दश महीनामा पौने ३३ अर्बको निर्जीवन बीमा व्यवसाय, कसको कति ?

0
Shares

निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दश महीनामा पौने ३३ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार २०८० बैशाख मसान्तसम्ममा सञ्चालनमा रहेका १५ निर्जीवन बीमा कम्पनीहरुले कुल ३२ अर्ब ६८ करोड ९६ लाख ११ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । यस अवधिमा बीमा कम्पनीहरुले २३ लाख ५० हजार ६५२ वटा बीमालेख जारी गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये शीर्ष स्थानमा रहेको शिखर इन्स्योरेन्सले ४ अर्ब ४२ करोड ६९ लाख ५३ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस्तै सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्जर पश्चात बनेको सलिकोले ३ अर्ब ७३ करोड ७ लाख ७८ हजार रुपैयाँ तथा बैशाखसमा मात्रै मर्जर सम्पन्न गरेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बैशाख मसान्तसम्म २ अर्ब ७० करोड २७ लाख ५१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी बैशाख मसान्तसम्ममा सिद्धार्थ र प्रिमियम इन्स्योरेन्सबीच मर्जरपश्चात बनेको सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले ३ अर्ब ६४ करोड ९६ लाख ७ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ४९ करोड ४ लाख ३६ हजार रुपैयाँ र नेको इन्स्योरेन्सले २ अर्ब ४५ करोड ९३ लाख ४८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्याङ्क छ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २ करोड ५१ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । बाँकी ९ वटा निर्जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्म संकलन गरेको बीमाशुल्क दुई अर्ब रुपैयाँभन्दा कम छ । सबैभन्दा कम बीमाशुल्क भारतीय लगानी रहेको नेशनल इन्स्योरेन्स कम्पनीले ८२ करोड ४२ लाख १७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

बैशाख मसान्तसम्ममा कुन निर्जीवन बीमा कम्पनीले कति संकलन गरे बीमाशुल्क हेरौंः–

१. शिखर इन्स्योरेन्सः ४ अर्ब ४२ करोड ६९ लाख ५३ हजार रुपैयाँ

२. सगरमाथा-लुम्बिनी इन्स्योरेन्स (सलिको): ३ अर्ब ७३ करोड ७ लाख ७८ हजार रुपैयाँ

३. *आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सः २ अर्ब ७० करोड २७ लाख ५१ हजार रुपैयाँ

४. सिद्धार्थ प्रिमियम इन्स्योरेन्सः ३ अर्ब ६४ करोड ९६ लाख ७ हजार रुपैयाँ

५. हिमालयन एभरेष्ट इन्स्योरेन्सः २ अर्ब ४९ करोड ४ लाख ३६ हजार रुपैयाँ

६. नेको इन्स्योरेन्सः २ अर्ब ४५ करोड ९३ लाख ४८ हजार रुपैयाँ

७. राष्ट्रिय बीमा कम्पनीः २ अर्ब २ करोड ५१ लाख ५४ हजार रुपैयाँ

८. एनएलजी इन्स्योरेन्स कम्पनीः १ अर्ब ९८ करोड ८० लाख ६६ हजार रुपैयाँ

९. सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीः १ अर्ब ८२ करोड ५ लाख ८ हजार रुपैयाँ

१०. अजोड इन्स्योरेन्स कम्पनीः १ अर्ब ७१ करोड २६ लाख ३९ हजार रुपैयाँ

११. नेपाल इन्स्योरेन्स कम्पनीः १ अर्ब २७ करोड १७ लाख ९४ हजार रुपैयाँ

१२. प्रभु इन्स्योरेन्स कम्पनीः १ अर्ब २७ करोड १० लाख ५८ हजार रुपैयाँ

१३. युनाइटेड इन्स्योरेन्स कम्पनीः १ अर्ब १५ करोड ५४ लाख ६२ हजार रुपैयाँ

१४. दी ओरियन्टल इन्स्योरेन्स कम्पनीः १ अर्ब १६ करोड ८ लाख ३८ हजार रुपैयाँ

१५. नेशनल इन्स्योरेन्स कम्पनीः ८२ करोड ४२ लाख १७ हजार रुपैयाँ

स्पष्टिकरणः *आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बैशाखसम्ममा संकलन गरेको कुल बीमाशुल्क २ अर्ब ७० करोड २७ लाख ५१ हजार रुपैयाँमा साबिक आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले संकलन गरेको बीमाशुल्क रकम समेत जोडेर उल्लेख गरिएको छ । जसमध्ये बैशाखसम्ममा आईएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५१ करोड ४६ लाख १ हजार रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी १ अर्ब १५ करोड ८९ लाख ६८ हजार रुपैयाँ बीमशुल्क संकलन गरेको हो भने मर्जर पश्चात बैशाख २६ गतेदेखि बनेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले पछिल्लो ६ दिनमा २ करोड ९१ लख ८२ हजार रुपैयाँ संकलन गरेको बीमशुल्क रकमलाई समेत उल्लेख गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।