प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स नरेश रोक्काको नेतृत्वमा बिहीबारदेखि सञ्चालनमा आउने

0
Shares

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स यहि विहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । प्रत्येक प्रदेशमा एक लघु बीमा कम्पनी स्थापना गर्ने सरकारको लक्ष्य अनुसार सुदुर पश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहने गरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको स्थापना भएको हो ।

प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत नरेश रोकाको नेतृत्वमा सञ्चालनमा आउन लागेको हो । कृषि बिकास बैंकबाट ३० वर्षको बैंकिङ अनुभव लिएर उप–महाप्रबन्धक पदबाट सेवा निवृत्त भएका रोका चार वर्षका लागि प्रोटेक्टिभको सीईओमा नियुक्त भएका हुन् ।

कम्पनीको २०८० श्रावण ११ गते विहीवारका दिन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलबाट औपचारिक उद्घाटन हुने कार्यक्रम तय भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाका अनुसार सुदूर पश्चिम प्रदेशका विभिन्न ९ जिल्लास्थित विकट भौगेलिक स्थान लगायत नेपालभरीनै शाखा संजाल तथा उपलब्ध अत्याधुनिक प्रविधीको उच्च प्रयोग मार्फत सरल, सहज र प्रभावकारी बीमा सेवा प्रदान गरी सर्वसाधारणलाई आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेका बताए ।

साथै न्यून आय तथा बचत भएका अन्य संस्थाबाट बीमा सेवा प्राप्त गर्न नसकेका दुर्गम स्थानका सिमान्तीकृत वर्गसम्म स-सानो रकमको बीमाङ्क सुरक्षण मार्फत प्रभावकारीरुपमा लघु निर्जीवन बीमा सेवा प्रदान गर्ने कम्पनीको वास्तविक उद्देश्य रहेको समेत जानकारी दिए ।

साथै उनले संस्थागत सुशासनको प्रभावकारी कार्यान्वयन, नियमनकारी निकायहरुको निर्देशनको परिपालना, पारदर्शिता तथा प्रभावकारी आन्तरीक नियन्त्रणको माध्यमबाट व्यवसायिकरुपमा सवल र सक्षम संस्थाकोरुपमा अघि वढने प्रतिबद्धता जनाए ।

स -सानो रकमको बीमा, सरल र सवैले सजिलै वुझ्ने भाषाको प्रयोग गरिएको बीमा लेख, न्युन बीमा प्रिमियम, सरल र छिटो दावी भुक्तानी प्रकृया, पूर्णरुपमा मूल्य अभिवृद्धि कर छुट तथा सर्वसाधारणसम्म सर्वसुलभ माध्यम छनौटको विशेषतायुक्त रहेको लघु बीमाले आम सर्वसाधारणको रुचीको सेवा प्रदान गर्ने उनको भनाई छ ।

नेपाल बीमा प्राधिकरणको पछिल्लो निर्देशन अनुसार लघु निर्जीवन बीमा कम्पनीले अधिकतम १ बर्षसम्मको अवधीको लागी ५० लाख सम्मको घर सम्पत्ति तथा व्यवसाय लघु बीमा, मोटर लघु अन्र्तगत मोटर साईकल, ट्याक्टर, टेप्मो, अटोरिक्सा तथा अन्य कृषि औजारका साधनको बीमा सेवा उपलब्ध गराउनेछ ।  यस्तै, ५० लाख सम्मकै इन्जिनियरिङ्ग लघुबीमा, ५ लाख सम्मको दायित्व तथा मौद्रिक क्षती लघुबीमा र अन्य लघु निर्जीवन बीमा गर्न नेपाल बीमा प्रधिकरणबाट स्वीकृती प्राप्त भएको जनाएको छ ।

त्यसैगरी नेपाल राष्ट् बैंकको अनुदान प्राप्त कर्जाको सीमा सम्मको लघु बीमा, नेपाल सरकारको सहुलियतपूर्ण कर्जा व्यवस्था २०७५ अनुसार बिक्री गरिएका सवै बीमालेख लगायत लघु वित्त कर्जाको प्रति कर्जा ग्राहकको अधिकतम सीमासम्मको बीमा लघु बीमालेख हुने व्यवस्था रहेको छ ।

नेपालमा परम्परागत  रुपमा सञ्चालित बीमा कम्पनीहरुले न्यून आय तथा बचत भएका, सिमान्तीकृत र सानो रकमको लघु बीमा सेवा प्रभावकारीरुपमा प्रदान गर्न नसकेको तथा नेपालको करिव ५६ प्रतिशत जनसंख्या बीमा सेवाबाट हालसम्म बचित रहेको तथ्यलाई मध्यनजर गरी सरकारले पछिल्लो समयमा लघु बीमालाई विशेष जोड दिँदै आएको छ ।

प्राधिकरणले लघुबीमा कम्पनी स्थापनाको लागि बाटो खुलाउँदै लघु बीमा संस्थापना तथा दर्ता सम्बन्धि निर्देशिका २०७९ जारी गरेको थियो । निर्देशिका अनुसार लघुबीमा कम्पनीको चुक्ता पूँजी कम्तीमा ७५ करोड रुपैयाँ हुनुपर्नेछ । यस्तै लघु बीमा कम्पनीहरु पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता हुनुपर्ने र चुक्ता पूँजीको न्युनतम ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।