ट्रेनरहरु उत्पादन गर्ने गरी फाइनान्सियल लिट्रेसी नेपालको सुरुवात

0
Shares

वित्तीय साक्षरताको तालिम प्रदान गर्ने ट्रेनर उत्पादन गर्ने गरी फाइनान्सियल लिट्रेसी नेपालको स्थापना भएको छ । पुर्व बैंकर भुवन कुमार दाहाल अध्यक्ष रहेको सो संस्था बैंकिङ तथा बीमा र पुँजी बजार क्षेत्रका विज्ञहरुले स्थापना गरेका हुन ।

राष्ट्रपतिका आर्थिक सल्लाहाकार तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवि नेपालले संस्थाको उद्घाटन गरेका हुन । नेपाल संस्थाको संरक्षकको रुपमा समेत रहेका छन् । संस्थाले देशैभरीका वित्तीय, फाइनान्स, इकोनोमिक पढाउने शिक्षक तथा बैंक वित्तका कर्मचारीरुलाई वित्तीय साक्षरता सम्बन्धि स्रोत व्यक्तिको रुपमा प्रशिक्षण दिन सक्नेगरी परिचालन गर्ने लक्ष्य लिएको जनाएको छ ।

संस्थाले वित्तीय साक्षरताको तालिम दिन सक्ने ट्रेनरहरु उत्पादन गर्नेछ । नियमनकारी निकाय, आर्थिक संघसंस्थाहरु, नेपाल उद्योग वाणिज्य महासंघ, सरकारी निकायहरु र अन्तर्राष्टिय संघसस्थाको सहकार्यमा संस्थाले कार्यक्रमहरु अघि बढाउने लक्ष्य संस्थाको छ ।

संस्थाको उदघाटन गर्दै राष्ट्रपतिका प्रमूख आर्थिक सल्लाहकार नेपालले माथिल्लो तहदेखि ग्रासरुटसम्म रहेर फाइनान्सियल लिट्रेसीका काम गर्न सुझाए । उनले फाइनान्सियल लिट्रेसी मान्छेको जीवनको एक पाटो बनेको भन्दै हरेक व्यक्ति, संस्थालाई आवश्यक रहेको बताए । अर्थतन्त्रलाई सुधार्न वित्तीय साक्षरताको अपरिहार्य भन्दै उनले यसमा सम्बन्धित क्षेत्रका विज्ञहरु सक्रिय हुनुपर्ने बताएका छन ।

संस्थाका अध्यक्ष एवं बैंकिङ विज्ञ भूवन दाहालले ‘वर्तमान आर्थिक अवस्था तथा भावी कार्यदिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै देशमा भ्रष्टाचार नियन्त्रणको खाँचो रहेको बताए । उनले नेपालमा सिंगापुर भन्दा धेरै प्राकृतिक स्रोत, साधन रहेपनि सहि रुपमा सदुपयोग हुन नसक्नु विडम्बनाको विषय भएको बताए ।

यस्तै दाहालले आर्थिक विज्ञहरु राजनीतिक क्षेत्रमा सक्रिय हुनुपर्ने उनको भनाई छ । उनले प्रधानमन्त्रीको नेतृत्वमा आर्थिक संयन्त्र निर्माण गर्नुपर्ने समेत सुझाएका छन ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ क्षेत्र अन्य देशको तुलनामा राम्रो रहेको बताए । उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा सरकारले फर्दर पब्लिक अफरिङ्ग (एफपीओ) जारी गरेका कम्पनीबाट कर असुल गर्ने घोषणा गरेको भन्दै कुनै पनि देशमा यस्तो व्यवस्था नरहेको तर्क गरे ।

कार्यक्रममा पूर्वबैंकर एवं इसेवा प्रा.लि.का अध्यक्ष पशुराम कुँवर क्षेत्रीले नेपालमा ग्रासरुट लेभलमै फाइनान्सियल लिट्रेसीको खाँचो रहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले आ–आफ्नै संस्थाबाटै लिट्रेसीको सुरुवात गर्नुपर्ने बताए ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरन्जन फुयालले सेयर बजारमा जोखिम छ भन्ने थाहा नभएको अवस्था रहेको भन्दै बुझेर मात्र यसमा लाग्न आग्रह गरे । उनले पोलिसी मेकरदेखि फाइनान्सियल सेक्टरसम्म फाइनान्सियल लिट्रेसीको ज्ञान हुनु आवश्यक रहेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।