सेयर बजारबाट सीमित ब्यक्तिले नाफा लिने अवस्थाको अन्त्य गर्नुपर्छः अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर बजारबाट सीमित ब्यक्तिले नाफा लिने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

नेपाल धितोपत्र बोर्डको ३१ औं वार्षिकाेत्सवमा बोल्दै उनले ५६ लाख लगानीकर्ताको आडमा केही सीमित व्यक्तिहरुले मात्रै हाल नाफा लिइरहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

अर्थमन्त्री महतले आयकरको विषयलाई उठाएर सीमित लगानीकर्ताहरुले बजार चलखेल गरेर लाभ उठाएको टिप्पणी गरे । चलखेल गर्ने हेतुले केही लगानीकर्ताहरुले सबै लगानीकर्ताहरुलाई आम्दानीमा आयकर लाग्छ भन्दै हल्ला फिँजाएर घटाउने र बढाउने गरेर फाइदा लिएको उनको भनाई थियो । उनले भने, “कहीँ कतै दुविधा नहोस्, कहीँ कतै भ्रम सिर्जना गर्ने कोशिस नहोस्, सेयर मार्केटलाई कमजोर गर्ने, यसप्रतिको विश्वासलाई कमजोर बनाउने, कुनैपनि काम हामीबाट हुँदैन । ”

सीमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने र नाम चाँही ५६ लाखको लिने गरेको भन्दै उनले धितोपत्र बोर्डले अनुगमन गरी सीमित व्यक्तिहरुले मात्रै फाइदा लिने काम बन्द गर्न निर्देशन समेत दिए । बजारमा चलखेल गर्नेहरुले नियमित रुपमा बजारमा के–के गर्दा फाइदा हुन्छ भनेर हेरिरहेको भन्दै फाइदा पनि उनीहरुले नै लिइरहेको दाबी गरे । “सीमित व्यक्तिहरुको फाइदा पुर्याउने माध्यमको रुपमा मात्रै सीमित हुनुन हुँदैन । महतले भने, “बैंकमा राख्ने ब्याजभन्दा धेरै फाइदा हुन्छ कि भनेर सेयर बजारमा लगानी गरेका आम लगानीकर्ताहरुलाई फाइदा पुग्नुपर्छ । आफ्नो पेट कटाएर भोलि केही होला कि भनेर लगानी गरेकाहरुलाई संरक्षण गर्ने जिम्मेवारी धितोपत्र बोर्डको हो ।”

उनले धितोपत्र बजारमा प्राइभेट इक्वीटी फन्ड, भेञ्चर क्यापिटल जस्ता विभिन्न खालको उपकरणहरुलाई समय सापेक्ष हिसाबले अन्तर्रािष्ट्रय स्तरमा भए जसरी अगाडि बढाउनुपन उनले धितोपत्र बोर्डलाई निर्देशन दिए । अनुगमन प्रकृयालाई पारदर्शीता बनाउनका लागि बोर्डको गर्ने सम्पूर्ण कामहरुमा आफ्नो सहयोग र समर्थन रहने उनले प्रतिबद्धता समेत व्यक्ति गरेका छन् ।

उपयुक्त समयमा कमोडिटी मार्केटलाई पनि सेयर मार्केटमा प्रवेश गराउने प्रयास भैरहेको बताउँदै अर्थमन्त्री महतले अहिले प्रविधिको विकासले सहज बनाएको बताए । प्रविधिको भरपूर उपयोग गरेर पुँजी बजारको उपकरणहरुमा विविधिकरण गर्न उनले बोर्डलाई सुझाव दिए । उनले भने, “धितापत्र बोर्डका अध्यक्षले अटोमेडेट प्रणालीमा लैजाने भनिसक्नुभएको छ । पेपरलेस र हरेक क्रियकलापलाई पारदर्शी बनाएर कसैले अनुचित लाभ लिन नपाओस्, त्यसको सुनिश्चितता गर्ने र कसैले पनि इन्साइडर ट्रेडिङ गरेर फाइदा लिन नपाउने गरी निरन्तर अनुगमन गर्ने भूमिका धितोपत्र बोर्डले निर्वाह गर्नुपर्छ ।”

सेयर बजारमा बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीहरु धेरै सूचीकृत भएकाले वास्तविक क्षेत्रका कम्पनीहरुलाई सेयर बजारमा भित्र्याउनुपर्ने अर्थमन्त्री महतले बताए ।

सेयर बजारलाई हेर्ने विस्तारित र लगानीकर्ताहरुको सुरक्षा सुनिश्चितता गर्नका लागि राष्ट्र बैंकले पनि के कस्तो भूमिका निर्वाह गरेर सहजीकरण गर्नुपर्छ त्यो भुमिका राष्ट्र बैंकको भएको उनले बताए । राष्ट्र बैंकबाट हुनुपर्ने पहलकदमी हुने नै भन्दै सम्बन्धीत निकायहरुलाई अर्थ मन्त्रालयलबाट सुस्पष्ट ढंगबाट निर्देश भैसकेको उनको जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।