निर्यात क्षमता थप ९.२ अर्ब डलरको भएपनि पहिचान हुन सकेन: वाणिज्य सचिव मरासिनी

0
Shares

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीले उच्च ब्यापार घाटा नियन्त्रण गर्न आन्तरिक उत्पादन र निर्यात बढाउनुपर्नेमा जोड दिएका छन् । उनले क्षमता भएर पनि पहिचान र विस्तार हुन नसकेका वस्तु तथा सेवाको निर्यात बढाउन पहल गर्नुपर्ने बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव मरासिनीले नेपालबाट थप ९ अर्ब २० करोड अमेरिकी डलर बरावरको निर्यात गर्न सकिने वस्तु तथा सेवाहरु रहेको बताए । तर, निर्यात गर्न सक्ने वस्तुहरु भएपनि त्यसको पहिचान गर्न नसक्दा उच्च ब्यपार घाटा सहनु परेको सचिव मरासिनीको भनाई छ । चालु आर्थिक वर्षको बैशाखसम्ममा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख २५ हजार रुपैयाँ बरावरको ब्यापार घाटा रहेको छ।

निर्यात गर्ने सम्भावना भएपनि पहिचान हुन नसकेको भन्दौ सचिब मरासिनीले भने, “जपानी सरकारले छाप्ने मुद्रा नेपालमा पाइने अगेर्लीको बोक्राबाट हो । गहिराइमा गएर हेर्न नसक्नु नै कमजोरी भयो ।” त्यसैगरी चिया, कफी, यार्सगुम्बा लगायतका वस्तुहरु निर्यात भइरहेको भएपनि त्यसलाई समेत विस्तार र ब्राण्डिङ गर्न नसकेको उनले स्वीकार गरे ।

नेपालबाट निर्यात गर्दा लाइट वेट र हाई भ्यालु भएका बस्तु तथा सेवाको निर्यातमा जोड दिएको खण्डमा यातायातको अवरोधका कारण समस्या नआउने उनले बताए । उनले सेवाको निर्यातलाई नै विस्तार गर्नुपर्नेमा उनको जोड थियो ।

नेपालको ब्यापार बढाउनका लागि विश्व ब्यपार संगठनमा आवद्ध भएपनि उत्पादनमूल क्षेत्र झनै कमजोर हुदै गएको छ । उत्पादनमूल क्षेत्रका उद्योगी ब्यपारी समेत ब्यापार तर्फ मोडिएको बताउदै उनले भने,“नेपालको कुल ग्राहस्थ उत्पादन र ब्यपारको अनुपात करिब ४४ प्रतिशत मात्र भएकाले पनि ब्यापार विस्तार गर्ने स्पेश प्रयाप्त छ ।”

सरकारले चालु आर्थिक वर्ष देखि ब्यापारघाटा काम गर्नका लागि ठोस कार्य योजना बनाएको छ । आगामी आर्थिक वर्षका मलागि प्रभावकारी कार्यान्वयनका लागि केही संशोधन र बजेटेको व्यवस्था समेत सरकारले गरेको छ ।

सो कार्ययोजनाको अनुसार वस्तु तथा सेवाको निर्यात कुल गार्हस्थ्य उत्पादनको अनुपातमा आधार वर्ष २०७८/७९ को ६.३ प्रतिशतबाट आगामी पाँच वर्षमा २० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । कार्ययोजनाले तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका वस्तु/सेवाको उत्पादन/उत्पादकत्व वृद्धि गर्ने उद्देश्य लिएको छ ।

त्यसैगरी वस्तु तथा बजारको विविधीकरण गरी नेपाली वस्तुको निर्यात प्रवर्द्धन गर्नु पनि कार्यायोजनाको लक्ष्य रहेको छ । कृषि तथा औद्योगिक वस्तुको उत्पादन तथा उपभोगमा वृद्धि गर्न, स्वदेशी तथा वैदेशिक लगानी वृद्धि गर्ने उद्देश्य समेत कार्य योजना रहेको छ ।

सरकारले स्वदेशी उत्पादनको गुणस्तर सुधार, मानव स्वास्थ्यलाई हानी पुर्‍याउने आयातित वस्तुको नियमन, औद्योगिक तथा व्यापारजन्य पूर्वाधार विकास, स्तरोन्नति हुँदा गुम्ने सुविधाको निरन्तरताका लागि पहल, वार्ता तथा सम्झौता तथा व्यापार सहजीकरण गरी व्यापार तथा पारवहन लागत कम गराउने उद्देश्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।