केन्द्रीय बैंकले वित्तीय प्रणालीमा १५ अर्ब पठाउने


नेपाल राष्ट्र बैंकले वैशाख १९ गते बिहीबार वित्तीय बजारमा थप १५ अर्ब रुपैयाँ पठाउने भएको छ । तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले रिपो मार्फत सो रकम बैकिङ प्रणालीमा पठाउन लागेको हो । पछिल्लो समयमा वित्तीय प्रणालीमा तरलता संकुचन भएपनि केन्द्रिय बैंकले रिपो जारी गर्ने भएको हो ।

यसभन्दा अघि बैंकले बैंशाख ११ गते पनि १५ अर्ब रुपौयँ वित्तीय प्रणालीमा पठाएको थियो । यसको औसत ब्याजदर ५ प्रतिशत भन्दा माथि पुगेको छ । तर, केन्द्रिय बैंकले बिहीबार बिक्री गर्ने रिपोमा ५ प्रतिशत भन्दा वढीको दर तोकेर आवेदन दिन नपाइने वइवस्था गरेको छ ।

अन्तर बैंक कारोबारको ब्याजदर सिमा भन्दा माथि पुगेपछि केन्द्रिय बैंकले रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ हाराहारीमा तरलता छ । ७ दिनका लागि निष्कासन हुन लागेको रिपो वैशाख २७ गते परिपक्व हुने छ । रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ ।

 

रिपो बिहीबार अपरान्ह ३ बजे बोलकबोल गरेर जारी हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

 

केन्द्रीय बैंकले खुला बजार र ब्याजदर करिडोर उपकरणमार्फत बजारमा तरलता व्यवस्थापन गरिरहेको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव भएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।
अहिले अधिकासं बाणिज्य बैंकहरुको पुूँजी, कर्जा तथा निक्षेप (सिसिडि) अनुपात ८० को हाराहारीमा छ । बैंकहरुले पुरानो सम्झौता गरेका कर्जा बाहेक नयाँ कर्जा प्रबाहमा रोक लगाएको अवस्था छ ।