लक्ष्मी लघुवित्त किन पुग्यो नोक्सानीमा ? लगानीकर्ता निराश बनाउने वित्तीय अवस्था


गत आर्थिक वर्ष २०७९।०८० मा लक्ष्मी लघुवित्त नोक्सानीमा गएको छ । आम्दानीका सूचकहरुमा देखिएको गिरावट तथा खर्चका शीर्षक बढ्नुका साथै निष्कृय कर्जा बढे पछि लघुवित्त ८ करोड ३० लाख ६४ हजार रुपैयाँ नोक्सानीको अवस्थामा पुगेको हो ।

लघुवित्तको अपरिष्कृत वित्तीय विबरण अनुसार खुद व्याज आम्दानीमा आएको गिरावट, अन्य आम्दानीका सूचकमा आएको गिरावट र निष्कृय कर्जा बढेसँगै दोब्बरभन्दा बढीले राइटव्याक गर्दा खुद नोक्सानीको अवस्थामा पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको समाप्तिमा लघुवित्तले १५ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा ८ करोड ३० लाखको खुद नोक्सानी हुँदा लघुवित्तको यस्तो रकमको आकारमा २३ करोडको गिरावट आएको हो ।

लघुवित्तको निष्क्रिय कर्ज अनुपात ३.२७ प्रतिशतबाट बढेर ८.३६ प्रतिशत पुगेसँगै अघिल्लो आर्थिक वर्षको ५ करोड ९८ लाखको राइटव्याक रकम बढेर १३ करोड ३ लाख रुपैयाँ पुगेको छ । निष्कृय कर्जा बढेका कारण कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्थाको यो रकममा भएको बढोत्तरीले लघुवित्तलाई खुद नोक्सानीको अवस्थामा पुर्याएको हो ।

खुद नोक्सानीको अवस्थामा गएसँगै लघुवित्तको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८१ पैसाले ऋणात्मक भएको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ८५ पैसा थियो ।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा ३८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले सो आर्थिक वर्षमा सेयरधनीलाई १५ प्रतिशत बोनस तिरण गरी चुक्ता पुँजी ४४ करोड १६ लाख रुपैयाँ पुर्याएको थियो ।

नोक्सानीमा गएको लघुपवत्तको जगेडा कोष भने २१ करोड ३९ लाखबाट २१ करोड ५४ लाख पुगेको छ । सञ्चित मुनाफाको आकार २२ करोड ५६ दाखबाट घटेर १३ करोड ३५ लाखमा झरेको छ ।

सबै सूचकहरुमा आएको गिरावटसँगै लघुपवत्तको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा कायम भएको छ । लघुवित्तले सञ्चित मुनाफा खर्चेर ६ करोड ९१ लाख रुपैयाँ वितरण गर्न सक्ने क्षमता रहेको वित्तीय विबरणमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।