पञ्चकन्या ग्रुपका चार कम्पनीको सञ्चालन आम्दानी १० अर्ब बढी

0
Shares

व्यापारिक घराना पन्चकन्या ग्रुपले आफ्नो चार वटा भगिनी संस्थाबाट सन् २०२२ मा १० अर्ब १० करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । ग्रुपले पन्चकन्या स्टील प्रालि, पन्चकन्या रोटोमोल्ड प्रालि, पन्चकन्या प्लास्टीक इन्डष्ट्रिज र पन्चकन्या प्लास्ट प्रालिबाट सो आम्दानी गरेको हो ।

पन्चकन्या स्टील प्रालिले सन् २०२२ मा ६ अर्ब ७४ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा ५ अर्ब ५३ करोड २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा २२ प्रतिशतले बढेको हो । सन् १९९५ मा स्थापना भएको कम्पनीले टीएमटी स्टीलको छड उत्पादन गर्दै आएको छ ।

पन्चकन्या रोटोमोल्ड प्रालिले सन् २०२२ मा १ अर्ब ५ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा ८६ करोड १० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२२ मा २२.९९ प्रतिशतले वृद्धि भएको हो । सन् १९८९ मा स्थापना भएको कम्पनीले युपीभीसी पाइप र फिटिङ्सको उत्पादन गर्दै आएको छ । पन्चकन्या ग्रुपको युपीभीसी पाइप नेपालभर प्रख्यात रहेको छ ।

यस्तै पन्चकन्या प्लास्टिक प्रालिले एचडीपीई पाइप एन्ड फिटिङ्सको उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ३४ करोड ८० लाख सञ्चालन आम्दानी गरेको थियो । सन् २०२२ मा उक्त आम्दानी बढेर १ अर्ब ३६ करोड ५० लाख पुगेको हो । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी १ करोड ७० लाखले बढेको हो ।

पन्चकन्या प्लास्ट प्रालिले पीपीआर र सीपीभिसी पाइप एन्ड फिटिङ्स उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०२२ मा ९३ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ । यस अघि सन् २०२१ मा कम्पनीले ८९ करोड ५० लाख आम्दानी गरेको थियो।

केयर रेटिङ नेपालले पन्चकन्या ग्रुपका ४ कम्पनीहरुलाई एकमुष्ट १ अर्ब २५ करोड ४० लाख बराबरको कर्जाका लागि रेटिङ गरेको छ । एजेन्सीले ९० करोड बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र १ अर्ब १५ करोड ४५ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ । समग्रमा यी चार कम्पनीहरुले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको १.४३ गुणा रहेको छ । यस्तै चार कम्पनीहरुको अर्मोटाइजेसन, ह्रासकट्टी, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको ५.७८ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।