा हो ।

यसैगरी दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले १४ अर्ब १८ करोड ८५ लाख २ हजार रुपैयाँ ((१२.४३ प्रतिशत हिस्सा) बीमाशुल्क संकलन गरेको छ । तेस्रो ठूलो बीमाशुल्क उठाएको नेशनल लाइफ इन्स्योरेन्सले बैशाख मसान्तसम्म १२ अर्ब ३९ करोड ५९ लाख ७० हजार रुपैयाँ कुल बीमा शुलक संकलन गरेको छ । कुल बीमशुल्क संकलनमा नेशनल लाइफको हिस्सा १०.८६ प्रतिशत बराबर हो ।

सरकारी स्वामित्वमा रहेको कम्पनी ७ अर्ब ५८ करोड ५ लाख प्रिमियम संकलन सहित चौथौ स्थानमा उक्लिन सफल हुँदा सूर्या लाइफ र ज्योति लाइफ मर्जर भई बनेको सूर्य ज्योति लाइफ ६ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ सहित शीर्ष पाँचभित्र समेटिएका छन् ।

समीक्षा अवधिमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले बैशाखसम्म १ अर्ब ३१ करोड २० लाख ३० हजार रुपैयाँ कुल बीमा शुल्क मात्रै आर्जन गरेको छ । यो कुल बीमाशुल्क संकलन रकमको १.१५ प्रतिशत मात्र हुन आउँछ ।

जीवन बीमा कम्पनीहरुद्धारा बैशाख मसान्तसम्म संकलन गरेको बीमाशुल्क यस्तो छः–

१. नेपाल लाइफ इन्स्योरेन्सः २९ अर्ब ६५ करोड ३२ लाख १० हजार रुपैयाँ

२. लाइफ नेपाल कर्पोरेशन (नेपाल) लिमिटेडः १४ अर्ब १८ करोड ८५ लाख २ हजार रुपैयाँ

३. नेशनल लाइफ इन्स्योरेन्सः १२ अर्ब ३९ करोड ५९ लाख ७० हजार रुपैयाँ

४. राष्ट्रिय बीमा संस्थानः ७ अर्ब ५८ करोड ५ लाख ५८ हजार रुपैयाँ

५. सूर्यज्योति लाइफः ६ अर्ब ७७ करोड ९८ लाख ४२ हजार रुपैयाँ

६. साविक युनियन लाइफः ६ अर्ब २३ करोड ९ लाख १४ हजार रुपैयाँ

७. एशियन लाइफः ५ अर्ब ६८ करोड ६८ लाख ७७ हजार रुपैयाँ

८. सिटिजन लाइफः ४ अर्ब ४२ करोड ३ लाख ६० हजार रुपैयाँ

९. सानिमा रिलायन्स लाइफः ४ अर्ब ४१ करोड २१ लाख ९३ हजार रुपैयाँ

१०. मेट लाइफः ४ अर्ब २७ करोड ३८ लाख ८६ हजार रुपैयाँ

११. साविक प्राइम लाइफः ३ अर्ब ५२ करोड ८१ लाख ५८ हजार रुपैयाँ

१२. आइएमई लाइफः ३ अर्ब २६ करोड ६२ लाख ३१ हजार रुपैयाँ

१३. सन् नेपाल लाइफः ३ अर्ब १३ करोड ९३ लाख २४ हजार रुपैयाँ

१४. रिलायबल नेपाल लाइफः ३ अर्ब ५२ लाख ९३ हजार रुपैयाँ

१५. साविक गुराँस लाइफः २ अर्ब ३९ करोड २२ लाख २७ हजार रुपैयाँ

१६. प्रभु लाइफः १ अर्ब ६९ करोड २९ लाख ९६ हजार रुपैयाँ

१७. महालक्ष्मी लाइफः १ अर्ब ३१ करोड २० लाख ३० हजार रुपैयाँ

१८. हिमालयन लाइफ इन्स्योरेन्सः १५ करोड ११ लाख ७३ हजार रुपैयाँ

प्रष्टिकरणः साविक गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्सयोरन्सबीच मर्जर भई २०८० बैशाख २६ गतेदेखि संयुक्त कारोबर थालेका थिए । यस्तै सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले २०७९ चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए ।

माथिको तथ्याङ्कमा साविक गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरन्सबीच एकीकृत कारोबारको अघिल्लो दिन बैशाख २५ गतेसम्मको विवरणलाई छुट्टाछुट्टै र संयुक्त कारोबारपछिको विवरण हिमालयन लाइफको नाममा उल्लेख गरिउको छ । सबैको जोड्दा कुल बीमाशुल्क १२ अर्ब ३० करोड २४ लाख ७२ हजार हुन आउँछ । यस आधारमा एकीकृत कम्पनी चौथो ठूलो बीमाशुल्क संकलन गर्ने कम्पनी बन्ने देखिएपनि महिनाको अन्तिममा मात्र एकीकृत कारोबार सुरु भएकाले छुट्टाछुट्टै उल्लेख गरिएको हो ।

उता एकीकृत काराबोर हुनुअघि चैत ८ गतेसम्म रिलायन्स लाइफले २ अर्ब १२ करोड ७ लाख ९ हजार रुपैयाँ र सानिमा लाइफले १ अर्ब ७० करोड ३६ लाख ८७ हजार रुपैयाँ संकलन गरेको थियो । चैत ९ गतेदेदि बैशाख मसान्तसम्म एकीकृत संस्था सानिमा रिलायन्स लाइफले संकलन गरेको ५८ करोड ७७ लाख ९७ हजार सहित कुल ४ अर्ब ४१ करोड २१ लाख ९३ हजार संकलन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।